डिस्को घुमेका बस्यालको छटपटी

समाचार

काठमाडौं । ‘केपी ओलीको जय,’ भनेवापत गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष भएका कृष्णमुरारी भण्डारीलाई रातको समयमा ठमेलका डिस्को बारमा घुमाएर रक्सी पिलाएका बस्यालले गोरखापत्रबाट बाहिरिनु पर्छ भन्ने सोचेनन् । जब ओली सरकार गयो त्यहाँ शिव भट्टराई जापानी टुरिष्ट कामु महाप्रबन्धक भएर आए । भट्टराईले भण्डारी टिकाराम राईबाट पेलिएकाहरुको साथ लिएका छन् । संस्थानकै जागिरे भएर कांग्र्रेसका मोहन बस्नेतलाई रु ३५ लाख घुस बुझाएर मुन्द्रे वशन्तप्रकाश उपाध्यायलाई महाप्रबन्धक बनाउन लगानी गर्ने एमाले र माओवादीका थिए । आफ्नो स्वार्थ पूरा गर्ने धेरै छन् । भ्रष्टाचारमा डुबेको जागिर चट भयो, अहिले सडकछाप भएका छन् । गोकुल बाँस्कोटाले गोरखापत्र सुधार्न विष्णु रिमाल सम्मिलित बनाए । टिकाराम राईजस्ता मुर्खलाई गोपाल खनालजस्ता कृष्ण मुरारीलाई सहयोग गरे । तर, यिनले गोरखापत्र संस्थानको कागज गोदामबाट बेचेर समाचारपत्र र हिमालय टाइम्ससँग पैसा असुल्ने तारा बस्याललाई काखी च्यापे । बस्यालले लगेको कामको फाइल सदर गर्दा टिकाराम राईको स्वीकृति लिने पराल रुपी भण्डारी डिस्को जान र रक्सी खान मन पराउँथे संस्थागत सुधार धेरै गरे । गोरखापत्र पढ्न हुने पनि भयो । तर, अल्छि सम्पादकहरुले जाँगर चलाएनन् । गोकर्ण अर्याल, जुनारबाबु बस्नेत कांग्रेसका कुलप्रसाद गौतम, श्रीधर आचार्य एमाले बनेर खाएका हुन् । अहिले बस्याल नेपालगन्ज सरुवा भएका छन् । उनलाई सहयोग गर्ने कांग्रेसका गोकर्ण अर्याल जुनारबाबु लागि परेका पहिला केपी गौतम गोरखापत्र भित्रका समाचार लिएर डिल्लीबजार धाउथे । अब जुनारबाबु र गोकर्ण अनामनगरतिर वसन्तप्रकाशसँग साँठगाँठ गर्दैछन् । शिव भट्टराई जापान गएर फर्केर सम्पादक पनि भए महाप्रबन्धक पनि भए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *