टेलिकम र विद्युतको महसुल तिर्न घन्टौसम्म लाइन

विविध

काठमाडौं– नेपालमा कोरोनाले ६ हजार भन्दा बढीको ज्यान गएको छ भने कोरोना संक्रमको संख्या पनि बढिराखेको छ । उपचारपछि घर फर्कनेको संख्या पनि त्यतिकै छ । तर, नेपालमा कोरोना फैलिनुमा बढी मात्रामा खुला सीमानादेखि गर्मी मौसममा फैलने लामखुट्टे, झिङ्गा र खानपिनको कारणले हो भन्ने पनि भनिएको छ । सहरदेखि गाउँ, गाउँदेखि जिल्ला हुँदै नेपालको कुना काप्चासम्म कोरोनाको महामारीले सताएको छ । खासगरी नेपालीहरूले स्वास्थ्य सम्बन्धी मापदण्डको पालना नगर्दा र यसबारेमा ध्यान नदिएकाले महामारी फैलिएको हो । हुनत धेरै नेपालीको बाध्यता छ । धेरै नेपाली रोजीरोटीका लागि भारत जाने गर्दछन् । भारतमा कोरोना फैलिएपछि रोजीरोटीको लागि भारत गएकाहरू नेपाल फर्कदा, ती नेपालीहरूले स्वास्थ्य परीक्षण नगरी भाटाभट आए । यसरी भारतबाट नेपाल आउनेले अन्यलाई संक्रमण सारेकाले धेरै नेपालीको मुत्यु भएको छ । अहिले रोग जताततै फैलिएको अवस्था छ । यस्तै वैशाख महिना लागेपछि विवाह, ब्रतबन्ध र पास्नीमा बढी मात्रामा कोरोना फैलिएको छ । नेपालीको भोजभतेर खाने, घरघरमा रमाइलो गर्ने, भिडभाड गर्ने, नाचगान गर्नेजस्ता कार्य गर्ने प्रचलनले कोरोना फैलिएको छ । यस्तै सरकारले कोरोना फौलियो भनेर सहरका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेर बिहान ६ बजे देखि १० बजेसम्म खाद्यान्न तरकारी फलफूल किन्नलाई सार्वशाधारणलाई खुला छाडेपछि सर्वसाधरणको पसलमा भिडभाड लाग्यो । खाद्यान्न किन्दा सामाजिक दूरी कायम नगरी भिडभाड गरेका थिए । यसै सेरोफेरोमा सरकारले निषेधाज्ञा जारी गरेपछि जिल्ला वा गाउँ जानेको भीड लागेको थियो । सो भीडबाट धेरै नेपाली गाउँ जाने र गाउँमा क्वारेन्टाइनमा नबसी सिधैं आफ्नो घर परिवारसँग हेलमेल र घुलमिल गरेका कारण अहिले व्यापकरूपमा कोरोना फैलिएको हो । दिनप्रति दिन कोरोना संक्रमित बढेर गएको छ । यस्तै, सरकारले निषेधाज्ञा जारी गरिसकेपछि विभिन्न सरकारी कार्यालय र सरकारको स्वामित्वमा रहेको संघ, संस्थानले विभिन्न तालिका बनाएर संघ संस्थान बन्द गरेर जनतालाई दुःख दिएको अवस्था छ । उदारहणको लागि सबैभन्दा बढी अहिले नेपाल टेलिकममा देखिएको छ । किनकी नेपाल टेलिकमले नेपाली जनतालाई दिनुपर्ने सेवा दिन सकेको छैन । सुन्धारा बबरमहल, चाबहिल, कलंकी, बालाजुजस्तो ठाउँमा नेपाल टेलिकममा २ देखि तिन ओटा काउन्टर खोली फोन र नेटको पैसा तिर्न जाँदा हैरान भएका छन् । टेलिकमले सूचना टाँस गरी कहिले कहाँ, कहिले कहाँ भन्दै काउन्टर बन्द गरी सर्वसाधरण व्यक्तिलाई दुःख दिएको छ । खुलेको ठाउँमा पनि घन्टौसम्म लाइनमा बस्नुपर्ने हुन्छ । जनतालाई सेवा चाहिरहेका हुन्छन् । तर, बीचमा विचौलिया बनेर केही कमिसन खाएर टेलिफोन र विद्युत प्राधिकरणको विल भुक्तानी गर्ने गरेका छन् । यस्तै प्राइभेट कम्पनीहरूले समेत नेट र टेलिफोन तथा विजुलीको बिल भुक्तानीको लागि भन्दै कमिसन दिएर प्राइभेट व्यक्ति राखी बिल भुक्तानी गर्ने गरेका छन् । र ती बिचका विचौलिया र कम्पनी खोलेर बसेका व्यक्तिले करिब ४० देखि ५० जनासम्मको बिल भुक्तानी गर्दा घन्टौंसम्म समय लाग्ने गरेको छ भने सर्वसाधरण नेपालीले आफैँ बिल भुक्तानी गर्न जाँदा लाइनमा घन्टौँसम्म बस्नु परेको गुनासो एक साधारण नेपालीले तामाकोशी सन्देशलाई सुनाएका छन् ।
गत हप्ता बुधबार अम्बे स्टडिजको कम्पनीको टेलिफोन अनलाइनको बिल भुक्तानी गर्ने व्यक्ति गर्ने व्यक्ति ४५ वटा कम्पनीको बिल भुक्तानी गरेर मात्र लाइनबाट निस्केका थिए । एउटा व्यक्तिले धेरै बिल भुक्तानीका लागि ल्याउँदा लाइनमा बसेका अन्य सर्वसाधरणले सास्ति खेप्नु परेको थियो । त्यसदिन नेपाल टेलिकम सुन्धारा शाखाले २ वटा काउन्टर मात्र खोलेको थियो । नेपाल टेलिकममा ग्राहकको ठूलो भीड लागेको थियो । यस्तै, नेपाल विद्युत प्राधिकरणका सबै शाखा बन्द रहेका थियो । यस्तै नियम विद्युत प्राधिकरणमा समेत हुने गरेको छ । यस कारण कोरोना फैलिने सम्भावना बढेर गएको देखिन्छ । सरकारले यस्ता संघ संस्थानमा अनुगमन गर्नु पर्नेमा त्यो गरेको छैन । अहिले सरकार र प्राइभेट कम्पनीले आधा मात्र कार्यालय खुलाएर राख्ने गरेका छन् । यस्तै सरकारी बैंकदेखि प्राइभेट बैंकसम्मले आम नेपाली सर्वसाधरण जनतालाई दुःख दिएको अवस्था छ ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *