मोहन बस्नेत पनि चिप्लिए

राजनीति

काठमाडौं । आफ्नै गृहजिल्ला सिन्धुपाल्चोकबाट छानिएका महाधिवेशन प्रतिनिधि सबैलाई प्रधानमन्त्री एवं पार्टी सभापतिको पक्षमा मत खसाल्न लगाउने प्रतिबद्धता प्रकट गरेका करनेकाजी उर्फ मोहन बस्नेत सहमहामत्री पदको प्रचार गर्दागर्दै चिप्लिएका छन् । मोहन बस्नेतको स्थानमा किशोरसिंह राठौरले लिएपछि काजीले केन्द्रीय सदस्यमै चित्त बुझाउनु परेको छ । प्रधानमन्त्री देउवाको नाता लगाएर बस्नेतले १३औँ महाधिवेशनमा केन्द्रीय सदस्य भएका थिए । बस्नेतलाई स्वास्थ्य विभाग प्रमुख बनाएका देउवाले यसपटक करनेलाई ८ जनाभित्र पार्ने आश्वासन दिएका थिए । तर, टिम मिलाउँदा काजी त्यसभित्र पर्न सफल भएनन् ।
स्व.खुमबहादुर खड्काको प्यानलका व्यक्ति यो पटक मात्र फुत्केका भने होइनन् । आफ्नो बिएको जाँच दमौलीका रामबहादुर दरैलाई दिन लगाएर गुण्डागर्दी गर्दै आएका शंकर भण्डारी पनि सहमहामन्त्री कै दाबेदार थिए । पार्टीको तरुण दलका अध्यक्ष भण्डारी पनि अन्ततः केन्द्रीय सदस्यमै बस्नुपरेको छ । यसपटक कांग्रेसमा बद्नामी कमाएका गुण्डाहरू गणेश लामा, राजु गोर्खाली, मीनकृष्ण महर्जन केन्द्रीय सदस्यमा उठे पनि गोर्खालीलाई मोहन बस्नेतले उम्मेदवारी फिर्ता लिन लगाएका थिए । सोमबार भएको निर्वाचनको परिणाम तत्काल आउने छाँट छैन । सभापतिमा कुल खसेको मतको ५१ प्रतिशत ल्याउनुपर्ने भएकाले शेरबहादुर देउवा र डा.शेखर कोइरालामध्ये कसले चुनाव जित्ने भन्ने कुरा आजको सिनारियोले देखाउने छ । सभापतिको नतिजापछि मात्र अन्य पदाधिकारी र सदस्यको मत गणना हुने निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *