डा. शेखरले गुमाए अवसर

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसको स्वार्थी समूहलाई सधैं पार्टी नेतृत्वले ठाउँ दिएकै कारण १५ औं महाधिवेशनको तयारी तीब्र भएको छैन । अवसरवादी समूह पार्टी फुटाउन तत्पर छ । केन्द्रीय पदाधिकारी बैठकले केन्द्रीय सदस्यहरुलाई ७७ जिल्ला १६५ निर्वाचन क्षेत्रको स्थलगत भ्रमण गरी पार्टी र जनताबीच टाढिएको सम्बन्ध जोड्न जरा अभियान शुरु गरेको छ । तर, पार्टीका लागि गाउँ नपुग्ने सधैं केन्द्रीय नेतृत्वको चाकडी गरेर भए पनि ठाउँ कब्जा गर्नेहरु बढेका छन् । पूर्णबहादुर खड्काले छुट्टै १५ औं महाधिवेशन गर्ने प्रदेश इन्चार्ज तोकेका छन् ।

कृष्णप्रसाद सिटौला, प्रकाशमान सिह, आनन्द ढुङ्गाना, एनपी साउद त्यहाँ कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, विमलेन्द्र निधि, विजय गच्छदार, डा. प्रकाश शरण महतजस्ता नेताहरु आजको नेतृत्वसँग सन्तुष्ट छैनन् । प्रकाशमानले टिकट पाएनन् । कृष्ण सिटौला राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता भएकै थिए । चुनावमा पराजित भएका र टिकट नपाएका एक ठाउँमा जुटेर विधान अनुसार महाधिवेशन प्रतिनिधिहरुको क्रियाशील सदस्यता पुनरावलोकन गर्नुपर्ने भन्दा उनीहरुमा देखिएको पदमोह झल्काउँछ । यीनले ६०÷४० भाग खोज्दा विवाद मिलाउन सक्रिय डा. शेखरले कति पाउने हुन् ?

पार्टीका विरुवाका रुपमा रहेका नेविसंघ र तरुण दल जस्ता संस्थालाई अधिवेशन नगरी सधैं टिके प्रथामा राख्दा पनि चासो नदिने यो टीमले कांग्रेस कता पुग्छ भन्ने चिन्ता गर्दैनन् । तर, पार्टीको नेतृत्वलाई घेराबन्दीमा पार्छ । कांग्रेसको रैथाने समूहलाई आज समस्या छ । यो समूहलाई सर्वोच्च अदालतले पार्टीको वैधानिकताका बारेमा दिएको फैसला पनि पचेको छैन ।

अदालतयले कांग्रेसी पहिचान भएका टिकटधारी न्यायाधीशहरु कुमार रेग्मी र नहकूल सुवेदीहरुको बेन्चमा पुनराबलोकन मुद्दाको सुनुवाई गर्ने अवसर दिए तापनि अब स्थिति बदलिने छैन । किन कि विशेष महाधिवशेनले चुनेको नेतृत्वले ५४ प्रतिशत प्रतिनिधिको साथ पाएको थियो । असोज अन्त्यमा १५ औं महाधिवेशन गर्ने घोषणा गरेको छ । महाधिवेशन तयारीतर्फ समेत चासो नदिने सो समूहमा पूर्वबहादुर खड्का आफै कार्यबहाक सभापतिको रुपमा देउवा गुटको कोटरीमा रमाएका छन् । डा. शेखर कोइरालाले भने त्यो समूहको साथ छाडेका छन् । कोइराला विशेष महाधिवेशनमा सहभागी नहुँदा सबै गुमाएका छन् ।

सभापति गगन कुमार थापालाई पदाधिकारी बैठकले पुरानो यथास्थितिवादी पक्षलाई फकाउने जिम्मा दिइएको छ । अबको दायित्व थापाको टोलीलाई थपेको बताउने डा. शेखर विगतमा जस्तो जिल्ला दौड छाडेका छन् । उनको दाउ एक पटक सभापति पदमा पुग्ने हो । तर, अब त्यो अवसर प्राप्त हुने लक्षण देखिँदैन ।,

Leave a Reply

Your email address will not be published. Required fields are marked *