मेलम्चीको गाडी काण्डमा तिरेश फस्दै

प्रशासन

काठमाडौं । मेलम्ची खानेपानी आयोजना दोस्रो परियोजना आयोजना कार्यान्वयन निर्देशनालयमा बसेर तर मारेका तिरेश खत्री इटालियन ठेकेदारले छाडेका ३३ वटा गाडीलाई वैधता दिएकाले विवादमा पर्दैछन् । भन्सार छुटबाट ल्याइएका गाडी ठेकेदारले मोटरलाई भाडामा लगायो । भन्सार छुटको गाडी आयोजनाको काम सम्पन्न भएपछि सरकारलाई फिर्ता दिनुपर्छ, तर ठेकेदारले तत्कालीन मन्त्री विना मगर, सचिव गजेन्द्र
ठाकुर र त्रिरेस खत्रीको समूहले साना ठेकदारको झण्डै दुई अर्ब ठेकेदारले दिनुपर्ने थियो । सचिव ठाकुर सरुवा भए । त्यहाँ माधव बेलबासे आए । पिआइडीको खत्री पुनः मेलम्ची गए । सर्वोच्चले सरकारको सम्पत्ति सुुरक्षित गर्न आदेश दियो, तर पैसा भएपछि समयअनुसार छेपारोले जसरी रंग फेर्न सिपालु तिरेश खत्री माओवादी पनि बने । पछि एमाले बनेर तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई खुसी पार्न आयोजना पूरा नहुँदै टनेलमा पनि पठाएर उद्घाटन गराउन सफल भए । आखिर निर्माण सम्पन्न नभइकन उद्घाटन गर्दा यसको क्षति राईले तिर्नुप¥यो । अहिले खत्री प्रधानमन्त्री शेरबहादुर देउवाको नजिक भएका छन् । प्रम देउवाका पिए भानु देउवा र डा.आरजु देउवाका पिए प्रकाश देउवासँग सम्बन्ध जोडिसकेका छन् । कैलाली कञ्चनपुर प्रम देउवाको राजनीति गर्ने थलो भएकाले तिरेशलाई कांग्रेस बन्न र खानेपानी विभागको महानिर्देशकको पद जोगाउन दौडधुप गर्दै छन् । मेलम्चीमा तिरेशलाई पठाउन र राजधानीबासीको खानेपानीको समस्या समाधान गर्नुपर्छ भन्ने कांग्रेस एक मत छ । त्यही कारण रु दुई अर्बभन्दा बढी मेलम्ची सुधार्न लाग्ने अनुमान गरिएको छ । खत्री मौकाअनुसार रंग फेर्न सक्ने पैसा भएको बज्र ठालुमा गनिन्छन् । तिरेशलाई पिआइडीमा बस्दा नै राजधानीवासीले विरोध गरेका थिए । इटालियन ठेकेदारले छाडेको गाडी सरकारले जफत गर्नुपर्छ भनेर मन्त्रालयलाई पत्र लेख्ने खानेपानी विभागका उपनिर्देशक सूर्यराज कँडेलको पत्र तत्कालीन सचिव बेलबासेले दबाए । वीर मोटसर््का सञ्चालक मन्त्री विना मगरको निवास र चेम्बरमा छाए । भन्सार मिलाउन वीरले मन्त्री खत्री र सचिवलाई प्राडो गाडी चढाए । १÷१ वटा प्राडो पचाउने राष्ट्रका भ्रष्टहरू तत्कालीन प्रम केपी ओलीका विश्वास प्राप्त बने ।
अहिले महालेखाले ३३ गाडीको कुरा उठाएको छ । सन् २०१५ सालमा ल्याएका प्राडो खोज्ने आँट यो सरकारका मन्त्रीले गर्ने छैनन् । किनकी त्यही बेला भन्सारका महानिर्देशकसम्मले वीर मोटर्स्को प्राडो लिएको चर्चा छ । पैसाले जे पनि गर्छ । अख्तियार पनि किन्छ । सुदूरपश्चिमका आयुक्त जयबहादुर चन्द पनि अख्तियारमा छन् । प्रधानमन्त्री देउवालाई श्रीमती आरजु मात्र होइन भानु देउवा, प्रकाश देउवासमेतको दबाब पुगेको बताइन्छ ।
प्रकाश देउवाको काम देउवाका सालाहरूसँग व्यापार बिजनेस मिलाउने हो । देउवाको सालाहरूले एयरर्पोटबाट गर्ने तस्करीको जमघट हुने थलो भनेको महाराजगन्जको ओपेरा रेष्टुरेण्ट हो । कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या भएको होटल ओपेराको शाखाको रुपमा महाराजगञ्जको रेष्टुँरालाई लिन्छ । तिरेश खत्री देउवासँग नजिक हुन त्यही ओपेरामा पुगेको एक प्रत्यक्षदर्शीले बताएका छन् । तामाकोशीले खत्रीको बारेमा समाचार छापेपछि खत्रीका विचौलियाहरू सल्बलाएका छन् । खत्री पिआइडीमा रहँदा लुटेको अहिले केयुकेयलमा फर्केका भ्रष्टहरू पनि खत्रीको बारेमा समाचार आएपछि निकै सचेत हुने गर्छन् । अहिले खानेपानी सचिव उर्मिला श्रेष्ठ छिन् । उनलाई संस्थागत सुधार गर्नु छैन । दिन काट्ने र समय बिताउने सचिवले मेलम्चीको वास्तविकताप्रति चासो लिएको छैन । देउवा सरकार भ्रष्टाचारीहरूको संरक्षक भएकाले जनविश्वास लिन सक्दैन । राजधानीवासीले ३० वर्षको सपना पूरा हुने आस त गरे, तर एडिबीको ऋण लिएर ३८ अर्ब खर्च भएको मेलम्ची आयोजनाका कर्मचारीले बताउने गरेका छन् । आफैँ पुनः मेलम्ची जानकै लागि तिरेशले रु १ अर्ब ४० करोड खर्च लाग्ने ठाउँमा रु २ अर्ब अनुमान गरिएको छ ।
सरकारले मेलम्चीमा एडिबीको ऋण थपिरहेको छ । एडिबीको नेपाल च्याप्टरले समेत कमिसन खाने भएकाले बैंकले जति पनि ऋण दिने गरेको हो । तिरेशविरुद्ध अख्तियारमा फरक–फरक तीनवटा उजुरी परेका छन् । ती उजुरी पैसामा दबाइँदै छ । सुदूरपश्चिमकै प्रधानमन्त्री, उतैको आयुक्त भएको बेलामा आफ्नो मुद्दा देख्ने कुरामा तिरेश ढुक्क छन् । पैसाको कमालबाट प्रचण्डदेखि केपी ओलीसम्मलाई देखाएको नाथे शेरबहादुर भन्न पनि तिरेश पछि नपर्ने उनको घमण्डले देखाएको छ । वर्तमान सरकार आफै अपाङ्ग छ । भागवण्डामा किचलो हुँदा मन्त्रिमण्डल बनेको छैन । आज मन्त्रिमण्डल बन्यो भने मेलम्चीको भद्रगोल मच्चाएर खानेहरूविरुद्ध मेलम्चीवासी नै लाग्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *