अर्काको विश्वास गर्दा हिँस्स देउवा

राजनीति

काठमाडौं– आफूबाहेक अरुलाई प्रधानमन्त्री दिन नचाहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको चाहाना पूरा भएन । पार्टीभित्रै उनी सर्वसम्मवत भएनन् । देउवालाई प्रधानमनत्री बनाउन भारतीय रअ निकटका डा.शेखर कोइराला मात्र होइनन् कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेलहरूले चाहना त गरे, तर सक्रियता देखाएनन् । शेरबहादुर देउवा जसपाको साथ हुन्थ्यो भने माओवादीको सहयोगमा प्रधानमन्त्री बन्ने थिए । सरकारको नेतृत्व लिएपछि १४ औँ महाधिवेशनमा सभापति पदबाट हटाउन डा.शेखर कोइरालाको समूहलाई सहज हुन सक्थ्यो । तर, भारतकै आडभरोसा र जसपाको ठाकुर पक्षको साथले प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्री पद दिलायो ।
कांग्रेस ६४, माओवादी सभामुखबाहेक ४९, जसपा ३२ एकठाउँमा हुन्थ्यो भने एमालेको १२१ ले सरकार सञ्चालनको तुरुप पाउँदैनथ्यो । यहाँ राप्रपा, नेमकिपाको गणना छैन । मसालको आदेश गण्डकी प्रदेशमा छताछुल्ल भएकै हो । यो नैतिकहीनताको पराकाष्ट लुम्बिनीमा सर्दा संघीय सरकारको आशनबाट प्रधानमन्त्री ओली र राष्ट्रपतिले चलाउने सरकार कोरोनाले ग्रस्त जनताको अवस्थाले झल्काएकै छ । अब पनि ओली सरकारले राष्ट्र, राष्ट्रियता सार्वभौम अखण्डताको त के जनताको समेत रक्षा गर्ने सम्भावना देखिएनन् । जनताको सेवाभन्दा कुर्सीको स्वार्थमा दलहरू जुटेको जनताले देख्यो ।
एमालेको अन्तरकलहको भर परेर शेरबहादुरले पाँचौपटक प्रधानमन्त्री बन्ने ज्योतिषीले दिएको आश्वासन पूरा हुन्छ कसरी ? जनताले कांग्रेसलाई अबको चुनावमा ठूलो दल बनाए पनि कांग्रेसले राम्रो गरेर होइन एमालेको ओली गुटले देखाएको अहंकार र एकलौटी प्रर्दशन नीतिगत लुटको कारण हो । एमालेको नियन्त्रणमा ओली छैनन् । ओलीले देश र जनताको लागि जति गरे त्यो गुटको लागि गरे । कम्युनिस्टको बद्नाम यहाँभन्दा बढी गर्नु छैन । सत्ता त आउँछ जान्छ । तर, पार्टी प्रमुख हो । सत्तामा रहँदा जनताको हित गर्न सके सम्पत्ति त्यही हो । तर, यो तीन वर्ष एमालेको शासन जनता र राष्ट्रको हितमा थिएन । कमाइ नीतिगत लुटेराहरूले चम्काए, प्रधानमन्त्री ओलीको बद्नाम भयो । शेरबहादुर देउवाको हातमा सत्ता गएको भए पनि हुने केही थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *