गोरखापत्र संस्थानमा सुरु भयो गाईजात्रा

समाचार

काठमाडौं । केपी ओली सरकारमा गोरखापत्रमा प्रेस चौतारी बलियो थियो । प्रशासन चलाउने केपी ओलीको जयजयकार गर्ने कृष्ण मुरारी भण्डारी, झुम्राका पुतली कांग्रेसलाई प्रमकै ठाडो आदेशमा कार्यकारी बनाइयो । सहयोग गर्ने महेश्वर दाहालले आमाचकारी बोल्ने टीकाराम राईजस्ता खटाए । सुधार निकै भयो सरकरको मुखपत्रमा परिवर्तन आयो । तर, विज्ञापन हेरेर अन्यत्र बेच्ने प्रथा हटेको थिएन । हटेको पनि छैन । तारा बस्यालले कागजको रोल गोदामबाट बेच्नेलाई राईले काखी च्यापेर माओवादीको खेदो खनेकै छन् । चौतारीले परालको लौरोरुपी श्रीधरलाई सम्पादक बनायो केपी गौतम, प्रदीप नेपाल काण्डले यसकै भएर सम्पादक बन्ने रहर थियो । एमालले नै सिध्यायो । दाजु एमालेका विश्व, डा. झलक गौतमले स्वास्थ्यमा रजाइँ गरिरहे । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको भनसुन मात्र होइन कि प्रत्येक गतिविधि उचित देख्ने हरिहर पोखेलजस्ता समेतको गणना भएन । त्यसको माार अहिले शिव भट्टराईले मच्चाएको आतंक हो । श्रीधर आचार्य आफैँ पछि गोरखापत्रमा प्रधान सम्पादक, कांग्रेसका जुनारबाबु बस्नेतलाई बनाउन चाहन्थे । बस्नेत पनि लठैत नै हुन् । कामु महाप्रबन्धक जब शिव आए, त्यहाँ श्रीधर र जुनारको चाल देखियो । समय दुई दिन बाँकी रहँदा परालको खुट्टोबाट हटाइयो । यसै टिकाराम राईकी जय भन्दै प्रशासन विभाग पाएका तारा बस्याल पनि ‘कू’मा परिन् । उनी नेपालञ्जबाट खेदिएका छन् । पिता हुमबहादुर बस्याल गोरखापत्र संस्थान दुबाउन सफल थिए । रक्सी र सुन्दरी खेतीमा अब्बल बस्याल पिताको सिको पुत्रले कति गरे । तर, उनले गोदामको कागज चोर्न छाडेका थिएनन् ।
गोरखापत्र संस्थानलाई मुर्गा बनाएर जापान बसेर आएका शिव भट्टराई पूर्वका हुन । उनले पहुँच भिडाएर कामु पड्काए । घुस खुवाएर जोडिएको त्यो जागिरको अन्तिम निशाना महाप्रबन्धक वा प्रधान सम्पादक थियो । कांग्रेसी जुनारहरू डिकुरे मुसा झैँ शिवको बारेमा समाचार लेख्ने, बाड्ने गर्दा सफल भएनन् । त्यो कुरा केपीबाट सिक्नु पथ्र्यो । केपी माओवादीविरुद्ध जासुसी गरेर सूचना चुहाउने गर्थे । त्यो विषय कतै जिम्मेवारपूर्वक लिइएन । जसरी जुनार, ओम भुषाललाई प्रशारण प्रमुख बनाइएका छन् । उनी त्यहाँ बस्यालले थुपारेको फोहर सफा गर्न मानेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *