महानगरले सडक र यातायात आतंकित पार्दैै

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यवसायीसँग कर मात्र लिने कि त्यस क्षेत्रको समस्याको समाधान गर्ने पनि हो । जनप्रतिनिधिको नाममा महानगरले दिलाएको तलब र भत्ताको बखान सुन्दा लाग्छ उनीहरू सेवा गर्न होइन कमाउनका लागि निर्वाचित भएका रहेछन् । काठमाडौं सहरको बेथिति, फोहर संकलन र व्यवस्थापनमा पनि राम्रो गरेको छैन । कर उठाउन यही चासो लिने व्यवसायीलाई तड्पाउने काम पनि धेरै भएका छन् । महानगरले नगरबासीहरूको यात्रु आराल्ने र चढ्ने ठाउको व्यवस्थापन समेत गर्न सकेको छैन ।
अहिले सहरमा अधिकासं स्थानमा बसपार्क छैन । पुरानो बसपार्क महानगरकै भ्रष्ट कर्मचारीको जालमा परेको छ । भ्युटावर विचौलियाको दादागिरी चल्यो । शान्ताराम पोखरेल, शंकर कँडेलजस्ता विचौलियाहरूको टिम अहिले पनि महानगरमा ढलिमली गर्दैछ । हरि कुँवरहरू बेला बखत समाचारको पात्र बन्ने गर्छन् । महानगर प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी बीचमा अरु कुरा नमिले पनि ठूला ठेक्का दिने राजस्व डुबाउने कुरा मेलमिलाप हुने गरेको छ ।
काम अधुरै छन् । नयाँ योजना यो कार्यकालमा भएन । महानगरभित्रको भद्रगोल हटाउन एमाले पनि लागेन । कांग्रेसले भद्रगोल हटाउन होइन मिलीजुली खाने बिचौलियाहरूले नगर बसहरूको व्यवस्थापन गर्न नसक्दा यात्रुहरू समस्यामा परेका छन् । नगर प्रहरीले बसका यात्रुलाई परेको संकट कहिले समाधान गर्ने हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *