काठमाडौं । माओवादीको विचार कार्यक्रमसँग होइन अध्यक्ष प्रचण्डसँग रिसाएर हिडेका जनारर्दन शर्माको पनि हालत डा. बाबुरामको जस्तै भएको छ । उनीहरुले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बनाएर चुनाव लडेका थिए । तर, भोट जम्मा ५६ हजारभन्दामाथि गएन । राम कार्की बेपत्ता छन् । सुदन किराती श्रम संस्कृति पार्टीको उपाध्यक्ष भएका छन् । माओवादीमै विद्रोह गरेका हरिबोल गजुरेल बेपत्ता छन् । महेश्वर दाहाल बागी उम्मेदवार बने ।
जनार्दनले विद्रोह गर्दा राम कार्की सुदन किरातीसँग थिए । पार्टीमा डा. भट्टराईकी छोरी, ज्वाइ, बहिनी, जनार्दनका भाइ, बहिनी, ज्वाइ समेटिँदा एनजीओ आईएनजिओमा खेलेकी दूर्गा सोप पार्टी अध्यक्ष बनाइएको छ । गजुरेल दाजुले राप्रपाको उम्मेदवार भतिज आशिष गजुरेललाई रास्वपाको उम्मेदवार बनाएका थिए । सिन्धुलीका दुवै क्षेत्र रास्वपाको पोल्टामा गएको छ । वामपन्थी सुध्रने छाँट थिएन ।
समयमा सत्तामा रमाउँदा जनताको पक्षमा काम नगर्ने कमाइमा ध्यान दिने अर्थमन्त्री बन्दा डा. आरजु राणा देउवा, दीपक भट्ट, अरुण अग्रवाल, विनोद चौधरीका स्वार्थमा करको दर हेरफेर गर्ने जनार्दन विवादमा परेका थिए । माओवादीले सत्ता गठबन्धन गर्नासाथ जनार्दन मन्त्री भएकै थिए ।
शान्ति, उर्जा, गृह, अर्थजस्ता महत्वपूर्ण मन्त्रालय पाएकै थिए । तर, शर्माले एकाएक विद्रोह गर्दा माओवादीमा कुनै तरंग आएन । आज प्रलोपा पार्टी एकताको पक्षमा छ । उसको एकता एमालेतर्फ जोड छ । तर, एमालेले टेरेको छैन । अन्तमा नेकपामा फर्किनुपर्ने अवस्था छ ।

