समाचार

काठमाडौं । सशस्त्र प्रहरीभित्र नेकपा एमालेनिकट एआइजी पुष्पराम केसीले पछिल्लो पटक थप भएको अवधिको फाइदा राम्रै लिन थालेका छन् । चुनाव हुँदैन भन्दै गर्दा भयो भने एमालेको ओली सरकारलाई जिताउने पहिलो एजेन्डा उनीसँग रहेको छ । दोस्रो एजेन्डामा आइजीपी शैलेन्द्र खनाललाई चैत १९ सम्म त्यही पदमा रहन नदिने योजना रहेको तर, त्यो भने सम्भव छैन । सेना र प्रहरीमा राजनीतिक लफडा निकाल्ने तत्कालीन गृहमन्त्री बामदेव गौतम र खुमबहादुर खड्काले चलाउँदा नेपाल प्रहरीको शक्ति क्षय भएको थियो । पार्टीका कारणले क्षय भएको शक्ति नेपाल प्रहरीले अहिलेसम्म आर्जन गर्न नसकेको स्थिति रहेको जानकारहरूले बताउँदै आएका छन् । गुटबन्दी गरेरमात्र हुँदैन एआइजी केसीले तीन वर्ष अगाडिको त्रिपाल खरिद, विद्युतीय इकुप्मेन्टको खरिदको उजुरी अख्तियारमा दिन लगाएर आइजीपीलाई केही दिन अख्तियार धाउन बाध्य बनाएको कुरा सशस्त्र भित्र चर्किएको छ । अहिले सशस्त्रको नयाँ कुनै योजना छैन । भएका योजनाको राम्रो कार्यान्वयन छैन । केन्द्रको रोग प्रदेश बाहिनीहरूमा पनि सरेको छ । जहाँ सीमा जोडिएका छन् त्यहाँ सशस्त्रको विओपीमा पनि सलामी चढाउनुपर्छ । सशस्त्र समि र एकेडेमीमा रामशरण पौडेल रहेका छन् । पुष्परामको झैँ समय थपिएको छ ।
प्रशासन र मानवश्रोत प्रमुखले समयमा ध्यान नदिँदा फौैजी संगठन बिग्रिएको चर्चा चल्ने गरेको छ । अहिले सशस्त्रमा डिआइजीदेखि एसएसपी, एसपी, डिएसपी, निरीक्षक, सई, असई हवल्दार, वरिष्ठ हवल्दारसम्मको बढुवा रोकिएको छ । प्रशासन प्रमुख केसी हुन् । फाइदा बढाउन यिनले हो मन्त्रीको समूहबाट डिआइजीको बढुवा गराउने । अन्य पदमा वरिष्ठताको, कार्यक्षमता र योग्यताको आधारमा प्रशासन प्रमुखले नाम सिफारिस गर्ने र संगठन प्रमुखको हिसाबले आइजीपीले सदर गर्ने हो । तर, प्रशासन प्रमुखले राम्रोसँग ध्यान नदिँदा सशस्त्र प्रहरी संगठन भद्रगोलको शिकार बन्दै गएको छ ।
एआइजी केसीले बालुवाटार र सिंहदरबारलाई बढी ध्यान दिएका छन् । हल्चोकलाई भन्दा बढी ध्यान सिंहदारबारलाई दिन थालेका छन् । आइजीपी सहभागी हुने बैठकमा पनि उनै पुग्ने गरेका छन् । प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालका गृह जिल्ला, कांग्रेस सभापति शेरबहादुर समेतको साथ रहेकोले केसीले हल्चोकभन्दा सिंहदरबार, बालुवाटार र देउवा दरबार निकै धाउन थालेका छन् । राजनीतिज्ञले संस्थागत भद्रगोल निम्त्याउने माथि अंकुश लगाउने पद्दतिको विकास गरेनन् चाकडी ग¥यो, घुस र कोसेली बुझायो भने जस्तो अपराध गरे पनि क्षमा दिने गलत पद्दति बस्दा राज्यको ठूलो लगानी भएको फौजी जनशक्ति विदेश पलायन हुन बाध्य भएको एक पीडितले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *