पार्टीमा डाक्टर साब दुवैतिर रित्तै

राजनीति

काठमाडौं । नेपालको राजनीतिमा छलकपट चाहिन्छ । नेपाली कांग्रेस र नेकपा एमालेमा विद्यावारिधी गरेका धेरै नेताहरू छन् । तर, पार्टी चलाउने अध्यक्ष केपी ओली भने शैक्षिक योग्यता नभए पनि अनुभव बटुलेका व्यक्ति हुन् । शैक्षिक योग्यता राम्रो भएका नेताहरू डा.शिवमाया तुम्बाहाम्फे र डा.वृन्दा पाण्डेले पार्टीमा जिम्मेवारी पाउन सकेनन् । तर, स्याङजाकी शिक्षिका पद्मा अर्यालले सचिव पद पड्काउन सफल भएकी छन् । भूमि व्यवस्था तथा कृषि मन्त्री पनि भइसकेकी अर्याल वामदेव गौतमको प्यानलबाट सांसदको टिकट लिएर वामपन्थी एकताले कांग्रेसको गढ स्याङजाबाट सांसद बन्न सफल भएकी व्यक्ति हुन् ।
सत्तारुढ कांग्रेसमा पनि पिएचडीहरूको त्यस्तै हालत छ । डा.डिला संग्रौला, डा.प्रकाशशरण महत, डा.सुभाषचन्द्र यादव, डा.मिनेन्द्र रिजाल, डा.विजय यादव तथा डा.धनेन्द्र अधिकारीलगायतका नेताहरूले पार्टीमा पदाधिकारीको स्थान पाउने अवस्था छैन । डा.केदार नरसिंह केसी स्वास्थ्य क्षेत्रमा छन् । तरुण दलको राजनीति गरेर ठाउँ नपाएका डा.राजाराम कार्की पनि स्वास्थ्य क्षेत्रमा छन् । कार्कीले आफ्नो मूल्यांकन नभएको भन्दै नेपाली कांग्रेसमा विमलेन्द्र निधिको टिममा जोडिन पुगेका छन् । नेकपा एमाले र नेपाली कांग्रेसमा अध्ययनशील नेताहरूको बगाल छ । तर, तिनले पार्टीलाई राम्रो बनाउन समयअनुसारको राजनीतिक कार्यदिशा निर्माण गर्न पाउने छैनन् ।
उपसभामुख बनेकी नेकपा एमालेकी नेतृ डा.शिवमायालाई जनजाति क्लस्टरबाट सचिवको जिम्मेवारी दिएको भए केही बिग्रदैंन्थ्यो । नेतृ डा.वृन्दा पाण्डेले धेरै समस्याको कानुनी समस्याको निराकरण गरेकी छन् । उनले एमालेको मजदुर समूह, महिला संघमा काम गरिसकेकी छन् । पार्टीको लाइनमा अनुभव भएका विज्ञहरूलाई बेवास्ता गर्ने गलत संस्कार र संस्कृतिको बिजारोपण भएकोले चाकडीबाजीकै लागि स्थान हुने गर्दछ । तर, पार्टी सुधार्नेभन्दा गुटबन्दी चर्काउने काम भएको छ । शिक्षित टीमले सबैलाई मिलाउन सक्दछन् । तर, राजनीतिक कार्यक्रम भने बिचौलिया र गुटबन्दीले घेरिने गरेको छ ।
माओवादी र मधेसवादी दलमा पिएचडी गरेर बेरोजगार बनेर पार्टीको झण्डा बोक्ने बिचौलियाहरूको सख्या देखिँदैन । दलहरू नीति, विधि, प्रक्रिया र सिद्धान्तमा चल्दैनन् । बिचौलियाको टोलीले पार्टीको भन्दा व्यक्तिगत स्वार्थ बढी हेर्छ । एमाले र नेपाली कांंग्रेसमा त्यो प्रवृत्ति देख्न सकिन्छ । त्यसैकारण अध्यक्ष केपी ओलीले आफ्नो कुरा राख्ने र कामको जिम्मा लिनसक्ने व्यक्तिलाई सचिव बनाए । तर, डा.वृन्दा र डा.शविमाया केन्द्रीय सदस्यमै थन्किन पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *