काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा पारेर आज भृकुटीमण्डपमा ‘युथ सेलिब्रेशन’ कार्यक्रममा गरिरहेको छ ।
‘युथ सेलिब्रेसन’का लागि सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी एमालेका युवा काठमाडौं आएर सभालाई सम्बोधन गरिरहेका छन् । भृकुटीमण्डपमा आयोजना भइरहेको एक दिने कार्यक्रममा एमालेले ४० वर्षमुनिका करिब एक लाख युवाहरू उतार्ने योजना एमालेको रहेको छ । कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरूले सम्बोधन गर्नेछन् ।