ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाका दिने 

अर्थ/वाणिज्य

 

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई सहुलियतपूर्ण कर्जा साथै वित्तीय साक्षरता एवं उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारी भएको छ । सम्झौता अनुसार नेपाल विकास अध्ययन संस्थानको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरू, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूका आश्रित परिवार, मानव बेचविखनका परी उद्धार गरिएका लगायत लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

संस्थानले सम्बन्धित स्थानीय सरकारसँग समन्वय गरी कार्यक्रममा छनौटका लागि आवेदन माग गरी लक्षित व्यक्तिहरूको सूची बनाउनेछ । संस्थानले छनौट गरेका व्यक्तिहरूलाई उचित अभिमुखीकरण तालिमको व्यवस्था गरी सहुलियतपूर्ण कर्जाको लागि बैंकलाई सिफारिस गर्नेछ । उक्त समझदारी ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अध्ययन संस्थानका कार्यकारी निर्देशक चिरञ्जिवी बरालले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *