अस्पतालको विस्तार कहिले हुने ?

लेख

दिनेश कार्की
२०७७ माघमा चीनबाट नेपालमा कोरोना भाइरस भित्रियो । भाइरस नियन्त्रणका लागि सरकारले अरु तयारी गर्नुभन्दा निषेधाज्ञालाई उपयुक्त विकल्प ठान्यो । विश्वभर महामारीको रूप लिएको कोरोना कहर २०७७ साउनदेखि क्रमशः कम भयो । २०७७ चैत महिनादेखि भाइरसको दोस्रो लहर सुरू भयो । त्यसले भारतसँगै नेपाललाई नराम्ररी प्रभावित पारिररहेको छ । यसबीचमा सरकारले कोरोना नियन्त्रणका लागि आवश्यक पहल नगरेको आरोप लागिरहेको छ । नेपालमा कोरोना भित्रिएको करिब डेढ वर्षमा सरकारले नियन्यत्रणसँगै संक्रमितको उपचार र व्यवस्थापनका लागि के–कति स्वास्थ्य पूर्वाधार निर्माण ग¥यो ? आमचासोको विषय छ ।
केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ‘कोरोना नियन्त्रणका लागि निषेधाज्ञा उपयुक्त विकल्प होइन, संक्रमितको उपचार तथा व्यवस्थापनको तयारीका लागि मात्रै यो समय हो । तर, कोरोनाको दोस्रो भेरियन्ट उत्कर्षमा पुग्दा पनि यथेष्ट स्वास्थ्य पूर्वाधार निर्माण हुन सकेन । पहिलो महामारीको भेरियन्टबाट पाठ सिकेर आवश्यक तयारी गर्न नसक्दा दोस्रो भेरियन्ट झन् भयानक भएर आयो, र उही नियति भोग्नुप¥यो । न त संक्रमितको उपचारका लागि अस्पताल बने, न उपकरण र प्रविधिकै व्यवस्थापन हुनसक्यो’ भनेका थिए । त्यो सत्य भनाइ थियो ।
कोरोना महामारी सुरू भएको डेढ वर्षमा चार जना स्वास्थ्यमन्त्री फेरिए । तर, स्वास्थ्य पूर्वाधार भने अपेक्षाकृत निर्माण हुन सकेन । त्यस्तै, बनेका स्वास्थ्य पूर्वाधारको अवस्था हेर्ने हो भने स्थिति नाजुक छ । कोरोना संक्रमितको उपचारका लागि देशभर १५७ अस्पताल सूचीकृत छन् । निशुल्क उपचारका लागि ४५ वटा निजी अस्पतालसँग सम्झौता भएको छ । २०७७ साल वैशाखसम्म देशभर ३२७ भेन्टिलेटर थियो । अहिले थप गरी ९०४ पु¥याइएको छ । थप १८० भेन्टिलेटर थप्ने प्रक्रिया सुरू भएको छ ।
२६ सय रहेको आइसियु बेडको संख्या बढाएर ३ हजार पु¥याइएको छ । ६ सय ३० वटा बेड थप्ने तयारी भइरहेको छ । कोभिड अघि नेपालमा एउटा पनि हाइडिपेन्डेन्सी युनिट (एचडियु) बेड थिएन । एचडियु बेड सरकारी अस्पतालमा २ हजार ७५ र निजीमा ७ सय ७८ थप गरी सञ्चालनमा ल्याइएको छ । १४ सय बेड थप गर्ने तयारी भइरहेको छ ।
अक्सिजन प्लान्ट १९ वटा थप गर्ने तयारी भइरहेको छ । कोभिडको बीचमा ५० को हाराहारीमा थपिएको छ । यसअघि ३२ वटा अक्सिजन प्लान्ट रहेको थियो । लिक्विड अक्सिजन ट्यांक ५ वटाबाट बढाएर २७ पु¥याउन पहल भइरहेको छ । लिक्विड ट्यांक कोभिड अगाडि थिएन । कोभिडपछि ५ वटा थपिएको हो । अक्सिजन सिलिण्डर कोभिड अगाडि ६३०० वटा थियो । कोभिडको बीचमा १४ हजार सिलिण्डर थपियो । मन्त्रालयका अनुसार नेपालमा कोभिड अगाडि लिक्विड ट्यांक र एचडियु एउटा पनि थिएन । यस अवधिमा ९ सय अक्सिजन कन्सन्ट्रेटर थप गरिएको छ भने अक्सिजन सिलिण्डर संख्या ५ हजार थप गरिएको छ । त्यस्तै देशभर ५५ वटा सरकारी प्रयोगशाला थपिएका छन् । हाल ३६ वटा निजी प्रयोगशालाबाट कोरोना परीक्षण भइरहेको छ । कोभिड अगाडि एउटा पनि थिएन ।
यो बीचमा अस्पताल थपिएका छैनन् । आइसोलेसन, क्वारेन्टाइन थपिए पनि अस्पताल भने एउटा पनि थपिएको छैन । अहिले देशभर ६ हजार ९ सय ३४ वटा अस्पताल सञ्चालनमा छन्, जहाँ १३ हजारको हाराहारीमा बेड छन् । पछिल्लो एक वर्षमा ती अस्पतलामा करिब २ हजार बेड थपिएका छन् ।
कोभिड महामारी नियन्त्रणमा सुरू देखि नै सक्रिय टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २४ आइसियु बेड थियो, अहिले ४ वटा बढाएर २८ पु¥याइएको छ । जहाँ कोभिडको पहिलो लहरमा ७ वटा भेन्टिलेटर थियो, अहिले २२ वटा छ । जुन संक्रमितको चापअनुसार एकदमै कम हो । देशका अरु अस्पतालको स्थिति झन् दयनीय छ । चीनमा कोरोना भाइरस भेटिएको २ महिनामै नेपालमा पनि संक्रमण सुरू भएको थियो । चीनमा कोरोना करिब नियन्त्रणतिर गइसक्दा नेपाल भने आक्रान्त भइरहेको छ । तर, परिस्थितिको सही मूल्यांकन, आँकलन गरी स्वास्थ्य पूर्वाधार निर्माणसँगै अरु तयारी गर्न नसक्दा अहिले पनि स्थिति गम्भीर छ । परीक्षण र संक्रमितको उपचारसँगै व्यवस्थापन चुस्त हुन नसक्दा नेपालमा स्थिति विकराल बनेको छ । सुरुमा नेपालमा कारोना परीक्षण गर्ने ल्याब नै थिएन, हङकङ पठाउनु परेको थियो । त्यो तुलनामा अहिले परिक्षणमा ठूलो सुधार भए पनि अपेक्षाकृत र आवश्यकताअनुसार पूर्वाधार बन्न सकेको छैन । कोरोना महामारी नियन्त्रण, संक्रमितको उपचार तथा व्यवस्थापनका लागि स्वास्थ्य पूर्वाधार थप्ने क्रम जारी छ ।
महामारी नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सेवा, सुविधा, उपचार, बेड, आइसियुलगायतका संरचना थपिए पनि पर्याप्त छैन । क्रमशः संरचनाहरू थपिँदै छन् । अस्पतालको संख्या थपिएर मात्रै कोरोना नियन्त्रण हुँदैन । अज्ञानता, हेलचेक्र्याइँ र कमजोर नेतृत्वका कारण नेपालमा कोरोना महामारीले अहिलेको रूप लिएको छ ।
विश्वका कतिपय देशमा कोरोना नदेखिँदै नेपालमा देखिएको थियो, त्यतिबेला नेपालमा कोरोना बढ्न नदिने मौका थियो । तर, हामीले ख्यालख्याल ठानेर उपयुक्त कदम चालेनौँ, सावधानी पनि अपनाएनौँ । त्यसको असर अहिले भोगिरहेका छौँ । स्वास्थ्यकर्मीले चाहँदैमा कोरोना नियन्त्रण हुँदैन, जनतामै कोरोनाविरूद्व स्वास्थ्य सजकता आउनु पर्दछ र स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्नु पर्दछ । सरकारले पिसिआर परीक्षण व्यापक गर्नुपर्दछ, सबै नागरिकलाई खोप दिनु पर्दछ । साथै कोरोना देखिए लाइसोलेसन र भरपर्दाे उपचार व्यवस्था मिलाउन सकेमात्र कोरोना महामारी नियन्त्रण गर्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *