ललिता निवासको भ्रष्टाचार पर्दाफास

समाचार

काठमाडौं । ब्युरोक्रेसीका चर्चित बद्नाम दीप बस्न्यातले पैसा झ्वाम पारेर विजय गच्छदारले कति पाए छानबिन हुँदैन । ललिता निवास प्रकरणमा निलम्बन भएका सांसद विजय गच्छदार कांग्रेसका उपसभापति पराजित भएका छन् । उनलाई तरुण दलमा बस्दा रातो पासपोर्ट बिक्री गरेको आरोप लागेका धनराज गुरुङले हराएका हुन् । गुरुङ डा.शेखर कोइराला समूहबाट उपसभापति उम्मेदवार बनेका थिए ।
देउवा प्यानलका उपसभापति पूर्णबहादुर खड्काले २०७६ मत, गुरुङले १८६९ मत ल्याउँदा गच्छदारले १८६१, चन्द्र भण्डारीले १५५१ मत पाएका थिए । कांग्रेसी मतदाताले कांग्रेसभित्र शेरबहादुर देउवालाई बादशाह बन्न नदिने सन्देश दिएका छन् । गच्छदार ललिता निवास प्रकरणमा अख्तियारको डण्डामा परे पनि उनी हरेकपटक मन्त्री बनेर तत्कालीन फोरम लोकतान्त्रिकलाई बद्नाम बनाउने पात्र थिए । तर, स्वर उनकै ठूलो हुने गरेको छ । सञ्चार राज्यमन्त्रीबाट सत्ता प्रवेश गरेका विजय कोइराला परिवारले हुर्काएको कांग्रेस भनेर चिनिएका थिए । स्व.गिरिजा कोइरालासँग तत्कालीन दरबारको आडमा भिड्दा उनी पार्टी विभाजनमा देउवा पक्षमा पुगेका थिए । कांग्रेसभित्र विजयहरूको जगजगी घट्दो छ । स्व.खुमबहादुर खड्का, गोविन्दराज जोशी, विजय गच्छदारको आरएसएस समूह गिरिजालाई एक्ल्याउन सक्रिय थियो । यसपटक गच्छदारलाई पदाधिकारी जिताएर शेरबहादुर देउवाले आफू भ्रष्टाचारको पक्षमा भएको सन्देश दिन खोजेका थिए । कांग्रेसी मतदाताले गच्छदारलाई राम्रा सजाय दिएका हुन् । देउवा सभापति त भए उनीको लागि नेतृत्व आफ्नै टिम बलियो हुने लक्षण छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *