मल्ल भड्किदा देउवा सुसुपाल

समाचार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको १४औँ महाधिवेशनमा पुनः सभापति बन्ने दौडधुपमा लाग्दा शेरबहादुरको कोखबाट कर्ण मल्ल भड्किएका छन् । मल्लले डडेलधुराको पार्टी सभापति बन्न देउवाकै चाकडी गरेका थिए । अहिले भानु देउवा र प्रकाश देउवा नै शेरबहादुर देउवाका सहयोग भएका छन् । उनीहरू दुवै देउवाका भतिजा हुन् । बालुवाटारमा कांग्रेस भने भित्र–बाहिर गर्न पाउने समय छैन । रामचन्द्र पौडेलले शेरबबहादुर देउवालाई पार्टीको सभापति हराउन सक्ने अवस्था छैन । कांग्रेस पार्टीमा सुदूरपश्चिममा देउवाको शक्ति अरुले भत्काउन सक्ने ठाउँ छैन । पूर्वमा डा. शेखर कोइरालाको टिमलाई देउवा समूहले भत्काउने प्रयास नगरेको होइन । तर, कांग्रेसभित्र तेस्रो धारको रुपमा कृष्णप्रसाद सिटौला देखा परेका छन् । डडेलधुराका कर्ण मल्ल सिटौलाको टिममा लागेका छन् । शेरबहादुर देउवालाई कर्णको विद्रोहले कुनै घाटा छैन भन्नेहरू पनि छन् । कांग्रेसमा टिममा सुदूरपश्चिम र पूर्वकै राजनीतिले प्रभाव पार्ने गर्दछ । पश्चिम, मध्यक्षेत्र र उपत्यकाभित्र देउवा समूह र पौडेल समूहको लडाइँ समानन्तर छ ।
कम्युनिस्टहरू फुट्दा सरकारको नेतृत्व गर्न पाएका शेरबहादुरको सरकार अत्यन्त विवादित भएको छ । देउवालाई डा.आरजु र प्रतिमा राणाको घेराबन्दी हुन्छ । एनजिओ र आइएनजिओका धनी हुन् । डा.आरजुको टिमलाई कांग्रेसको संगठन विस्तारमा ध्यान छैन । सत्ताको निम्ति देशी, विदेशी तत्वको आड लिने राजनीतिक दलहरूले आफ्नै संगठन सुधार गर्न नसकेर विवादमा पर्ने गर्छन् । प्रधामन्त्री शेरबहादुरलाई आफ्नै जिल्लाको भद्रगोल मिलाउन सकस बन्दै छ ।
सभापति पदमा रामचन्द्र, विमलेन्द्र, प्रकाशमानको भिडन्त एकातिर हुँदैछ भने शेरबहादुरलाई सभापति पद जित्न सहज बनाउने सुदूरपश्चिम नै भड्किने स्थिति बन्दै छ । कांग्रेसले कर्णाली, गण्डकीमा सरकारको नेतृत्व गरेको छ । सरकारको नेतृत्वले पार्टीको निर्वाचनमा प्रभाव पार्ने आँकलन गरिएको छ ।
यसैबीच प्रम देउवाले सत्ता गठबन्धन चुनावसम्म हुने बताएका छन् । तर, उनको यो भनाइप्रति विरोध जनाउँदै पूर्व महामन्त्री प्रकाशमान सिंहले केन्द्रीय समितिको बैठकमा आक्रोश प्रकट गरेका छन् । सिंह, देउवासँग सभापति पदमा भिड्ने भएपछि रामचन्द्र पौडेल पाखा लागेका छन् । उच्चस्तरीय समितिको संयोजक बनेका रामचन्द्रलाई धेरैले त्यागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *