पर्यटन क्षेत्रको राहतका लागि अनएराइभल भिसाको व्यवस्था गर्नुपर्छ

पर्यटन

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटन क्षेत्रको तत्कालको राहतका लागि क्वारेन्टिन हटाउने र अनएराइभल भिसाको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

नेपाल आउने पर्यटकले क्यारेन्टिनमा बस्नु नपर्ने व्यवस्था गर्न र पर्यटन क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई दिने भनिएको दशैँ बिदाको कार्यन्वयन गर्नुपर्ने उपाध्यक्ष रिजालले बताए । उनले फेसबुकमा लेखेका छन्, ‘पर्यटन व्यवसायीहरु तथा पर्यटन क्षेत्रका कामदरको लागि तत्कालको राहत भनेको पर्यटकको लागि क्वारेन्टिन हटाउने, अनएराइभल भिसा दिने अनि कर्मचारीलाई दिने भनेको दशैँ बिदाको कार्यन्वयन हो । तुरुन्त आजै देखि काम गरौँ सरकार ।’

कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई रातहका लागि तत्काल काम गर्न पनि उनले सरकारसँग आग्रह गरे ।

पर्यटन क्षेत्रको पुन उथ्थानमा सरकार र निजी क्षेत्र मिलेर अगाडी बढ्ने उनले बताए। ‘यो महाब्याधि नियन्त्रणका बारेमा अहिलेनै भन्न सकिने अवस्था छैन, संक्रमण रोकिएपनि वाह्य पर्यटक आउने सम्भावना कम छ,’ उनले भने, ‘त्यसैले नेपालको पर्यटन क्षेत्र भाइब्रेन्ट बनाउन आन्तरिक पर्यटनलाई बढावा दिनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *