पार्वतले पत्रकारलाई ढाँटे

समाचार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीका विश्वासला पात्रहरूले पनि पत्रकारहरूलाई ढाँट्ने काम गरेका छैनन् । शेरधनलाई सञ्चारमन्त्री बन्दा प्रेस चौतारी भूँइ न भाडामा भयो । दोस्रोपटक ओलीका आशिर्वादमा प्रदेश १ को मुख्यमन्त्री भएका छन् । त्यहाँ पनि उनले पार्टीका नेता सांसदहरूलाई गनेका छैन । यता दोलखाका जडीबुटी व्यापारी पार्वत गुरुङ सञ्चारमन्त्री भएपछि निकै हौँसिए । उनले पत्रकार मैत्री बन्छु भन्दा भन्दै अन्तमा पत्रकारहरूलाई झुक्याए । उनले अनलाइन पत्रकारिताप्रति निकै सान्त्वना दिए । हरेक वर्ष नवीकरण गर्नु पर्ने, कर क्लियर गर्नु नपर्ने प्रावधान हटाइयो भनेर प्रचार गरे । पत्रकार महासंघ काठमाडौं शाखाको साधारणसभामा उनले बोले । तर, नीतिगत निर्णय भएको थिएन ।
सूचना विभागले साउन ३ गते अनलाइन नवीकरण नगरे प्रेसपास नवीकरण नहुने सूचना निकाल्यो । पत्रकार महासंघ उपत्यका प्रदेश शाखा र काठमाडौं शाखाको टोली सोमबार निकै दौडधुपमा थियो । महासंघका महासचिव रोशन पुरी भन्दै थिए, ‘मन्त्रीले मुखले बोले कार्यान्वयन गरेनन् र यो समस्या आयो ।’ जनसुकै पार्टी र सरकारका सञ्चारमन्त्री भए पनि पत्रकारलाई झुक्याउने भन्दा अन्य काम सञ्चारमन्त्रीबाट भएको छैन भन्दै थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *