ब्ल्याक मनीलाइ ह्वाइट पार्नका लागि नेपालमा के के मात्र हुँदैन् ?

समाचार

सामाजिक कर्म,मिडियादेखि अस्पिटल हुँदै भए भरका क्षेत्रमा लगानी । एउटा व्यक्ति यसैगरी उदय भएसँगै अहिले सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धानको सुँई अहिले कांग्रेस निकट एक व्यापारीतिर सोझिएको छ । पछिल्लो तीन बर्षमामात्र झण्डै तीन अर्ब बढीको कारोबार उनीबाट भएको देखिएपछि सम्पत्ति शुद्धिकरण विभागले उनीमाथि अनुसन्धानको सुँइ तेर्साएको हो । यसरी शंकास्पद् कारोबारमा अनुसन्धानको घेरामा तानिएका व्यक्ति हुन डा सुनिल शर्मा । कतिपय त उनको डाक्टर पनि नक्कली हो भन्छन् । शर्मा तिनै पात्र हुन् जो मेडिकल कलेज सञ्चालन गर्छन् । उनीद्धारा सञ्चालित नोबेल मेडिकल कलेज ज्यानमारा हस्पिटलको रुपमा आलोचित छ । सोही हस्पिटलको आडमा उनी ०७४ को निर्वाचनमा मोरङ क्षेत्र नं ३ मा कांग्रेसको तर्फबाट उम्मेदवार बने । उनका अनेक साम,दाम दण्ड भेदका बाबजुत पनि भानुभक्त ढकालसँग पराजित भए । यद्यपि त्यो समय एमाले र माओवादीको गठजाड थियो । उनी एक्लै भिड्दा समेत एक हजार हाराहारीमात्र मत अन्तरले पराजित भएका हुन् । चीनबाट नक्कली डक्टरको सर्टिफिकेट लिएर आएका व्यक्तिको रुपमा बदनामी कमाएका नोबेल हस्पिटलका साहु जनयुद्ध ताकादेखि नै चर्चित र विवादित पात्र । जस्तो नोबेल मेडिकल कलेज विराटनगरका सेयरकर्ताहरू डा. ज्ञानेन्द्र गिरी, नवराज पाण्डे, आदित्य खनाल, उमेश पाण्डेलाई प्रचण्ड निवास नयाँबजारमा छलफलका लागि बोलाइएको थियो । उनीहरू सेयर विवादबारे शर्मासँग छलफल गर्न प्रचण्ड निवास आउँदै थिए । तर, १८ मंसिर २०६४ मा काठमाडौं विमानस्थल परिसरबाट शर्माले नेकपा (माओवादी) का तत्कालीन उपत्यका कमाण्ड इन्चार्ज वर्षमान पुन ‘अनन्त’ र वाइसिएलका इन्चार्ज चन्द्रबहादुर थापा ‘सागर’ लाई प्रभावमा पारी अपहरण गरेर काभ्रेको बल्थलीमा पु¥याई २७ घन्टापछि मुक्त भएका पात्र । अहिले उनै सुनिलले सिनामंगलमा रहेको केएमसी खरिद गर्न भ्याएका छन् । केएमसीका सञ्चालकहरू राधेश पन्त, रवीन्द्रराज (आर.आर) पाण्डे, शशीराज पाण्डे, शिवान्तराज पाण्डे, हेमाङ्ग दीक्षितलगायत हुन् । कोरोना त्रासले अस्पतालको व्यवसाय खस्कने हाउगुजी सिर्जना गरियो । यसपछि पन्त, पाण्डे, दीक्षितहरू र उनीहरूका परिवारका नाममा रहेकोसहित केएमसीको २८ लाख ३१ हजार ६७ कित्ता सेयर शर्माले एक अर्ब ६९ करोड ८६ लाख ४० हजार रुपैयाँमा खरिद गरेका बताइएको थियो । यसरी कोरोना कहरले सारा विश्व थिलथिलो भएको अवस्थामा अर्बाै रकमको कारोबार भएसँग उनीमाथि अनुसन्धानको सुँई तेर्सिएको हो । केएमसीको बहुमत स्वामित्व लिएसँगै शर्मालाई १५ भदौ ०७६ मा कर्मचारीमाझ अध्यक्षका रुपमा परिचय गराइएको थियो । शर्मालाई अध्यक्षका रुपमा कार्यकक्षमा सपथ खुवाउन सहभागी गराउनुअघि केएमसी मेडिकल कलेजकी कार्यकारी निर्देशक तथा प्राचार्य डा. चन्दा कार्की, मेडिकल डाइरेक्टर मुकुन्दराज जोशी, कर्मचारी युनियनका अध्यक्ष मेघराज खड्कालगायत अन्य कर्मचारी कसैलाई पनि कुनै जानकारी दिइएको थिएन । जबकि प्रा.डा. कार्की र खड्का त्यसबेला केएमसी मेडिकल कलेज सञ्चालक समिति सदस्यको जिम्मेवारीमा समेत थिए ।सम्पत्ति शुद्धीकरण विभाग स्रोतका अनुसार शर्माको परिवारभित्र तीन वर्षमा आठ अर्ब रुपैयाँ कारोबार भएको भेटिएसँगै उनी अनुसन्धानमा तानिएका हुन् । नोबेल मेडिकल कलेज, विराटनगर र केएमसी (काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड), सिनामंगलका अध्यक्ष डा. सुनिल शर्माले तीन वर्षमा गरेको कारोबार रकम हो यो । उक्त कारोबार अस्वभाविक र शंकास्पद रहेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शर्मा परिवारको आयमाथि निगरानी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *