एकै रातमा सबैतिर तहसनहस

राजनीति

काठमाडौं– नेपाली जनताले दिएको बहुमलाई ध्यान नदिएर आफ्नो स्वार्थमा जुटेको नेकपा एमाले नेताहरूले एकै रातमा सबैतिर लथालिङ्ग बनाएर देशमा प्रतिघात गरेका छन् । जनताको बहुदलीय जनवादले धान्न नसकेको संघीयता गणतन्त्र र समावेशीताको रक्षा गर्न नसकेको अवस्थामा कोरोनाले गाँजेको अवस्थामा चुनाव हुन्छ कसरी ? मुलुक सहमति र सहककार्यमा जानु पर्ने अवस्था छ । प्रधानमन्त्रीले संविधान कार्यन्वयन नगर्ने, अध्यक्षले पार्टीको विधान विधि पद्दतिलाई चुनौती दिने काम एकै पटक भएको छ ।
प्रतिपक्षहरूको १४९ सांसद प्रधानमन्त्रीको १५३ समर्थक देखिएपछि राष्ट्रपतिले दोहोरो हस्ताक्षरकर्ताको झन्झटमा लाग्नुको सट्टा प्रम ओलीको निर्देशन स्वीकारेर टण्टा साफ गरिन् । पछिल्लो स्थितिमा पूर्वराजा ज्ञानेन्द्रसमेत बोलेका छन् । पूर्वराजालाई पनि चुनाव त मन परेको छैन । आफ्ना सहयोगीहरूको उक्साहटमा तत्कालीन राजा बेलाबखत देश दर्शनमा जुट्ने गरेका छन् । पूर्वराजा नागरिकको हैसियतले मठमन्दिरको दर्शन गर्न पाएकै छन् । तत्कालीन ज्ञानेन्द्रलाई कोरोना नेगटिभ सफल भएको छ । भारतको महामारीले नेपालमा हिन्दू समाज सहयोगी बनेको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा ठाउँ दिन अवस्थामा छैन भन्ने कुरा सर्वोच्चले ५ वर्षसम्म संसद विघटन गर्न नपाउने नजिर बसाल्यो त्यो कुरा संविधानमा छ । विश्वासको मत लिँदा ९३ मत पाएका प्रम ओलीभन्दा विपक्षी गठबन्धन १४९ मत ल्याएकै बेला प्रधानमन्त्रीले राजीनामा दिएको भए पार्टी पनि जोगिन्थ्यो सर्वोच्चको आदेश कार्यान्वयन हुन्थ्यो । तर, प्रमले आफू मात्र ठीक अरु बेठीक भने । राष्ट्रपतिले देशको भन्दा पार्टीमा पनि गुटको प्रतिनिधि पात्र बन्नु सहज हुने । प्रम ओली र राष्ट्रपतिको सल्लाहअनुसार कानुनविपरीत लान्छना पनि लगाउन पाएन ।
सरकारले कोभिडको महामारीलाई गम्भीरतापूर्वक लिएको छैन । भ्रष्टाचार कोभिडको नाममा भएको खरिदमा पनि विरोध भएपछि सिसिएमसीको हस्तक्षेप जताततै भयो । खाली सिलिन्डर कब्जा गर्न पहुँचवाला सांसद, संसदीय व्यवस्थाका ठेकदारहरूले गौरव ठाने । मुलुकले यो महामारीमा राजनीति, समझदारी र एकताबाट अगाडि बढ्नु पर्ने बेलामा मध्यावधि चुनावको नाममा ५ वर्षमा सरकार चलाउने बाँकी रहेका स्थानमा राजनीतिक नियुक्ति, ठेक्कापट्टा सबै लगाउने पहलमा सरकार छ । पार्टीमा समेत एकता भड्काएर जनताले एमालेलाई गरेको विश्वासमाथि घात भएको छ ।
प्रम ओली र गुटको स्वार्थमा जे भएका छन् तीनलाई स्वीकार्न अन्य दलले सक्दैनन् । उनीहरूले गरेका सबै कानुनसम्मत अरुको कानुनविपरीत हुँदैन । झगडा पार्टी भित्र हुन्छ यसमा बहस गर्नुपर्छ तर, गुटप्रिय स्वभावले हो, नेकपा एमालेप्रतिको जनमत मात्र होइन कम्युनिस्टको बहुमतको सरकार समेत टिकाउन नचाहनेहरूले कसरी व्यवस्थाको रक्षा गर्छन् । जहाँ भारतीयहरूलाई नेपाली नागरिकता दिने खेल चल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *