आन्तरिक विप्रेशणका लागि सेञ्चुरी बैंक

अर्थ/वाणिज्य

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले मोबाइल बैंकिङ्ग एप ‘सेञ्चुरी पे’ बाट अनलाइन आन्तरिक रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । यस अन्तर्गत सेञ्चुरी रेमिट (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ्ग एपमा थप गरिएको बैंकले जनाएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक विप्रेषण सोझै मोबाइल बैंकिङ्ग एपबाट पठाउन सक्नेछन् ।
आन्तरिक रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैंकिङ्ग एपमा रहेको सेञ्चुरी रेमिट मार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुविधा मध्ये एक रोज्न सकिने बैंकले जनाएको छ । यसका साथै मोबाइल बैंकिङ्ग एपमा रहेको रिसिभ रेमिट्यान्स प्रयोग गरी आन्तरिक विप्रेषण कार्य गर्न सकिने पनि बैंकले जनाएको छ ।
साथै यस सुविधा अन्र्तगत ग्राहकहरुले सेञ्चुरी बैंकका शाखा कार्यालयहरु र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेन्ट मार्फत रेमिट्यान्स रकम संकलन गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *