बाबुराम भट्टराई माओवादी हुन् कि नेपाल समाजवादीको अध्यक्ष ?

समाचार

समाचार

काठमाडौं । सात बर्षपछि बाबुराम भट्टराई घुम्दैफिर्दै रुम्जाटार भएर माओवादी केन्द्रमा आई पुगेका छन् । ०७२ सालमा सम्विधानसभाले संविधान जारी गरे लगत्तै बाबुराम भटटराईले कम्युनिष्ट सिद्धान्त र माओवादी पार्टी परित्याग गरेको घोषणा गरेका थिए र यो घोषणा गरेर माओवादीबाट बाहिरिए पछि बाबुरामले नयाँशक्ति नामक पार्टी गठन गरेका थिए । बैकल्पिक राजनीतिक शक्ति भनेर नया शक्ति पार्टी गठन गरेका बाबुरामले ०७४ सालको आम चुनाव जित्न भने नेपाली कांगे्रसको समर्थन लिनु परेको थियो । त्यसपछि पार्टी संचालन गर्न नसकेपछि नयाँ शक्तिलाई उपेन्द्र यादव नेतृत्वको जनअधिकार फोरम नेपालसंग एकीकरण गरेका थिए । र, ६ वटा मधेश केन्द्रित दलसंग एकीकरण भएर पार्टीको नाम राष्टिय जनता पार्टी भएको थियो र यो जसपाबाट मधेशवादी ६ दलबाट बाहिरिएका थिए ।
केही दिन अगाडी उपेन्द्र यादवको अध्यक्षतामा बसेको जसपा केन्द्रिय समितिको बैठकले अध्यक्ष बाबुराम भट्टराई, नेता महेन्द्र राय सहित लगभग एक दर्जन नेतालाई पार्टीबाट निष्काशन गर्ने निर्णय ग¥यो । यसरी पार्टीबाट निष्काशित भएपछि आफु र महेन्द्र राय अध्यक्ष रहने गरी नेपाल समाजवादी पार्टीको पुनर्गठन भट्टराईले गरेका थिए । नेपाल समाजवादीको पुनर्गठन गरेको साता दिन पनि नबित्तै अध्यक्ष भट्टराई आगामी आम निर्वाचनलाई लिएर माओवादीको चुनाव चिन्ह हसिया हथौडाबाट लड्ने भएका छन् र यो कुरालाई हिजो बसेको नेपाल समाजवादीको केन्द्रिय समितिले अनुमोदन गरेको छ । बाबुराम माओवादीको चुनाव चिन्हवाट लड्ने निश्चित भएपनि नेपाल समाजवादीका बाँकी नेता कुन चिन्हवाट लड्ने भनेर अन्यौल उत्पन्न हुन गएको छ भने यस सम्बन्धमा निर्णय माओवादीले गर्ने कि गठबन्धनले गर्ने भनेर विवाद पनि जन्मिएको छ ।
यसैगरी माओवादीको चिन्हवाट चुनाव लडेपछि बाबुराम नेपाल समाजवादीको अध्यक्षमा कायमै रहन्छन् कि माओवादीको कार्यकर्ता हुन्छन् भन्ने प्रश्न पनि जन्मिने भएको छ । किनभने निर्वाचन आयोगले जुन पार्टीको टिकटबाट लडेको हो, उही पार्टीको आधिकारिक उम्मेदवार मान्दछ । यो स्थितिमा माओवादीको चिन्हवाट चुनाव लडेपछि बाबुराम नेपाल समाजवादीको अध्यक्ष कायम नै रहन्छन कि माओवादीको कार्यकर्ता हुन्छन भन्ने प्रश्न पनि उठेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *