प्रेस चौतारी वाग्मती प्रदेश भेलाद्वारा १९ बु“दे प्रस्ताव पारित

समाचार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विघटन भएर नेकपा एमाले पुनस्र्थापित भएपछि २९ गते शनिबार काठमाडौंमा सम्पन्न भएको प्रेस चौतारीको वाग्मती प्रदेश भेलाले १९ बुँदे प्रस्ताव पारित गरेको छ । प्रेस चौतारी नेपालले जारी गरेको घोषणापत्रमा मातृ संस्था नेकपा एमालेको नीति सिद्धान्तलाई आत्मसात् गर्दै जनताको बहुदलीय जनवादलाई जनमानसमा पु¥याई वर्तमान राजनीतिक निकासका लागि पार्टीले लिएको कार्यनीतिलाई सञ्चारमाध्यममार्फत आमसर्वसाधरणमा पु¥याउन भेलाले प्रतिबद्धता व्यक्त गरेको छ । त्यसैगरी नेकपा एमालेले लिएको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, राष्ट्रिय अखण्डता, देशको हित अनुधूल रहेको प्रेस चौतारीले भेलामा ठहर गरेको छ । छिमेकीबाट मिचिएको सिमाना देशको नक्सामा समेट्न नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिएको भूमिकाको उच्च प्रशंसा पनि भेलाले गरेको छ । शान्तिपूर्ण राजनीतिको मूलधारबाट बाहिर रहेका देशभित्रका राजनीतिक शक्तिहरुलाई शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउन नेकपा एमालेको नेतृत्वले खेलेको भूमिका प्रशंसनीय रहेकोमा भेलाले धन्यवाद पनि दिएको छ ।
भेलाले प्रेस पास वितरण समेत जिल्ला तहबाटै हुने व्यवस्था मिलाउन आग्रह पनि गरेको छ । त्यस्तै सञ्चारकर्मीहरुको दक्षता अभिवृद्धिका लागि राष्ट्रिय आमसञ्चार नीति, ०७३ ले व्यवस्था गरेबमोजिम आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्न भेलाले माग गरेको छ । पत्रकार आचारसंहिताको पूर्ण परिपालनाका लागि पत्रकार र सञ्चारगृहहरुलाई भेलाले हार्दिक आग्रह पनि गरेको छ ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिने बताएका छन् । उनले अहिले राजनीतिक गठजोडले मुलुकलाई निकास दिन नसक्ने भन्दै ताजा जनादेश नै उपयुक्त हुने बताए । उनले दुई वा दुईभन्दा बढी राजनीतिक दलसँग मिलेर बनेको सरकारले स्थायित्व दिन नसक्ने भएकाले ताजा जनादेश नै एक मात्र विकल्प भएकामा जोड दिए । ‘गठजोडबाट सरकार टिकाउनु मात्र ठूलो होइन,’ उनले भने, ‘मुलुकलाई राजनीतिक स्थायित्वसहितको समृद्ध नेपाल र सुखी नेपाली बनाउनु ठूलो कुरा हो ।’ उनले ताजा जनादेशले पार्टीको संगठनलाई पनि मजबुद बनाउने धारणा राखे। मन्त्री गुरुङले श्रमजीवी पत्रकारका हकका मुद्दा कार्यान्वयन गर्न सञ्चारगृहलाई आग्रह गरे । उनले पार्टीभित्र देखिएको विवाद समाधान गर्न नै आगामी चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको बताए । ‘सरकार, पार्टी नेतृत्व र कम्युनिस्ट आन्दोलनलाई नै समाप्त पार्न खोजिएकाले बैठक बोलाइएको हो,’ उनले भने, ‘बैठकले पार्टीलाई एक ढिक्का बनाउने छ ।’ उनले पार्टीमा कसैलाई पनि कारबाही नगरिएको समेत दाबी गरे ।
उनले पार्टीभित्रबाटै सरकारलाई असफल बनाउन लागेकोसमेत बताए । प्रेस चौतारीका इन्चार्ज एवं केन्द्रीय सदस्य राजेन्द्र गौतमले पत्रकारका मुद्दालाई सरकारले सम्बोधन गर्ने बताए । गौतमले एमालेको अबको मूलबाटो जनताको बहुदलीय जनवाद भएको प्रष्ट पारेका छन् । उनले जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको बाटो बनाएर अघि बढ्नुपर्ने बताए । ‘अब जनताको बहुदलीय जनवादको उज्यालोमा अघि बढ्नु पर्छ,’ उनले बताए । कार्यक्रममा बोल्दै गौतमले नेपालको राजनीतिमा केपी शर्मा ओलीले एउटा क्षितिज देखाएको बताए । उनले देखाएको क्षितिजमा बहुदलीय जनवादको प्रकाशबाट पुग्न सकिने गौतमको भनाइ थियो । पार्टी एकता हुँदा केही समय ओझेलमा परेको जनताको बहुदलीय जनवादलाई अब एमाले आफ्नै पार्टीमा फर्किएपछि सबै नेता कार्यकर्ताले बोकेर हिँड्नु पर्नेमा उनले जोड दिए । नेकपा (एमाले) वाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले सर्वोच्च अदालतको निर्णयपछि एमाले एकताबद्ध भएको बताए । पोखरेलले अब नेकपा एमालेमा गुटबन्दीको राजनीति नचल्ने प्रष्ट पारेका छन् । ‘हिजो जुन ढंगले चल्नुभयो भयो, अब चल्दैन,’ कार्यक्रममा बोल्दै पोखरेलले बताए । उनले नेपाल समूहका नेतालाई विवेक नगुमाउन पनि आग्रह गरेका छन् । नेकपा एमालेको हिजोको बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म गरेका कामलाई संस्थागत गर्ने काम मात्र गरेको बताए । पार्टीको कामलाई संस्थागत गर्ने गरी गरेको निर्णयलाई गुटगत भेला भनेर विवेकहीन कुरा नगर्न उनले आग्रह गरे । पोखरेलले पार्टी र पार्टी नेतृत्वको रक्षामा सबै लाग्नु पर्नेमा जोड दिएका छन् । ‘अब हामी सबै एमाले भएका छौँ, पार्टी र पार्टी नेतृत्वको रक्षा गरेर अघि बढ्नुपर्छ,’ उनले बताए । अब सबै मिलेर राष्ट्रिय स्वाधीनताको पक्षमा लड्नु पर्नेमा उनले जोड दिए ।
अहिले विसर्जनवादी शक्ति सल्बलाएकाले त्यसकोविरुद्ध लड्नु पर्ने अर्को चुनौती थपिएको उनको भनाइ छ । राजनीतिक क्रान्ति सकिएकाले अब समृद्धिको क्रान्तिमा लाग्नसमेत उनले सबैलाई आग्रह गरेका छन् । उनले नेकपा एमाले एउटा अध्याय पूरा गरेर अघि बढेको बताए । आफ्नै पार्टीको सरकार ढाल्ने, पार्टी अध्यक्षविरुद्ध अभियोग पत्र पेस गर्ने तथा पार्टी अध्यक्षलाई नै साधारण सदस्यताबाट समेत कारबाही गर्नेजस्ता नाटकलाई चिरेर एमाले अघि बढेको उनको भनाइ छ । चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले श्रमजीवी पत्रकार पक्षमा चौतारीले सबैसँग हातेमालो गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *