कुलिङ पिरियड सर्वसम्मत पास भएको विधेयकमा अनधिकृत रुपमा परिवर्तनले सार्वभौम देश र जनतामाथि अपराध:कोइराला

राजनीति विविध समाचार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संसदीय समितिबाट सर्वसम्मत पास भएको निजामती सेवा विधेयकमा अनधिकृत रुपमा परिवर्तन गर्नुभनेको सार्वभौम देश र जनतामाथि अपराध भएको बताएका छन् ।

कोइरालाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत कुलिङ पिरियडको व्यवस्था सर्वसम्मतिबाट संसदमा पेस भएको निजामती सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गर्नु भनेको सार्वभौम देश र जनतामाथि अपराध भएको उल्लेख गरेका हुन् ।

उनले यस प्रकरणमा जोडिएका जोसुकैलाई तुरुन्त हदै सम्मको कारवाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा ल्याउनु पर्नेमा जोड दिएका छन् । कोइरालाले कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारवाही अगाडि बढ्न नसक्ने बताएका छन् ।

अन्तरसरकारी निकाय वा अन्तर्राष्ट्रिय विकास साझेदार बाहेकका निकायबाट सञ्चालित आयोजनामा कर्मचारी वा परामर्शदाताको रुपमा काम गर्न पनि निषेध गरिएको थियो । त्यो बाहेक अवकाश हुने पछिल्लो एक वर्षभित्र बहाल रहेको निकायसँग सम्बन्धित कार्यक्षेत्र वा निगमन गर्ने भए त्यस्ता संस्थामा काम गर्न निषेध गरिएको छ ।

उपदफा ९५०को ९ख०मा समावेश झएको संवैधानिक, कूटनीतिक नियुक्ति तथा सरकारले गर्ने नियुत्ति बाहेक अरु नियुक्तिलाई मात्रै बन्देज लगाउने व्यवस्था सहितको विधेयक बनाइएको भन्दै प्रश्न उठेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *