नक्कली मदिराबाट सावधान चाडबाड आउँछ अनि मदिराको विज्ञापन सुरु हुन्छ

समाचार

काठमाडौं । जब नेपालीको चाडबाड आउँछ अनि मदिराको विज्ञापन सुरु हुन्छ । तत्कालीन सरकारले मदिराजन्य पदार्थको विज्ञापन गर्न नपाइने र विज्ञापन गरे डण्ड जरिबाना गर्ने भनेको थियो । यस्तै, सूर्तिजन्य पदार्थ सार्वजनिक स्थानमा खाना र बिक्री वितरण गर्न नपाइने एउटा अध्यादेश तत्कालीन सरकारले ल्याएको थियो । त्यसलाई कार्यान्व्यन गर्न सकेको छैन । सूर्तिजन्य पदार्थ चुरोट, खैनी, गुट्का, पान, पराग, सार्वजनिक स्थानमा प्रयोग भइरहेका छन् । सरकारले वर्षैपिच्छे सूर्ति, खैनी, पान, पराग, चुरोटजस्ता लागु पदार्थमा अन्तशुल्क बढाएको छ । सरकारले प्रत्येक वर्ष बढाउने गरेको जुनसुकै पार्टीको सरकार बने पनि बजेट भाषणमा यस्तो सामानको मूल्य बढाएको छन् । तर, पनि नेपाली जनताले खाएका छन् । व्यापारीले यस्ता सूर्तीजन्य पदार्थ गुणस्तरको छैन । कुनै पनि निकायले छानबिन गरेको छैन । व्यापारीले व्यापक रूपमा मूल्य बढाएका छन् । यस्तो व्यापारीले राज्यलाई कति राजश्व बुझाएका छन् या राजस्व छलेका छन्, सरकारलाई जानकारी छैन । यस्तै, बजारमा चाडबाड आएसँगै मदिरा उत्पादनको खपत बढेको छ । बजारमा क्यालोरीहीन मदिरा उत्पादन गरी बिक्री वितरण भएका छन् । यसको अनुगमन राज्यले गर्नुपर्ने, अन्तशुल्क अन्तर्गत राजस्व अनुसन्धान विभागले बजारमा पठाएको मदिराको क्यालोरी स्तरीय, गुणस्तर छ कि छैन भन्नेसम्मको अनुगमन राज्यले गरेका छैन । बजारमा मदिराको प्रचार भएको छ । ब्रोडसिटका पत्रिका रेडियोमा विज्ञापन आउन थालेका छन् । नेपालका टेलिभिजनका च्यानलदेखि बजारमा होर्डिङ बोर्ड बनाएर मदिराको प्रचार गरिएका छन् । अहिले सबैभन्दा धेरै टुर्बोग बियर कम्पनीले चर्चा पाएको छ । जताततै काठमाडौंका मदिरा पसलदेखि डिलरजस्ता ठाउँमा भक्तपुरका मदिरा डिलर, ललितपुरको मदिरा पसलमा गेट बनाएर ‘टुर्बोग बियर खाउँ दशैंमा रमाउँ’ भन्ने नाराका साथ प्रचार गरिएको छ । यस्तै सातवटै प्रदेशमा यसको प्रचार गरिएको अवस्था छ । एउटा गेट बनाएर राख्न ३० देखि ५० हजारसम्म लाग्ने गरेको समाचार सूत्रले बताएको छ । यस्तो प्रचार गरिरहँदा टुर्बोग बियर कम्पनीले राज्यलाई कति राजस्व बुझाएको होला, या कति राजस्व छलेको होला, यसको जानकारी न सरकारलाई छ, न राजस्व विभागलाई । बजारमा पठाएको बियरको मूल्य होलसेल मूल्य एक बोतलको ३९० रुपैयाँ पर्न आउँछ । यस्तो मूल्य राखेर बिक्री वितरण गरेको बियरमा क्यालोरी छ कि छैन भन्नेसम्मको जानकारी सरकारलाई छैन । यस्तै, टुर्बोग बियरभन्दा क्यालोरी बढी भएको बियर काल्र्सवर्ग बियर बिक्री वितरण गर्दै आएको छ । काल्र्सवर्ग बियरको मूल्य एक बोतल बराबर ५ सय भन्दा बढी पर्ने गरेको छ । तर, अहिले काल्र्सवर्ग बियर बिक्री कम भएको व्यापारीको भनाइ छ । यस्तै, टुबोर्ग बियर पनि बिक्री कम भएको व्यापारीले बताएका छन् । अहिले यस्तो बिक्री धेरै हुने बियर नेपाल आइस, मुस्ता बियर, गोरखा बियर छन् । व्यापारीहरुका अनुसार बजारमा टुबोर्गभन्दा अन्य बियर चल्ने गरेको छ । किनकी चौधरी ग्रुपले निकालेको बढी चले पनि क्यालोरी छैन । सस्तो भएर के गर्नु नेपालीहरु महँगो खान सक्दैन । सस्तोमा गुणस्तर कम छ भन्ने आरोप व्यापारीले लगाउन थालेका छन् । यस्तै, अन्य मदिराको विज्ञापन भएको रोसलान भोड्का, ओल्ड दरबार, गोल्डेन ओकको विज्ञापन गरिएको छ । यसमा पनि गुणस्तरहीन बजारमा पठाउने गरेका छन् । बजारमा यस्ता मदिराको विज्ञापन गर्ने र यसकै ब्राण्ड हो राम्रो भन्दै गुणस्तरहीन लागु पदार्थ बजारमा पठाउने गरेका छन् । यस्तै नाम नचलेका मदिराको संख्या नगन्य अवस्थामा रहेका छन् । व्यापारीले एउटा ब्राण्ड चल्ने बनाउने र यसको विज्ञापन बढी मात्रामा गराउने बजारमा चलेको सामान कम पठाउने र त्यही कम्पनीले न्यून गुणस्तरको माल उत्पादन गरी बजारमा पठाउने गरेका छन् । त्यही कम्पनीले निकालेको राम्रो छ भन्दै व्यापारीलाई बढी मात्रामा कमिशन दिएर व्यापार बढाउने गरेका छन् । बजारमा खाद्यान्न सामानको अनुगमन गरिए पनि मदिराजन्य पदार्थको अनुगमन गरिएको छैन । यस्तै सूर्तिजन्य सामान, मदिराजन्य सामानको व्यापारीले राजस्व समेत तिरेका छैनन् । मदिराजन्य पदार्थ, सूर्तिजन्य कम्पनीले विभिन्न किसिमका धन्दा चलाएको अराोप लाग्ने गरेको छ । यसको अनुगमन शून्य रहेको छ । यसरी दिनरात जनता ठगिदासमेत सरकार मौन बस्नुको कारण कालो व्यापारीले सरकार चलाएको अनुभव नेपाली जनताले गरेका छन् । चाडबाड आएको छ कालोबजारमा व्यापारीले हालीमुहाली चलाएका छन् । बोतलमा सक्कली स्टिकर प्रयोग गर्ने तर, नक्कली मदिरा राख्ने गरेको गुनासो पनि बजारमा सुनिने गरेको छ । कस्तो मदिरा सेवन गर्दा हानिकार हुन्छ या हुँदैन भन्ने खालको सूचना जनताले पाएका छैनन् । कस्तो खालको मदिरा सेवन नगर्ने भन्नेसम्मको सूचना जनतालाई जारी गरिएको छैन । खाली चाडबाडमा रमाउन मस्तिसित रमाउ भन्दै गेट बनाएर, चोक चोकमा मदिराको तुल टाँगिएको छन् । ठूला–ठूला ब्रोडसिटका दैनिक पत्रिका, टेलिभिजन च्यानलमा विज्ञापन देख्न र सुन्न पाइन्छ । यसबापत डण्ड कस्तो हुनुपर्छ भन्ने ज्ञान नेपाली जनताले पाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *