सशस्त्रमा भ्रष्टाचार, सुनेको नसुन्यै गर्छ अख्तियार

प्रशासन

काठमाडौं । ‘काग कराउँदै गर्छ पिना सुक्दै जान्छ’ भनेजस्तै उखान सशस्त्र प्रहरी बलमा भएको छ । साना पत्रपत्रिकाले जतिसुकै सशस्त्र प्रहरीभित्र भएको भ्रष्टाचारको समाचार प्रकाशन गरे पनि खासै प्रभाव परेको देखिँदैन । तर, सानो पत्रिकाको समाचारलाई नै लिएर ठूला ‘बिग हाउस’ र अनलाइन पोर्टलले भए÷नभएका समाचार फेरि प्रकाशनमा आएको भन्दै त्यसलाई भजाएर खाने भएपछि साना पत्रिकाको कुनै अर्थ सशस्त्र प्रहरीले राख्ने गरेको छैन ।
साना पत्रिकाले समाचार प्रकाशन गरे पनि ‘काम पाउँदैन लेख्दै गर्र्छ’ भन्दै बेवास्ता गर्ने गरिएको छ । सशस्त्र प्रहरी बलभित्र करोडौको भ्रष्टाचार हुँदा अख्तियार र राष्ट्रिय सर्तकता केन्द्र पनि ‘तै चुप मै चुप’ भएको अवस्था छ । अहिले अख्तियारले कुनै पनि भ्रष्टाचार मुद्दासमेत केलाएको छैन र भ्रष्टाचार हुने स्थानमा ध्यान दिएको छैन । किनकि करोडौँ भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएपछि राजनीतिक दलको झण्डा बोकेर राजनीतिक दलका नेतालाई करोडौँ रकम बुझाएर अथवा पार्टीलाई चन्दा दिएर राजनीतिक नियुक्ति खानेको कमी छैन । त्यसै कारण जसले जस्तोसुकै भ्रष्टाचार गरे पनि अख्तियारले आँखा चिम्लिने र भ्रष्टाचारको समाचार आएमा यसलाएई भजाएर खाने गरेका छन् । कारबाही गर्नुपर्ने ठाउँमा अख्तियारका उच्च तहका कर्मचारीदेखि तल्लोस्तरका कर्मचारीले फोन गरी उल्टै बार्गेनिङ गर्ने गरेको स्रोतको दाबी छ । फोन गरेर अख्तियारकै कर्मचारीले ‘म फलानो संस्थाबाट बोलेको’ भन्दै भ्रष्टाचारी अड्डाका कर्मचारीलाई उल्टै भाग माग्ने गरेका छन् । जसै अख्तियारको फोन जान्छ, ‘हजुर भनिबक्सियो, के सेवा गरु ?’ भन्दै नमस्कार गर्ने र उच्च तहका कर्मचारीलाई चाहिने सेवासुविधा दिने र उच्च तहमा बस्ने कर्मचारीको घर–घरमा सामानदेखि नगद पु¥याउने र कारबाहीबाट बच्ने गरेको स्रोतको दाबी छ । यसको उदाहरण सशस्त्र प्रहरी बलमा करोडौँ रुपैयाँ भ्रष्टाचार हुँदासमेत अहिले कुनै कारबाही गरिएको छैन । सशस्त्र प्रहरी बलमा चाहिने सामान सप्लायर्समा अरर्बौ भ्रष्टाचार हुँदासमेत कुनै पनि निकायले कारबाही गर्न सकेको छैन । सशस्त्र प्रहरी बलमा खाद्य, लत्ताकपडा, जुत्ता, अफिसको सामानदेखि अन्य सामानको खरिदमा आर्थिक वर्ष लागेसँगै भ्रष्टाचार मौलाएको छ । सामान सप्लायर्ससँग जस्तै विभिन्न सामान खरिद गर्दा खेरी स्याम्पल राम्रो देखाउने र सामान चाहिँ कच्चा, गुणस्तरहीन लिने गरेका छन् । सामान सप्लायर्समा एकलौटी गरिएको छ । विभिन्न किसिमका सामान ल्याएको देखाएर कतिपय ५० देखि १०० को हारहारीमा फर्जी बिल बनाउने र खाने गरेका छन् । यस्तै गाडी खरिददेखि मर्मत सम्भारसम्मको बिल नक्कली बनाएरु खाने गरिएको छ । पेट्रोल खरिदसम्म भने वार्षिक अडिट गराउने गरेका छन् । अधिकांश अडिटरले समेत वार्षिक रूपमा लाखौँ लाने गरेको समाचार स्रोतले बताएको छ । यस्तै यो सामान खरिदमा मुख्य लेखापाल गणेश मल्ल र प्रशासन प्रमुखको हात रहेको हुन्छ । अहिले सशस्त्र प्रहरी बलमा लेखापाल मल्लको चाँदी कटाइ भइरहेको छ । किनकी मल्ले आफ्ना वरिफरी रहेका एकाउन्टेन खडा गरेका छन् र अन्य एकाउन्टेन्टलाई बाइपास गरिराखेका छन् । यस्तै प्रशासन प्रमुख पनि आफ्ना नातागोता वरिपरीका व्यक्तिलाई प्रशासनमा राखेर अन्यलाई बाइपास गरेका छन् । प्रशासनमा एआइजी रामशरण पौडेलको हाली–मुहाली गणेश मल्लको जस्तै चल्ने गरेका छ । गणेश मल्ल सशस्त्रमा लेखापाल भएर करिब चार वर्ष गुजारेका छन् । गणेश मल्लको घर आइजी खनालको जिल्ला एउटै भएको कारण पनि सशस्त्र प्रहरीमा भ्रष्टाचार बढेको केही पीडित प्रहरीको गुनासो रहेको छ । वार्षिकरूपमा करोडौँ सामानमा भ्रष्टाचार हुँदा समेत कसैको नजर नजाने, सबैको मिलिभगतमा भ्रष्टाचार हुने गरेको छ । यस विषयमा भ्रष्टाचारको छानबिनका लागि अख्तियारलाई गुहारिएको थियो, तर अख्तियार नै संलग्न भएपछि कसले कारबाही गर्ने ? महालेखा नियन्त्रकको कार्यालयले देशभरिको ठूला–ठूला आयोजनादेखि सरकारी कार्यालयको अडिट रिपोर्ट तयार गरेता पनि महालेखा परीक्षक कार्यालयबाट खटिने व्यक्तिसमेत भ्रष्टाचारमा लिप्त हुने गरेका छन् भने अडिट गर्न जाने व्यक्तिले अडिटको काम गर्दा कमिसन नआउने र कमिसन नदिने अड्डाको मात्र बेरुजु देखाउने गरेको गुनासो व्याप्त छ । खासगरी अख्तियार, राष्ट्रिय सर्तकता केन्द्रदेखि महालेखामा रहेका कर्मचारीले भ्रष्टाचार बारेमा आवश्यक गुनासो सुन्ने र कारबाही गर्नुपर्ने हो । तर, हात्तीको देखाउने दाँत झैं कमिसन नआउने अड्डाको बढी मात्रामा बेरुजु निकाल्दा पनि ति निकाय चुपचाप छन् । अहिले असार मसान्त सकिएपछि नेपालभरिका सरकारी अड्डामा अडिटको काम सुरु भएको छ । अधिकांश सरकारी कार्यालयका लेखापालले धमाधम अडिट गराइरहेका छन् । अडिट गर्न गएका कर्मचारीलाई कुन होटलमा राख्ने, के खाने, कस्तो किसिमको रमाइलो गराउने भन्ने होडबाजी चलेको छ । उच्च तहका नेतादेखि उच्च तहका कर्मचारीको दशैं सुरु भएको छ । अहिले सशस्त्र प्रहरी बलमा एआइजी रामशरण मल्लको भाग्य चम्केको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *