‘प्रचण्ड’को योजना ‘सोम शर्माको सपना’

समाचार

ओली नेतृत्वको वर्तमान सरकारलाई विस्थापित गरेर कांग्रेस सभापति देउवाको नेतृत्वमा कांग्रेस माओवादी केन्द्र र जसपाको संयुक्त सरकार गठन गर्ने अवधारणा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले ल्याएका छन् । आफ्नो यो अवधारणा अनुसार नयाँ सरकार गठन गर्न माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले निरन्तर रूपमा दौडधुप गरी राखेका छन् । तर, जसपाले वर्तमान सरकारलाई विस्थापित गरेर देउवाको नेतृत्वमा तीन दलको संयुक्त सरकार गठन गर्ने माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को प्रस्तावलाई समर्थन गरेको छैन र जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो यही सरकारलाई निरन्तरता दिने पक्षमा छन् । यही कारणले गर्दा यस विषयमा जसपाले निर्णय गर्न सकेको छैन । तथापि, उसले यो सरकारलाई नै समर्थन गर्ने स्थिति कायम रहेको घटना क्रमले देखाएको छ । जसपाले समर्थन नगर्दा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले अगाडि सारेको यो सरकारलाई विस्थापित गरेर कांग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रस्ताव ‘सोम शर्माको सपना’ हुने स्थिति बन्न थालेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *