यसपालि रामचन्द्र पौडेल सभापति

राजनीति

काठमाडौं । नेपाली कांग्रेस पार्टीभित्र महाधिवेशनको चटारो छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई घेराबन्दीमा पार्न सुरुमै शेरबहादुरको काँधमा चढेर बन्दुक पड्काएका विमलेन्द्र निधि प्रयोग भए । निधि भारतीय पक्षका विश्वासप्राप्त हस्ती नेता हुन् । मात्र उनलाई पहिला धनुषा २ मा दिएको सजाय भनेका राजेन्द्र महतोको तौल बढाउनु हो । भारतले प्रदेश २ मा कांग्रेसलाई भन्दा मधेसवादीलाई साथ दिनुको कारण उनीहरूमध्ये धेरैजसो भारत र नेपालका नागरिक हुनु हो ।
यादव समुदाय प्रदेश २ को कुलिन वर्ग हो । महन्थ ठाकुर, उपेन्द्र यादवको पुख्र्यौली भनेको भारतको सितामडी वरपरको क्षेत्र हो । ‘रोटी और बेटीको हामरा सम्बन्ध’ भन्ने भारतीयबाट अमेरिकी डिजाइनमा चलेका शेरबहादुर देउवालाई सघाउने विमलेन्द्रलाई भड्कायो । निधिले सुरुमै सभापतिको उम्मेदवारी घोषणा गरे । तर, यसपटक भारतको रुची कोइराला परिवारका डा.शेखरलाई सघाउने हो । जसले निधिलाई उचाले तीनले नै अब कित्ता चिनाउने छन् । डा.शेखर कोइरालालाई कांग्रेसको कोइराला वंशले भारतीय स्वतन्त्रता संग्राममा दिएको योगदानको कदर गरिन्छ । उनी उम्मेदवार बन्दा कृष्ण सिटौला प्रतिष्पर्धी बन्न कठिन हुन्छ ।
सिटौला यसपटक आफू कतै नभिड्ने, गगन थापालाई रामचन्द्रसँग जोडेर डा.मिनेन्द्र रिजाललाई देउवासँग टिममा मिसाएर महामन्त्रीमा उम्मेदवार बनाउने बन्ने दाउमा छन् । महामन्त्री पदमा उठेका धनराज गुरुङ र सभापतिका दाबेदार कल्याण गुरुङसँग मिलाइदै छ । कल्याण हिजो देउवाका विश्वास प्राप्त हुन् । तर, समूहगत छलफल गर्ने वातावरण आफ्नो पक्षमा पार्ने दाउ धनराज र कल्याणको रहेको छ ।
सभापति पदमा जस्ता नेता पनि फाल हालेको अवस्था छ । प्रधानमन्त्रीको ध्यान कतै पनि पुगेन । तर, कांग्रेसमा अन्तर कलह हटेन, गुटबन्दी घटेन । पार्टीको चुनाव जित्न जो–सुकैसँग हुने सम्झौताको ख्याल नगर्ने चलन नेपाली कांग्रेसमा छ । यसपटक रामचन्द्रलाई रावणले हरण गरेकी सीताले झै अस्तित्व बचाउने ठाउँ पनि छैन । किनकी पद एउटै हो । सभापतिको चुनाव जित्न ५१ प्रतिशत मत चाहिन्छ । १३औँ महाधिवेशनको पहिलो राउण्डमै थालिएका कृष्ण सिटौला यसपटक सभापतिको दाबेदार नबन्ने, तर उनको भित्री योजना शेरबहादुरको योजनासँग पहिल्यो योजना बनाए रामचन्द्रलाई कसरी त्यो सभापति प्राप्त हुन्छ, थाहा छैन । तर, अन्तमा डा.शेखर कोइराला ओर्लिए भने कांग्रेस बनेर खाएको फल कुहिन सक्छ । अहिले संस्थानसँग नमिल्दा बेफाइदा हुने कांग्रेसकै हुन् । सभापति पदमा शेरबहादुर देउवाको पद निश्चित छ । किनकी कांग्रेस समूहले देउवालाई शासन दिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *