नेपाल निजामति कर्मचारी संगठन फुटेको छ । नेकपा एमाले फुटेसँगै सो पार्टीनजिक रहेको कर्मचारी संगठन पनि फुटेको हो । आइतबार एमालेबाट फुटेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीनिकट रहेको कर्मचारी संगठनको बैठकले संगठनका अध्यक्ष केदार देवकोटासहित पदाधिकारीलाई हटाउँदै नयाँ नेतृत्वको घोषणा गरेको छ । माधव नेपाल पक्षधर कर्मचारी संगठनले अध्यक्ष देवकोटासहित वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला तथा उपाध्यक्षहरू ललितबहादुर महर्जन, रेणुका केसी, रामचन्द्र जोशी, नौतम पोखरेल, भवानी दाहाल र सहकोषाध्यक्ष गणेश आचार्यलाई पदबाट हटाएको जनाएको छ । यो समूहले अध्यक्षमा हालका महासचिव रेवन्त गौतम र वरिष्ठ उपाध्यक्षमा मोहन गिरीलाई चयन गरेको छ । त्यस्तै उपाध्यक्षहरूमा सीता गुरुङ, वेदप्रसाद खवितडा, हरिकाजी राई, हरिदत्त जोशी, जयकान्त झा, राजकुमार दास, नृपराज जोशी, भीमबहादुर विष्ट र दयाराम खत्री चयन भएका छन् । शरणकुमार गुरुङ महासचिव चयन भएका छन् । दुवै पक्षले अध्यक्षको दाबी गरिरहेको समयमा कार्यबाहक अध्यक्ष भोला पोखरेल भने ‘आधिकारिक अध्यक्ष म नै हुँ’ भन्दै आउनु भएका छन् । त्यस्तै कर्मचारी संगठन अझै फुटेको छैन मिल्न सक्छ बताउँदै आउनु भएका छन् । उहाँसँग तामाकोशी संवादाताले गरिएको कुराकानीको अंशः
० कर्मचारी भनेको एउटा बुद्धिजीवी पनि हुन् तर राजनीति दलको फुटससँगै किन कर्मचारी संगठन पनि फुट्यो ? ०५४ सालमा पनि पार्टी फुटेको थियो तर कर्मचारी संगठन फुटेन तर अहिले कर्मचारी संगठन फुट्नुको कारण के होला ?
– कर्मचारी संगठन फुटेको जस्तो मलाई लाग्दैन । फुटाउने प्रयास गर्दै गरेकोजस्तो लाग्छ । फुटिहालेको अवस्था छैन अझै व्यवस्थापन गर्न सक्ने अवस्था छ । मेरो भनाइ के हो भने लिडरसिप जिम्मेवार हुनुपर्छ । राजनीति दलको विभाजनसँगै कर्मचारी संगठनहरु विभाजन हुनु हुनु हुँदैन किनभने कर्मचारीहरु भनेका बुद्धिजीवी वर्ग नै हुन् । संगठनको मुख्य नेतृत्वले विशेष गरी राजनीति गर्न खोजेकोजस्तो मलाइ लाग्छ । दुई जना अध्यक्ष र महासचिबको कुराले यस्तो अवस्था भएकोजस्तो लाग्छ । अलि अगाडि पनि यस्तो देखिएको थियो । ०५४ सालमा पार्टी फुट्दा म आफैँ लागेर केही पार्टीका व्यक्तिहरुसँग छलफल गरेर त्यतिबेला फुट्न दिएनौँ । अहिले संगठनभित्रको अन्तर्विरोधलाई व्यवस्थापन गर्न नसकेको कारणले पनि यस्तो भएको हो । अन्तर्विरोध गर्नु नै लिडरसिपको मुख्य दायित्व हो । केही मान्छेहरुलाई पदको प्यास लागेको कारणले पनि यस्तो भएको हो । प्यासी मात्र भएर हुँदैन, त्यागी पनि हुनुपर्छ । टे«ड युनियन आन्दोलन सामूहिकतामा आधारित हो । नेपालमा जुन घटना भएको छ, दलको कार्यकर्ता बन्ने, पार्टीको कार्यकर्ता बन्ने या त विधानमा लेख्नु प¥यो, उहाँहरुले होइन भने पार्टी फुट्नेबित्तिकै पार्टीको संगठन बनाउने काम किन ? यहि कारणले हामीले आधिकारिक टे«ड युनियन बनाएका हौँ । सबै पार्टीको आस्था र विचार अटाउने फूलबारी आधिकारिक टे«ड युनियन बनाउँ भनेर बनाएको हो ।
० कर्मचारी संगठन अहिले यस्तो अवस्थामा पुगेको छ के अव फेरि कर्मचारी संगठन एक हुन सक्छ ?
– एक बनाउनु पर्छ, एक हुनु पर्छ, अहिले फुटिइहालेको होइन, अहिले अन्तर्विरोध अलि बढी बढेको अवस्था हो । अहिलेको अवस्थामा नेतृत्व जिम्मेजार हुनुपर्छ र यसलाई एकताबद्ध बनाएर अगाडि जानुपर्छ । अहिले यसको विकल्प नै छैन । विभाजन भनेको खरानी हुने बाटो हो । हाम्रो विगतमा धेरै योगदान छ, रगत पसिना बगाएका छौँ, त्यसैले खरानी हुने बाटोतिर हामी जानु हुँदैन ।
० अव पार्टी फेरि एक भयो भने कर्मचारी संगठन पनि एक हुन सक्छ की सक्दैन् ?
– नेताहरुमा इगोको समस्या छ, कसैमा रिस, कसैमा कुण्ठा, कसैमा के को चिन्ता होला । व्यक्तिगत गुटबन्दीका कारणले यस्तो समस्या सिर्जना भएको हो । नेपाल निजामती कर्मचारी संगठन एउटा सबैभन्दा सशक्त, सबैले मन पराएका, सबैमा लोकप्रिय रहेको छ । कर्मचारी फुटले भविष्यमा सहि मार्गदर्शन देखाउन सक्दैन । यो कति समय टिक्ने भन्ने कुरा यसभित्र रहन्छ । कतै अवसर पाइन्छ कि भनेर पदका भोका भएकाहरुका कारणले यस्तो अवस्था भएको हो । यसले स्वभाविक रुपमा टे«ड युनियनलाई त ठूलो धक्का त दिँदैन तर, वादविवाद भइरहने भएकाले यसले असर गर्छ । उहाँहरुको व्यक्तिगत अर्थवादी चिन्तन, अरुलाई असफल बनाउने या सक्काउने चिन्तनबाट राष्ट्र र जनताको नाममा कसम खाएर अगाडि बढ्ने हो भने एकताको सम्भावना प्रवल देख्छु ।
० दुवै पक्षले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा छुट्टाछुट्टै नेतृत्व पठाएका छन् । कस्लाई मान्ने त ट्रेड युनियनको आधिकारिक अध्यक्ष ?
– आधिकारिक मलाई मान्ने । उहाँहरु कोही पनि आधिकारिक होइनन् । जो साथीहरु रहर गरेर आउनु भएको छ, उहाँहरु आधिकारिक बन्न सक्नु हुन्न । किनभने उहाँहरुको शपथ कसरी हुन्छ ? चुनाव गर्ने जित्ने अनि आधिकारिक हुने । त्यो भन्दा अगाडि मलाई लाग्दैन उहाँहरु आधिकारिक हुनुहुन्छ भनेर ।
० आरोप के छ भने केपी ओलीको कारणले गर्दा पार्टी पनि फुट्यो अनी कर्मचारी संगठन पनि फुटाए भन्ने आरोप रहेको छ नी ।
– म राजनीति विषयमा अगाडि बढ्न चाहन्न, केपी ओलीको मात्र होइन, सबैको कमी कमजोरी छ । अध्यक्ष भएको कारणले अली बढी उहाँ जिम्मेवारी हुनुहुन्छ । नेताहरुको कारणले गर्दा नै संगठन यस्तो बनेको हो ।
० निजामती कर्मचारी टे«ड युनियन अवैध भएको छ तै पनि दुवै समूहका व्यक्तिहरु अध्यक्ष हुन हानथाप गरिरहेका छन् किन यस्तो ?
– यहाँहरु पदको लोभी हुन् । मैले आधिकारिक टे«ड युनियनमा बसेर काम गरेको भएर पनि डाहा भएको होला । चुनावमा गएर चुनाव जित्न नसक्ने मानसिक चिन्तन पनि हुन सक्छ ।
० २०४७ सालदेखि निजामती सेवामा हुनुहुन्छ । निजामती सेवाको सकारात्मक पक्षहरु के के हुन् ?
– निजामती सेवाले अप्ठारो अवस्थामा पनि राष्ट्रको सेवा गरेको छ । द्वन्द्वको समयमा धेरै कठिन अवस्था थियो । राजनीति, नागरिक प्रशासन, राजनीति आन्दोलन कमजोर बनेको थियो । यस्तो अवस्थामा पनि निजामती कर्मचारीहरुले काम गरेको थियो । स्थानीय सरकार भएन, राजनीति व्यक्तित्वहरुले गर्ने कामहरु पनि कर्मचारीहरुले ती काम गरे र जनतालाई राज्यले दिनुपर्ने सेवाहरुमा कहिँ कतै अभाव हुन दिएन । जसरी दिनुपर्ने दिन सकेन होला तर पनि त्यसलाई छिन्नभिन्न हुन दिएन । राजनीतिकर्मीबीचमा ठूलो द्वन्द्व भयो, चुनाव गर्न नसक्ने अवस्था भयो । प्रशासनकै नैतृत्वमा अर्थात् प्रधानन्यायाधीशको नेतृत्वमा शान्तिपूर्ण ढंगले सत्ता हस्तातरण ग¥यो । धेरै मुलुकहरुमा कर्मचारीहरुको हातमा सत्ता पुगेपछि र्फकन धेरै समय लागेको उदारण छन् । केहि सेना, केहि मुख्य सचिवको हातमा, केहि न्यायालयको हातमा पुगेको छ । तर, नेपालमा तुरुन्तै फिर्ता भएको छ । हिजोको दिनमा गाउँमा कुलो बनाउँदा होस् या स्कुलका लागि छानो चाहिँदा सिंहदरबार धाउनु पर्ने बाध्यता थियो । हाल त्यहिँको सरकारले राजस्व उठाउनेलगायत काम गर्छ । ठाउँ ठाउँमा सरकार सञ्चालन गर्नका लागि केहि अधिकृत, कतै नासु, कतै इन्जिनियरहरु कुटिएका छन् । जबरजस्ती बिलमा साइन गर्न लगाउँदै । त्यो अवस्थामा पनि कर्मचारीहरुले काम गरिरहेका छन् ।
० कस्तो हुनुपर्छ निजामती सेवा ?
– देशमा कर्मचारीको संख्या निश्चित हुनुपर्छ । कति जनसंख्या बराबर कस्तो सेवा गर्न कस्तो प्रकारको जनशक्ति आवश्यक छ त्यो कुराको स्पष्ट किटान हुनुपर्छ । जागिरलाई हेरेरभन्दा पनि कामलाई र जनतालाई प्रदान गरिने सेवा सुविधालाई हेरेर दरबन्दीको मिलान गरिनुपर्छ । कुन तह वा पदको दरबन्दी कति रहने भनेर सरकारले निजामती सेवा नियमावली मै व्यवस्था गर्नुपर्छ । दरबन्दी मिलान गर्दा राइट म्यान, राइट प्लेसको नीतिलाई अवलम्बन गर्नुपर्छ । निश्चित संख्यामा कर्मचारी राख्ने पद्धतिको विकास भयो भने सेवा सुविधा दिन र कर्मचारीको आवश्यकताको पहिचान गर्नसमेत सहज हुने गर्छ । अव्यवस्थित रूपमा भर्ना गर्दै जाने, कर्मचारीलाई काम पनि नहुने र सेवा सुविधा पनि यथेष्ट नहुने हो भने राज्यले कहिल्यै उपलब्धि हासिल गर्न सक्दैन । हाल नेपालको निजामती सेवाको सेवा सुविधा अन्य देशकोभन्दा कमजोर छ । सेवा सुविधा भनेको तलब बढाउने मात्रै होइन । अन्य गैरमौद्रिक सेवा सुविधा जस्तै आवास, स्वास्थ्य उपचार, परिवरहनलगायत विषयमा स्पष्ट व्यवस्था किटान गरिनुपर्छ । हालसम्म लोक सेवा आयोगको निष्पक्षतामाथि प्रश्न चिह्न खडा हुन सकेको छैन । जसरी सेवा प्रवेश गर्दासम्म राज्यको प्रणालीप्रति आकर्षण छ । सेवामा प्रवेश गरेपछि नरहनुको कारण सेवाको अन्योलता नै हो । त्यसैले लोक सेवा आयोगले निश्चित कार्यसम्पादन मूल्यांकन गरी सोको आधारमा सरुवा तथा बढुवा गर्ने प्रणाली हुने हो भने खटिएको कार्यालयमा कर्मचारीको स्थिरता रहने गर्छ । वार्षिक बजेट भाषण हुँदा कर्मचारीको ध्यान तलबमा पर्ने गर्छ । त्यस्को सट्टा निश्चित समयमा यति प्रतिशत तलब स्वतः बढ्ने छ भनी लेखिदिने हो भने तलब बढाउन चलखेल र फलानो पार्टीको सरकारले बढायो, फलानो पार्टीको सरकारले बढाएन भन्ने भावना हट्न जान्छ । यसबाट कर्मचारीमा केही हदसम्म राजनीतिक पक्ष, विपक्षमा विभाजन हुने कार्य हराएर जाने गर्छ ।
० कार्यसम्पादन मूल्यांकनभन्दा चाकडीको आधारमा सरुवा बढुवा भएको गुनासो धेरै सुनिँदै आएका छौँ नि ।
– कार्यसम्पादन मूल्यांकन कुनै कर्मचारीले निजको पदअनुसार गर्नुपर्ने कार्यको मापन तथा मूल्यांकन गर्ने कार्य हो । कार्यसम्पादन मूल्यांकन सम्बन्धित कर्मचारीले निजको काम कर्तव्य पूरा गर्दा लगाएको समय, काम गरेको परिमाण, गुणस्तर, प्रभावकारिताका आधारमा निजको कार्यको मूल्यांकन गर्ने विधि तथा पद्धति हो । कार्य सम्पादन मूल्यांकन गर्न सर्वप्रथम सम्बन्धित कर्मचारीले गर्नुपर्ने कार्यको विवरण हुनु पर्दछ । यो कर्मचारीको काम, काम गर्दाको अवलम्बन गरेको पद्धति तथा त्यसबाट संगठनमा पुगेको योगदानसमेत मूल्यांकन हो । यसमा केवल काममा प्राप्त सफलता तथा विफलताको लेखाजोखा नगरेर कार्यसम्पादनका क्रममा भएका कमीकमजोरीहरू औँल्याई आवश्यक परामर्शसमेत दिई पुनः सुधारको अवसर प्रदान गरिन्छ । जस्तो सडक बनाउन पठायौँ । त्यहाँको कार्यलय प्रमुखको मूल्यांककन भनेको हामीले कती काम सम्पन्न गर्न पथ्र्यो त्यो कामको आधारमा उसको मूल्यांकन गर्नु पथ्र्यो भनेर हामी टे«ड युनियनले यो कुराहरु उठाएका छौँ । तर, त्यो कार्यसम्पादन मूल्यांकनका लागि प्रणालीको विकाश छैन ।
० तक्मा र निजामती पुरस्कार विवादबारे के भन्नु हुन्छ ?
गत बर्षको कुरा गर्दा म त्यत्तिबेलाका अध्यक्ष थिएँ । यो पुरसकार कसरी वितरण गरियो यहाँको मान्छेले मात्र पाएछन् भन्दा फेरि उहाँले नचिन्ने मान्छेलाई कसरी पुरस्कार दिने भनेर जवाफ आयो । यो चाहिँ लाजमर्दो कुरा हो । मुख्य सचिव १ जना र सचिव २५ जना उहाँहरुले देशभरीका कर्मचारीका मुल्याङ्कन गर्नु हुन्छ । मुख्य सचिवले दार्चुलाको कार्यलय सहयोगीको पनि मुल्याङ्कन गर्न सक्नु पर्छ र त्यहाँको कर्मचारीको मनोवल उठाउन सक्नु पर्छ । उहाँको अगाडिका चिया बोक्नेको चाहि मुल्याङ्कन गर्ने दुर दराजमा पिटाइ खाँदै सेवा दिने कर्मचारीलाई पुरस्कार नदिने कारणले कर्मचारीको मनोवल नै घटेको छ । संख्याको आधारमा कुन पदको लागि कति दिने, त्यस्तै सिंहदरबारकालाई कति, प्रदेशकालाई कति, स्थानीय तहलाई कति कर्मचारीलाई दिने तोक्नु प¥यो । यो सबै ठाउँमा पुग्नु प¥यो । आजसम्म पुरस्कृत भएका केहीबाहेक अधिकाशं गलत मानिसहरु पुरस्कृत भएका हुनाले हजारौँ हजार कर्मचारीहरु निराश भएका छन् र तक्मालाई थुकिरहेका छन् । तक्मा र पुरस्कारलाई थुक्ने होइन, सम्मान गर्ने वातावरण गर्नु प¥यो त्यो भनेको वास्तविक कर्मचारी सम्मानित हुनु प¥यो । मलाई विमल कोइराला, भोजराज घिमिरेहरुले निजामती कर्मचारी पुरस्कारका लागि प्रस्ताब गर्नु भयो तर मैले लिइन किनभने म भन्दा धेरै सक्षम कर्मचारीहरु भनेर ।
० निजामती ऐन आउन सकेको छैन । ऐन नआउँदा के कस्ता समस्या भोग्न बाध्य छन् कर्मचारीहरु ?
समायोजन ऐनले कर्मचारीहरुलाई अन्यायमा पारेको छ । सरकारले योजनाबद्ध ढंगले अध्यादेश ल्याएर अन्याएमा पारेको छ । निजामती ऐनबाट उनीहरुलाई न्याए दिनु पथ्र्यो । प्रदेश र स्थानीय तहमा विज्ञापन नै गर्न नसक्ने अवस्था छ । त्यहाँका कर्मचारीको वृत्ति विकास, त्यहाँको सर्भिस डेलिभरीमा परेको प्रभाव संघीय निजामती ऐन समयमा नै ल्याउन नसकेको कारणले असर परेका छन् ।