सामाजिक सुरक्षा योजनाबाट २० लाखभन्दा बढी श्रमिक लाभान्वित भएको प्रधानमन्त्री ओलीको दाबी

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीलाई सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिंदै प्रधानमन्त्री ओलीले श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याइएको स्मरण पनि गरेका छन् । त्यसबेला केहीले व्यङ्ग्य गरेको बताउँदै उनले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक योजनाबाट लाभान्वित भएको दाबी गरेका छन् ।

अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा समाजिक सञ्जालमा श्रम गर्दै गरेको चित्रण गर्ने आफ्नै फोटो राख्दै प्रधानमन्त्री ओलीले लेखेका छन् ‘आज मे १—अन्तर्राष्ट्रिय श्रमिक दिवस । देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले । श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि जब योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्‍यौं, व्यङ्ग्य र ट्रोलहरू सहनुपर्‍यो । तर आज, ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै—२० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका छन् । अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ। छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन—श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौं । श्रमलाई सम्मान गरौं, श्रमिकलाई सम्मान गरौं । जय श्रमिक, जय देश !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *