प्रहरीभित्र चोरैचोर

समाचार

काठमाडौं । जस्तो राजनीतिक दलका नेता र कार्यकर्ता, त्यस्तै प्रहरी भएपछि देशको शान्ति सुरक्षा कस्तो होला ? प्रहरीप्रति के विश्वास गर्नु जहाँ कांग्रेस, एमालेका मात्र छैन । राप्रपाका प्रहरी पनि छन् । नेकपा माओवादीको सत्ताकालमा गृह प्रशासन चलाउने कृष्णबहादुर महरा, शक्तिबहादुर बस्नेत, रामबहादुर थापाले राम्रो काम गरेर देखाएन । आफ्नो पहिचान पनि देखाएन । कांग्रेसका शेरबहादुर देउवा, स्व. खुमबहादुर खड्का, गोविन्दराज जोशी, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, एमालेका भीम रावल, वामदेव गौतमसम्मले गृह प्रशासन चलाए । माओवादीका नारायणकाजी श्रेष्ठ, एमालेका खगराज अधिकारी १३÷१४ दिन गृहमन्त्री त भए तिनीहरूको गणना छैन ।
त्यो प्रहरी अपराधीसँग मिल्छ जसले चोर बचाउँछ । तर, जनतालाई दुःख दिन्छभन्दा अपराध हुँदैन । यसपटक प्रहरीले युएन मिसनको परीक्षाको आफ्नै कार्यालयबाट प्रश्नपत्र चोरी गरेर डिएसपी रुपेश खडका, बासु पाठकसम्मलाई पु¥यायो । शान्ति मिसन जान सहभागी हुने ‘प्रि स्याट’ प्रश्नपत्र चोर्ने काम त्यहीबाट साइबर ब्युरो सरुवा भएका कुमार शाह (परिचर), सुरेश बम (सई) जनक थापासम्मले सम्पन्न गरे । यिनीहरू धन्यवादका पात्र हुनुपर्छ किनकि शान्ति मिसनमा पर्न प्रश्नपत्र चोर्न लगाउने डिएसपी खड्का र पाठकले कस्तो कमाण्ड गरे, त्यसको बयान गर्न आइजिपी शैलेश थापाले ऐन कानुन खोज्न टाढा जान पर्दैन ।
युएन शाखामा बसेर नचाहिँदो काम गर्दा साइबर ब्युरो पुगेको कुमार आफैँ परीक्षामा सहभागी हुन् । शाखा प्रमुख अनुप शम्शेर जबरा शाखा प्रमुख हुन् भने परिचर सुरेश बमबाट प्रश्नपत्र चोरेर डिएसी खड्का, पाठक र हवल्दार कुमार शाहसम्म पुगेको हो । यो प्रकरणले नेपाल प्रहरीको अन्तर्राष्ट्रिय जगतमा बदनाम गरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *