भृकुटी मण्डपमा उतारो एमालेले लाखौं युवा

वाग्मती प्रदेश समाचार

काठमाडौं । आज नेकपा एमालेले आफ्नो पार्टीको ७६ वर्ष साँठ पारेर भृकुटी मण्डपमा देशैभरीबाट करिब एक लाख हाराहारी युवायुवतीहरु भेला पारेको छ ।

सो भेलामा सहभागी हुनको लागि विभिन्न ठाउँबाट एमालेको २३ वटा जनवर्गीय संगठनले जुलुस निकालेर भृकुटी मण्डपमा सहभागी भएका थिए । सो सभामा भाग लिनको लागि सातवटै प्रदेशबाट जिल्ला कमिटी, सम्पर्क मञ्च, इलाका कमिटी र सातवटै प्रदेशबाट विभिन्न जनवर्गीय संगठनमा सहभागी भएका कार्यकर्ताहरु सहभागिता भएका छन् । सो सहभागितामा नारा, जुलुस, झाक्रीँ प्रदर्शन गरेका थिए ।

सो प्रदर्शनमा एमालेले ७६ वर्ष साँठको अवसर पारेर पहिलो पटक युवाहरुलाई सहभागिता गराएको थियो । सो सभामा युवाहरुको बढी सहभागिता देखिन्थ्यो । त्यसैगरी एमालेका वरिष्ठ नेता देखि कार्यकर्ता लगायतको सहभागिता थियो । त्यो सँगै अधिकांश एमाले जनवर्गीय संगठनले विभिन्न चोक, गल्ली र पायक पर्ने स्थलबाट ब्यानर सहित जुलुस लिएर भृकुटी मण्डपमा सहभागी भएका थिए । भृकुटी मण्डपमा सहभागीता भएपनि विभिन्न झाक्रीँ नाच देखि विभिन्न जातजाती, भाषाभाषीको आफ्नो कला प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *