मर्जर भएका बैंकहरुको आफ्नै कथा आफ्नै व्यथा

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सरकारले आर्थिक मन्दीलाई ‘हाउगुजी’ बनाएर आफ्ना कमीकमजोरी लुकाई अर्थतन्त्र तहसनहस बनाइरहेको छ । उता, सरकारले लगानी गर्ने विश्वासयोग्य वातावरण सिर्जना गर्न नसक्दा बैंकहरुमा पैसा थुप्रिएर बसेको छ । बैंकमा जम्मा भएको पैसा लगानी नहुँदा आम्दानी नभएपछि प्राइभेट बैंकहरुले वार्षिक साधारणसभा समेत गर्न सकेका छैनन् ।

एक आपसमा मर्जर भएर सञ्चालित भएका बैंकहरुले पनि साधारणसभा गर्न सकेका छैनन् । मेगा बैंक गाभीएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारणसभा भाँडिएको लामो समय बितिसक्दा पनि फेरि साधारणसभा गर्न सकेको छैन । उल्टै छाँया सेन्टरको जग्गामा विवादमा मुछिएर मुद्दा खेपिरहेको छ । त्योसँगै नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जर हुँदा भएका सम्झौताहरु अहिले विवादमा परेका छन् । मेगा बैंकमा एमाले निकट कर्मचारी थिए भने इन्भेष्टमेन्ट बैंकमा कांग्रेस निकट कर्मचारीहरु थिए ।

दुई पार्टीका कर्मचारीबीच विवाद हुँदा उनीहरुको वृत्तिविकासदेखि बढुवामा समेत असर परिराखेको छ । कर्मचारीबीच विचार सिद्धान्तको लडाईँका कारण बैंकको साधारणसभा समेत प्रभावित भएको थियो । तत्कालीन मेगा बैंक नेपाल इन्भेष्टमेन्ट बैंकमा मर्जर हुँदा त्यहाँका कर्मचारीहरु एमालेमा थिए । अहिले पार्टी फुटिसकेपछि एमाले निकट कर्मचारीहरु माधव कुमार नेपाल नेतृत्व एकीकृत समाजवादी पार्टी निकट कर्मचारी बढी छन् । कर्मचारी विवादको कारणले पनि इन्भेष्टमेन्ट मेगा बैंक दिनप्रतिदिन धरासायी बन्दै गएको छ ।

बैंक धरासायी मात्रै बनेको छैन नेपाल इन्भेष्टमेन्ट बैंकका तत्कालीन अध्यक्ष पृथ्वीबहादुर पाण्डेले उमेर हदका कारण आगमी साधारणसभाबाट अध्यक्षमा निर्वाचित हुने सम्भावना छैन । किन कि पाण्डेको उमेर ७० वर्ष नाघिसकेको छ । आगामी साधारणसभाबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कांग्रेस निकट कर्मचारीको वर्चस्व रहन्छ कि वामपन्थी विचार राख्ने कर्मचारीहरुले हात पार्छन् ।

त्यो प्रतिक्षाको विषय बनेको छ । त्यसैगरी देवःविकास बैंक र एनसीसी बैंक कुमारी बैंकमा गाभिएपछि त्यहाँभित्र कर्मचारीबीच विवाद चर्किएको छ । उता प्राइम कमर्शीय बैंकमा मर्जरकै कारण विवाद चुलिएको छ । बैंक मर्जर हुँदा एक फरक विचारका कर्मचारी भित्रिने, त्यसबाट पोटफोलियोको विवाद हुने गरेको छ । नयाँ कर्मचारी भर्नामा पनि एकापसमा कुरा नमिल्ने समस्या देखिएको छ । त्योसँगै लोनप्रवाहमा कुरा नमिल्ने जस्ता समस्याले मर्जर भएका बैंकहरु दिनप्रतिदिन धरासायी बन्दै गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *