कम्युनिस्ट फुटे कांग्रेसले लुटेको नियति कहिलेसम्म

लेख

रामचन्द्र

काठमाडौं । आम निर्वाचन आउन केही समय बाँकी हुँदा तीन कम्युनिस्ट पार्टीले आफ्नो संगठन विस्तारलाई तीव्र रूपमा अगाडि बढाइराखेका छन् । नेतृत्व तहमा विवाद भएको कारणले गर्दा तथा सर्वोच्च अदालतको निर्णयको कारणले गर्दा नेपाल कम्युनिस्ट पार्टी विभाजित भएर दुई कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः अस्तित्वमा आएपछि उत्पन्न भएको राजनीतिक घटना क्रमले नेकपा एमालेलाई विभाजित गरेको थियो भने पाँच वर्षका लागि शासन सत्ता चलाउने जनादेश पाएको नेकपा एमाले पनि साढे तीन वर्षमा नै सत्ताबाट बाहिरिनु परेको थियो । नेपालका कम्युनिस्ट शक्तिका बीचमा उत्पन्न भएको यो विवादले पाँच वर्षका लागि प्रतिपक्षमा बस्न सम्पन्न आम निर्वाचनमा जनताले दिएको मतविपरीत अहिले कम्युनिस्ट शक्तिलाई पछाडि लगाएर नेपाली कांग्रेसले सरकारको नेतृत्व गरिराखेको छ ।
यो स्थितिमा पछिल्लो राजनीतिक घटनाक्रमले अलग अस्तित्वमा पु¥याएको तीन कम्युनिस्ट पार्टी आगामी महाधिवेशनमा ध्यानमा राखेर आफ्नो संगठन विस्तारमा जोडतोडका साथ लागिपरेका छन् । यो मामिलामा नेकपा एमालेको तर्फबाट हालै चितवन महाधिवेशनबाट दोहो¥याएर पार्टीगत अध्यक्ष भएका केपी ओलीले नेतृत्व गरिराखेका छन् । यसैगरी माओवादी केन्द्रको संगठन विस्तारको नेतृत्व अध्यक्ष प्रचण्डले गरी राखेका छन् । उता नेकपा एमालेमा विवाद चर्किएपछि गठन भएको नेकपा एकीकृत समाजवादीको तर्फबाट पार्टी संगठनको विस्तार गर्ने अभियानको नेतृत्व माधव नेपालले गरिराखेका छन् । आफ्नो पार्टीको संगठन विस्तारको अभियानलाई तीव्र रूपमा बढाई राखेका यी तीन कम्युनिस्ट पार्टीका नेताहरूले एकआपसमा गालीगलौज गर्नुलाई नै संगठन विस्तारको रूपमा बुझेको जस्तो देखिन्छ । यही कारणले गर्दा नै आफ्नो पार्टीको भावी कार्यदिशा तथा कार्यक्रम जनता समक्ष राखेर संगठन विस्तारलाइ आम जनतासम्म पु¥याउनु पर्नेमा यी तीन कम्युनिस्ट पार्टीका अध्यक्षहरू एक आपसमा तल्लो तहमा उत्रिएर अर्कोलाई गाली गर्नुलाई नै संगठन विस्तारको रूपमा बुझ्न थालेको जस्तो देखिन्छ ।
तर, आम जनता भने कम्युनिस्ट नेताहरूले आपसमा तल्लो तहमा उत्रिएर गरेको आरोपप्रत्यारोपलाई कुनै अर्थमा पनि समर्थन गर्ने पक्षमा छैनन् । यदि कम्युनिस्ट नेताहरू आफ्नो पार्टीको संगठन गाउँतहसम्मै विस्तार गर्ने अभियानमा लागेका हुन् भने कुनै दृष्टिकोणबाट पनि उचिन भन्न नसकिने गाली गलौजलाई किन प्राथमिकता दिइराखेका छन् भन्ने आम जनताले बुझ्न सकिराखेका छैनन् । यदि जनताको समर्थन प्राप्त गरेर संगठनलाई विस्तार गर्ने योजना र अभिायनमा नै कम्युनिस्ट नेताहरू लागि परेका हुन् भने जनताको आवश्यकतालाई सम्बोधन गर्ने गरी कार्यदिशा र योजनासहित गाउँतहमा पुग्नु पर्ने थियो । तर, अहिले संगठन विस्तारमा लागिरहेका भनिएका एमाले अध्यक्ष केपी ओलीदेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल प्रतिष्पर्धी पार्टीको शीर्ष नेताको मर्यादालाई नाघेर आलोचना गर्नुलाई नै संगठन विस्तार भनिराखेका छन् । तर, यो शैलीलाई नेपाली जनताले स्वीकार गर्दैनन् भन्ने वास्तविकता समयमै बुझे उनीहरूसँगै उनीहरूले नेतृत्व गरेको कम्युनिस्ट पार्टीको समेत भलो हुने थियो ।
नेपाली समाज कम्युनिस्ट झुकाव राख्ने समाज हो । यो वास्तविकतालाई अहिलेसम्म भएका हरेक निर्वाचनको परिणामले पुष्टि गर्दछ । तर, कम्युनिस्ट पार्टीहरूमा भइराखेको भतभेदको कारण जनताको त्यो झुकावको उपयोगिता र फाइदा नेपालका कम्युनिस्ट पार्टीहरूले उठाउन सकेका छैनन् । आपसमा गालीगलौज गर्ने र आफूलाई नै सक्कली कम्युनिस्ट भएको दाबी गर्ने यो प्रवृत्तिको फाइदा प्रजातान्त्रिक कित्ताको नेपाली कांग्रेसले उठाइराखेको छ । अहिलेको सन्दर्भमा पनि कम्युनिस्ट शक्तिका बीचमा भएको विवादको फाइदा उठाएर नेपाली कांग्रेसले सरकारको नेतृत्व गरी राखेको छ र कम्युनिस्ट शक्तिलाई पुच्छर बनाएर घुमाई राखेको छ । २०७४ सालमा सम्पन्न भएको आम निर्वाचनमा आपसमा गठबन्धन गरेर मैदानमा उत्रिएका नेकपा एमाले र माओवादी केन्द्रले ठूलो सफलता प्राप्त गरेका थिए र यो निर्वाचनमा नेकपा एमालेले १२१ स्थानमा विजय प्राप्त गरेको थियो भने एमालेसँग चुनावी गठनबन्धन गरेको माओवादी केन्द्रले ५३ स्थानमा विजय प्राप्त गरेको थियो । उता आफूलाई मुलुकको एक मात्र प्रजातान्त्रिक र जनसमर्थनबाट राजनीतिक दल भन्ने नेपाली कांग्रेसले जम्मा ६३ स्थानमा मात्र विजय प्राप्त गरेको थियो । निर्वाचनको यो परिणामको आधारमा नेपालमा कम्युनिस्ट शक्तिले लामो समयसम्म सरकार चलाउने र नेपाली कांग्रेस विपक्षमा बस्नु पर्ने विश्लेषण सामान्यजनले समेत गरेका थिए । तर, कम्युनिस्ट शक्तिहरूका बीचमा उत्पन्न भएको विवादको कारण सबभन्दा ठूलो दल नेकपा एमालेलाई विस्थापित गरेर तथा अन्य कम्युनिस्ट शक्तिलाई पछि लगाएर अहिले नेपाली कांग्रेसले सरकारको नेतृत्व गरी राखेको छ । नेपाली कांग्रेसले यो अवसर प्राप्त गर्न जनताको समर्थन नभएर कम्युनिस्ट बीचको विवाद र विभाजनले प्रमुख भूमिका निर्वाह गरेको थियो । लोकतान्त्रिक पद्दतिमा शासन सत्ताको मामिलामा जनताले निर्वाचन मार्फत अन्तिम निर्णय गर्ने प्रचलन विश्वव्यापी रूपमा स्थापित भएको छ । तर, नेपालमा भने जनताको समर्थनलाई एकातिर पन्छाएर कम्युनिस्ट दलहरूका बीचमा उत्पन्न भएको विवादले नेपाली कांग्रेसलाई सरकारको नेतृत्वमा पु¥याएको छ । तर, यस सम्बन्धमा कुनै पनि कम्युनिस्ट पार्टीले विश्लेषण गर्ने र आफ्नो कमिकमजोरीलाई हटाएर जनमतअनुसार शासन सत्ता संचालन गर्ने वातावरण तयार गर्नेतिर अहिले पनि नेपालका कम्युनिस्टहरू लागेको देखिँदैन । र, ‘भाइ फुटे गवार लुटे’ भन्ने उखानलाई नेपालका कम्युनिस्ट पार्टीले चरितार्थ गर्दा अहिले नेपाली कांग्रेसलाई सत्ता नेतृत्वको चिठ्ठा परेको छ भने यही अवस्था अब हुने निर्वाचनमा पनि दोहोरिने संकेत नेपालका ठूला कम्युनिस्ट पार्टीले देखाई राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *