दलहरु राष्ट्रको शान्ति, सुरक्षा र एकताको लागि खतरा

लेख

महामानव स्वर्गिय बी. पी. कोईरालाले भारतको निर्बासन एकाएक त्यागेर राष्ट्रिय मेलमिलापको नीतिको साथ नेपाल फर्किनु भएको थियो । उहाँलाई भारतमा त्यस्तो दबाब के पर्न गयो जसबाट विछिप्त बनेकाले राष्ट्रिय मेलमिलापको आह्वानका साथ नेपाल फर्किन बाध्य भए । उहाँले अगाडि सार्नुभएको राष्ट्रिय मेलमिलापको नीतिको सान्दर्भिकता अहिले झन बढेको देखिन्छ । राजतन्त्र र पञ्चायत कालमा राजमुकुटलाई एकताको प्रतिक मान्ने गरेका थिए । नेपाल राष्ट्रको एकिकरण गर्नमा नेपालको राजतन्त्रको बिषेश भूमिका र योगदान भएकाले राजमुकुटलाई एकताको प्रतिक मानिएको हो । हुनपनि नेपालको हिमाल, पाहाड र तराईलाई एकढिक्का बनाएर राष्ट्रको रुपमा संसार भरी चिनाउने काम नेपालको स्वर्गिय राजा महेन्द्रबाट भएको थियो । अहिले नेपालका दलहरुले सोही राजतन्त्रलाई राष्ट्रको फोहरमैला सम्झी काम नलाग्ने भन्दै पाखा लगाउने वा फाल्ने काम गरेका छन । पहिले देखि नै नेपालले काम नलाग्ने भनी फाल्ने गरेको फोहरमैलालाई भारतले संकलन गरी उता लगेर रिसाईकल गरी नेपाललाई नै बेच्ने गरेका छन । तसर्थ नेपालको फोहरमैलाबाट भारतले पैसा कमाउने गरेको छ भने नेपालले गुमाउने गरेको छ । अहिले पूर्वा राजा ज्ञानेन्द्र भारतमा हुनुहुन्छ र हरद्वारको कुंभ मेलामा शाहीस्नान गर्दैछन । यहि मौका संसारकै हिन्दु धर्मगुरुहरुले मिलेर नेपालका पूर्वराजा ज्ञानेन्दलाई हिन्दु धर्म र संस्कृतिको सम्राट घोषना गरी अभिषेक गरेका छन । नेपालका पूर्वाराजा ज्ञानेन्द्रले पनि आफ्नो अभिभाषणमा संसार कै हिन्दुहरु एक ढिक्का बनेर हिन्दु धर्म र संस्कृतिलाई जोगाउनु पर्छ भन्दै अन्य धर्म मान्नेहरुबाट हिन्दु धर्म र संस्कारलाई बदल्ने र नास गर्ने खतरा बढेको जनाएका छन । कुरा प्रष्ट नै छ राजतन्त्र नेपालको राजनीतिको एक प्रुमुख हिस्सा मात्र नभएर संसारकै हिन्दुहरु र हिन्दु संस्कारको नेतृत्व पनि हो । नेपालको दलहरुले यहि कुरा नबुझी राजतन्त्रलाई फोहरमैला सम्झेकोमा भारतले त्यसलाई अपनाएर सम्मान गरेको छ । नेपालको राजतन्त्रका जीवित प्रतिनिधि पूर्व राजा ज्ञानेन्द्र भारतमा निर्बासनमा छैन । उहाँको हातबाट राज्यसत्ता गएपनि नेपालको बिकासमा योगदान दिन कुनै कसर बाँकी राख्नु भएको छैन । दलहरुबाट व्यापारी राजा भनी बिगतमा ठुलो आलोचना गरिएको पूर्व राजा ज्ञानेन्द्रले खोल्नु भएको र चलाउनु भएको तारे होटल र उद्योगहरुमा धेरै नेपाली जनताले रोजगारी पाएका छन । अहिले नेपालको परिस्थिति ठिक उल्टो भएको छ किनकि पहिले राजतन्त्रको भूमिकालाई लिएर बिरोध गर्ने दलका नेताहरु नै नेपालबाट पैसा बिदेशमा लाने र थन्काउने काममा व्यस्त छन तर उहाँहरुबाट तिरस्कृत राजपरिवारहरु भने दिनरात एकगरी नेपाली जनताको सेवामा जुटेका छन । यस सन्दर्भमा हिमानी ट्रसले नेपालमा गरेको सामाजिक बिकासका कामहरु सराहनिय छन भने पूर्व राजाबाट नेपालको विपद् व्यवस्थापनमा दिनुभएको आर्थिक सहयोग उल्लेखनिय छ । अब यस्तो कुरा गर्दै जाँदा नेपालका दलहरुका नेताहरुले भने के के गरेका छन र गर्दै छन भन्ने कुराको चर्चा चल्नु पनि स्वभाविक नै हुन जान्छ । दलका नेताहरुले बिकासको नाममा नेपालको बिनास गर्ने काम गर्दै आएका छन । भ्रष्टाचार गर्नु र अपराध बढाउनु उहाँहरुको उद्योगधन्दा नै भएको छ । बिदेशी सित बहुखरबमा राष्ट्रिय ऋण लिएका छन तर त्यो कता लगानी गरिएको वा भएको छ कुनै अत्तोपत्तो पाउन सकिन्न । नेपालको बिकासमा लगानी भएको हो भने नेपाल समृद्ध र नेपाली जनता सुखी हुँदै जानु पर्ने हो तर यसको ठिक उल्टो देखिन्छ । दलका नेताहरु यतिबेला राष्ट्रको नाममा बिदेशी राष्ट्रिय ऋण लिने र त्यसलाई बिदेशमा नै लगेर बिदेशी बैंकहरुमा थन्काउने धन्दामा व्यस्त छन । नेपालको गरिबी उन्मुलनको नाममा र बिकासको नाममा बिदेशी सहयोगहरु र राष्ट्रिय ऋणहरु लिंदै त्यसको कमिशन खाएर बस्ने गरेका छन । नयाँ राष्ट्रिय उद्योगहरु खोल्नु त कता हो कता राम्रै सित चलेका पुराना उद्योगहरुलाई समेत बेचेर वा नास गरी खाईसकेका छन । नेपाली जनताले दलका नेताहरु सित नेपाल राष्ट्रलाई समृद्ध बनाउ र हामीलाई सुखी बनाउ भनेर कहिले भनेका छैन तर दलका नेताहरुले नै यस्तो नारा अगाडि सारेका हुन । नेपाली जनतालाई दलका नेताहरुले यतिबेला मुखले ठिक्क कामले दिक्क तुल्याएका छन । दलका नेताहरुको कुनै पनि कुरामा अब नेपाली जनतालाई किञ्चित पनि बिश्वास लागेको छैन । नेपाली जनताले दिलै देखि मागेको भनेको कुरा शन्ति नै हो । नेपाली जनताले राष्ट्रको शान्तिका लागि भगवान शंकरले हलाहल बिष पिए झै घोर अपराध गरेका र त्यस्तो अपराध गर्दै हिंडेका राजनीतिक दलहरुलाई र तिनका नेताहरुलाई एक पछि अर्को गरी सबैलाई स्वीकार गरेका छन । त्यसको बदलामा नेपाली जनताले शन्ति पाएको छैन । भ्रष्टाचार र अपराधले गर्दा नेपाली जनता र नेपाल राष्ट्र झन झन असुरक्षित बन्दै गएको छ । दलहरुले कमिशन खानको लागि लिएको बिदेशी ऋणको भारीले नेपालको सुरक्षा माथि खतरा उत्पन्न भएको छ । नेपालको बिकास र आर्थिक उन्नतीको गलत तथ्याङ्क बनाएर बिदेशी बैंकहरुमा पेश गरी राष्ट्रिय ऋण लिने सरकारी कामले तिब्रता पाएको छ । यहि कुराले नेपालको सुरक्षा माथि खतरा उत्पन्न गरेको छ । नेपाली जनतालाई अब राष्ट्रिय ऋण लिने होइन कि तिर्न सक्ने नेताको जरुरी छ । राष्ट्रिय ऋणमा डुबेर कंगाल भएका मुलुकहरु संसारमा धेरै छन । नेपाल नजिकैको मुलुक पाकिस्तानको हालत यस्तो भएको छ भने पहिले सम्पन्न रहेका केही युरोपियन मुलुकहरु पनि त्यस्तै ऋणमा डुबेका छन । नेताले गति छाडेकाले संसार कै तेस्रो ठुलो खनिज तेलको भण्डार भएको मुलुक भेनेजुयलाका जनताले कती दुस्ख पाएका थिए भन्ने कुरा धेरै पुरानो कुरा होइन हाम्रै आँखा अगाडि घटेका घटना हुन । नेपालमा पनि गति छाडा नेताहरुको संख्यामा कुनै कमी आएको छैन उहाँहरुले राष्ट्रको सम्पत्तिलाई आफ्नै निजी सम्पत्ति सरह प्रयोग गर्दछन र सरकाररी कामगर्दा कुनै मितव्ययता अपनाउँदैन । दलहरुकै कारण अहिले नेपाल राष्ट्र अनेक राजनीतिक टुक्राहरुमा बिभाजित भएको छ । हरेक घर, टोल, गाउँ, नगर र सहर राजनीतिक दलहरुले पस्केको सोच अनुसार फरक फरक खेमा र तप्कामा बिभाजित भएका छन । एक अर्को सित बिचार नमिल्ने हुँदा हरेकले आफुलाई दलका नेताहरुले कोरेका बिभाजनको रेखा भित्रै सीमित हुने गरेका छन । बिभाजित मानसिकताले गर्दा बहु राजनीतिक दलहरु आपसमा मिलेर सरकार बनाई सत्ता चलाउन सक्दैन । सत्ता साझेदारीका लागि दलहरुले एक आपसको एकताको लागि राख्ने सर्तहरु पनि गजबको हुने गरेका छन । बिभिन्न अपराध र भ्रष्टाचार गरी न्यायलयबाट नेपालको कानुन अनुसार सजाय पाएर जेल परेका आफ्ना राजनीतिक कार्यकर्ताहरुलाई निस्सर्त रिहा गर्नु पर्ने सर्त पनि समाबेस छन । सत्तामा बसेका राजनीतिक दलहरुले आफ्नो सत्ता टिकाउनको निमिक्त संभावित साझेदार राजनीतिक दलहरुको जस्तो सुकै सर्तहरु पनि मान्न तयार रहेको देखिन्छ । गैरराजनीतिक अपराधलाई पनि राजनीतिक मानी आम माफी दिंदै जाने हो भने अराजकता बढी राष्ट्रको शान्ति भंग हुने हुँदा नेपाली जनता र राष्ट्रको सीमानाहरु असुरक्षित बन्ने छन । नेपालका दलहरुले राष्ट्रलाई जोड्ने होइन तोड्ने काम गर्दैछन । अहिले नेपाल पुरै बिभाजित भएको छ र यो बिभाजितको स्थितिलाई सम्हाल्नको निमिक्त पञ्चायत कालमा जस्तो कुनै एकताको प्रतिक छैन । दलहरुले सत्ता सम्हाल्नु भन्दा पहिले नेपालको राजमुकुटलाई नेपाली जनताको एकताको प्रतिकको रुपमा पेश गरिएको थियो । अहिले राष्ट्रपतिय संस्था भए पनि त्यो संस्थाले सबै नेपाली जनतालाई निष्पक्ष भएर सबैलाई समान अवसर दिन सकेको छैन । नेपाली जनतालाई उक्त संस्था माथि बिश्वास भएको छैन किनकि त्यो राजनीतिक भएकाले सबैलाई समान व्यवहार गरी निष्पक्षता देखाउन सकेको छैन । नेपालको दलहरुले राजतन्त्रलाई फालेपछि त्यसको ठाउँमा राष्ट्पतिय संस्थाको व्यवस्था गरेको भएतापनि उक्त संस्थाको काम सत्तामा भएको राजनीतिक दलकै पृष्टपोषण गर्ने बाहेक अरु देखिएको छैन । यो बाहेक राजसंस्थाले गर्दै आएको धार्मिक र संस्कृतिक समारोहमा भागलिने कामहरु पनि राष्ट्रपतिय संस्थाले गर्दै आएको छ । नेपालको राजनीतिको बलियो शक्तिको एक धार राजतन्त्र पनि हो त्यसैले उक्त शक्तिलाई नेपालको राजनीतिबाट निषेध गरी राखेमा नेपालमा दिगो शान्ति आउन सक्दैन । धार्मिक र संस्कृतिक कार्य मात्रै गरी नेपालको राष्ट्रपतिय संस्था कहिले पनि राजतन्त्र जस्तो नेपाली जनताको आस्थाको केन्द्र बन्न सक्दैन । नेपाली जनताको एकता र आस्थाको केन्द्र बन्नको लागि नेपालका सबै राजनीतिक शक्तिहरुलाई समेटेर एकढिक्का पारी अगाडि बढ्न सक्नु पर्छ र निष्पक्षताको जग बसाल्नु पर्छ । अहिले चलेको जस्तो नेपालको राष्ट्रपतिय संस्थाले कसैलाई काखा र कसैलाई पाखा गर्दै रहेमा यो सम्मानको होईन बिबादको केन्द्र बन्दै आफै धारासयी हुनेछ । नेपाल राष्ट्र अहिले बिभिन्न भाषा, धर्म, लिंड र जातजातीमा बिभाजित गरिएको छ । यो नदेखिने राष्ट्रको बिखण्डन नेपालका राजनीतिक दलहरुले ल्याएका हुन । देखिने बिखन्डनहरु पनि जसलाई जोडेर राख्नको निमिक्त नेपालका सबै राजनीतिक दलहरु राष्ट्रको शान्ति र सुरक्षाको बिषयमा एक मत र एउटै नीतिको हुन जरुरी छ । कुनै पनि राजनीतिक शक्तिलाई नेपालको राजनीतिको मूलधारबाट अलग राख्ने वा निषेध गर्ने काम गर्नु हुँदैन । यस्तो पक्षलाई जहिले पनि बिदेशीले उचालेर नेपालको बिरुद्धमा उपयोग गर्ने गरिन्छ । यस्तो पहिले भएका छन र अहिले नेपालको राजतन्त्रलाई पनि बिदेशीले उपयोग गर्ने संभावना बढेको छ । राजतन्त्रले पनि बिगतमा निषेधको राजनीति अपनाएको थियो तर त्यो सफल भएन भने अहिले दलहरुले राजतन्त्र माथि अपनाएको निषेधको राजनीति पनि सफल हुने छैन । राजतन्त्र नेपालमा अझ पनि लोकप्रिय नै छ । राजसंस्थाले बिगतमा राष्ट्र र नेपाली जनताको हित हुनेगरी गरेका अनेक कामहरुले उसलाई अमर तुल्याएको छ भने अहिले दलहरुका असफलताले नेपाली जनतालाई राजतन्त्रको याद दिलाएको छ । नेपाल राष्ट्रलाई बिखण्डन हुनबाट जोगाउनको निमिक्त वा एक ढिक्का बनाउनको निमिक्त नेपालका राजनीतिक दलहरुले भ्रष्टचार र अपराधमा मात्रै लिप्त भएर नबसी राजतन्त्रबाट शिक्षा लिंदै मुलुकको शान्ति, सुरक्षा र एकतामा जोड लगाउँदा राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *