ट्राफिकले सुन्दैन यात्रुको गुनासो

समाचार

काठमाडौं । ‘जुन जोगी आए पनि कानै चिरेको’ भनेजस्तै नेपाल प्रहरी र ट्राफिक प्रहरीमा जोसुकै प्रमुख फेरिए पनि ट्राफिक प्रहरीले एउटा न एउटा योजना ल्याएको हुन्छ, तर कार्यान्वयन भएको छैन । कुनै ट्राफिक प्रहरी आउँछ गाडीको हर्ण निशेधाज्ञा लागू गर्छ । कुनै ट्राफिक प्रमुख फेरिएपछि एउटा योजना लिएर ट्राफिक प्रहरी प्रमुख बन्न बग्गिखाना आउने गरेका छन् । कमाएर जाने प्रहरीको घुँइचो लाग्ने गरेको भन्दै अहिलेका ट्राफिक प्रमुख चुपचाप बसेका छन् । जनताले दुःख पाएका छन् । आम सर्वसाधरण जनताले गाडी चढ्ने बेलामा दुख पाएको अवस्था छ । खासगरी बुढाबुढी वृद्धा, अपांग, केटाकेटीले गाडी चढ्नको लागि सास्ती भोग्नु परेको छ । काठमाडौं उपत्यकाभित्र चल्ने सवारी चालकले आम यात्रुलाई दिनसम्मको दुःख दिएका छन् । अहिले काठमाडौं उपत्यकाभित्र चल्ने सवारी चालक र यात्रुबीच बेला–बेलामा झगडा भएको देखिन्छ । ट्राफिकले नेपाली दाजुभाइ, दिदीबहिनीहरुले गाडी चढ्नका लागि सहयोग गरेका छैनन् । ट्राफिक प्रहरीले सडकमा आतंक मच्चाएका छन् । यात्रुले सास्ती भोग्नु परेको छ । गाडी चढ्नलाई पुरानो बसपार्कबाट टुँढीखेल सारिएको थियो । त्यहाँ महानगरपालिकाले बसपार्क हटाइदिएको छ । बसपार्क हटाएपछि आम नेपाली जनतालाई कहाँबाट गाडी चल्छ भन्ने जानकारीसमेत छैन ।
उता ट्राफिक प्रहरीले गाडीलाई खेदेको खेद्यै गरिराखेको छ । यात्रुले दुःख पाएका छन् । गाडी चढ्नलाई भन्दै कालिमाटीबाट एकैचोटी आरएनएसी र जमलबाट एकैचोटी लाजिम्पाट पु¥याइएको अवस्था छ । यस्तै, कलंकी, नैकाप, कृतिपूर, थानकोट हुँदै चल्ने गाडी बसपार्कमा आउनुपर्ने यात्रुलाई सुन्धारा ओरालिएको अवस्था छ । त्यस्तै, लगनखेलबाट चल्ने गाडी माइक्रो र सफा ट्याम्पो एकैचोटी सुन्धारा ओरालिन्छ । सुन्धाराबाट सिधैँ माइतिघर भएर जावलाखेल रोकिने गाडी अहिले मानभवनमा रोक्ने गरेका छन् । यसरी गाडी चढ्न समेत नेपाली जनताले दुःख भोग्नुपरेको छ । एकातिर यातायात व्यवसायीले दुःखदिने, अर्कोतिर ट्राफिक प्रहरीले । कस्तो बिडम्वना, न गाडी चढ्ने ठाउँ, न गाडी चढ्न जाने स्टपमा रोक्ने काम गरेका छन् । खाली नेपाली जनतालाई दुःख दिनेभन्दा अन्य काम ट्राफिक प्रहरीले गरेको छैन । ट्राफिक प्रहरीले गर्नुपर्ने काम समयमा कामको सदुपयोग नगर्नुले एकातिर आम्दानीको स्रोत पनि बनाएको छ भने अर्कोतिर नेपाली जनताको आँखामा छारो हाल्ने काम गरेको छ । कतिपय ठाउँमा चोकचोकमा ट्राफिक जाम भएको छ । त्यतातिर ध्यान दिएको अवस्था छैन । कतिपय फुटपाथे पसलदेखि गाडी पार्किङको व्यवस्था गरेको छ । त्यतातिर ध्यान दिएको छैन । त्यस्तै कोटेश्वर एरियामा गाडी पार्किङदेखि फुटपाथ पसल सञ्चालनमा रहेका छन् । यस्तै गाडीमा भीड लागेको छ । कोरोना फैलिएको बेला ट्राफिक प्रहरीले गाडीमा निगरानी पनि राख्ने कि सिठी मात्र फुक्ने । अनि भए नभएको नियम लगाउने जनतालाई आतंकित पार्ने काम ट्राफिक प्रहरीबाट हुने गरेको छ । यस्तै यातायात व्यवसायीले पनि यात्रु ओराल्ने बेलामा जक्सनमा मात्र पु¥याएर यात्रु ओराल्ने गरेका छन् भने यात्रु चढाउने बेलामा जहाँ पायो त्यहीबाट यात्रु चढाएर मनलाग्दी गरेका छन् । यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयकारी भूमिका निर्वाह गर्न नसक्दा एकातिर ट्राफिक प्रहरीले सास्ती खेप्नु परेका छ भने अर्कोतिर यात्रुले पनि सास्ति खोप्नु परेको छ । यातायात व्यवसायी र ट्राफिक प्रहरीको एक आपसमा समन्वय राम्रो भएता पनि चालक, सह–चालकसँग समन्यवकारी भूमिका निर्वाह गर्न प्रहरीले सकको छैन । हुन त ट्राफिकलाई चालक र सह चालकले कतिपय ठाउँमा दुव्र्यवहार गर्ने, मुखमा आएजति गाली बोल्नेसम्मको हर्कत सडकमा देखिन्छ । यसरी चालक, सहसचालक, प्रहरी र यातायात व्यवसायीले राम्रो सम्बन्ध नबनाएमा आम नेपालीले यात्रामा दुःख पाउने गरेका छन । ट्राफिक प्रहरी र चालकबीच बाटो–बाटोमा मुख छाडा–छाड । एक अर्काप्रति घोचपेच भएपछि चालक र सह चालकले गाडी राम्रो सँग चलाएको हुँदैन । यदि ट्राफिक र चालकबीचमा राम्रो सम्बन्ध भएमा दुर्घटनाबाट बच्नसमेत सहयोग पु¥याउने एक सहचालकले गुनासो गरेका छन् । यस्तै गाडीमा कतिपय चालकले गाडी नै पिछे ठूलो स्वरमा गीत बजाउने गरेका छन् । ठूलो आवाजमा गीत बजाएपछि एक आपसमा कुरा गर्ने र यात्रुको कतैबाट फोन आएमा फोनको घण्टी समेत सुन्ने गरेको छैन । गाडीको सिटमा बस्दा खाली गीत बजाएर कतिपय यात्रुलाई झन्झट भोग्नु परेको एक वुद्धा महिलाले तामाकोशी सन्देशलाई गुनासो गरेकी छन् । ‘बाबु गाडीमा चढेपछि गीत बजाउँछन् डाइभरले केही सुन्दैन, गीत बजाउँदै गाडी बेसरी चलाउँदै गर्दा दुर्घटना हुनसक्छ । यसलाई सही हिसाबले बजाएर राम्रोसित गाडी चलाए राम्रो हुन्थ्यो’ उनले भनिन् । चालक र सहचालकको लापरबाहीले कतिपय गाडी दुर्घटना हुने र यात्रु अंगभंग हुन गरेको गुनासो एक पीडित यात्रुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *