राजनीतिक अवस्थाको कारण युवा–युवती विदेश पलायन

समाचार

काठमाडौं । नेपालमा वर्षेनी चार लाख विद्यार्थी एसइई परीक्षाबाट भए पनि ती विद्यार्थीले उच्च शिक्षा हासिल गर्न विदेशिनु परेको अवस्था छ । उच्च शिक्षा हासिल गरे पनि नेपालमा उद्योगधन्दा नभएको, आफूले पढे लेखेअनुसारको काम नेपालमा नभएको, शिक्षाको आधारमा नेपालमा कलकारखना नभएको नेपालमा उच्च शिक्षा हासिल गरे पनि काम नपाएर विदेशिनु परेको जस्तो गुनासो आम विद्यार्थीहरूले गर्ने गरेका छन् । अहिले नेपालबाट लाखौँ विद्यार्थी विदेश पलायन भएको अवस्था छ । विद्यार्थीले नेपालमा केही गर्छु भने पनि राजनीतिक दलको कारण विकासको योजना ल्याउन र नेपालमा उद्योगधन्दा सञ्चालन भएको अवस्था छैन । राज्यले युवा–युवतीको लागि विदेशमा भएको भन्दा स्वदेशमा रोजगारी दिन सकेको छैन । कतिपय युवा–युवती बेरोजगार भएको अवस्था छ । तत्कालीन केपी ओली सरकारले विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न निशुल्क २५ लाख दिने भनेर घोषणा गरे पनि कागजमा सीमित भएको छ । यो लागु भएको छैन । अहिले नेपालमा युवा–युवती काम नपाएर कामको खोजीमा आम युवा–युवती विदेशिनु परेको छ । विदेश जानेको भीड लाग्ने गरेको छ । सरकारले युवा–युवतीको बारेमा ठोस योजना ल्याउन सकेको छैन ।
नेपालमा बसेर पनि युवा–युवतीले उच्च शिक्षा हासिल गरेका छन् । उच्च शिक्षा हासिल गरे पनि उनीहरूले पढेर जानेको कुरालाई सरकारले उचित व्यवस्थापन रोजी–रोटीको व्यवस्थापन गर्न सकेको छैन । यसकारण आम नेपाली विदेशिनु पर्ने बाधयता छ । विदेशमा जाने युवा–युवतीले पनि भनेजस्तो रोजगार नपाएर भौतारिनु पर्ने देखिन्छ । कतिपय विद्यार्थीलाई बिचौलियाले प्रलोभनमा पारेर विदेश पठाउने गरेका छन् । विद्यार्थीले विदेशमा पनि काम नपाएर भौतारिनु परेको अवस्था छ । सरकारले यस विषयमा ध्यान दिएको छैन । राजनीतिक दलले विकासको कामभन्दा गुटको विकास गरेका छन् ।
अहिले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र मधेशवादी दलमा पार्टीभन्दा गुट हाबी भएको छ । राजनीतिक गुट परिवर्तन गरी कसरी मन्त्री खान पाइन्छ भन्नेतिर राजनीतिक दलका नेताहरू लागेका छन् । नेपालको विकास र उद्योग सञ्चालनमा सरकारको ध्यान गएको छैन । युवा–युवती रोजीरोटीको लागि विदेश जानु बाध्यकारी अवस्थामा छ । विदेशमा जाँदा पनि कोरोनाको भयले गर्दा आम नेपाली युवा–युवती मारमा परेका छन् । कतिपय नेपालीले विदेशमा गएर आफूले भनेजस्तो काम नपाएको भए पनि आफ्नो योग्यता क्षमताको भन्दा तल्लोस्तरको काम गर्नुपरेको जस्तो गुनासो अहिले खड्किरहेको छ । यसरी वर्षैपिच्छे ३÷४ लाख विद्यार्थी उच्च शिक्षा हासिल गर्ने र रोजगारीको लागि विदेशिने गरेका छन् । यसको बारेमा सरकारले कुनै ठोस काम गर्न सकेको छैन । खाली नारामा सीमित भएको छ । राजनीतिक दल भने एकले अर्काको अस्तित्व स्वीकारेका छैनन् । विकासको खाका ल्याउने विकासको योजना बनाउने उद्योगधन्दा चलाउने नेपाली युवा–युवतीलाई विदेश जानबाट बञ्चित गर्नभन्दा राजनीतिक खिचातानीमा व्यस्त रहेका छन् । यसरी केन्द्रदेखि प्रदेश र स्थानीयसम्म राजनीतिक भागवण्डाको आधारमा मन्त्रालय फुटाएर मन्त्रिमण्डल विस्तार गर्ने, मन्त्री खानेको होडबाजी चल्ने गरेको छ । नेपालमा स्थायी सरकार बने पनि राम्रोसित चल्न नसक्ने र सरकार सञ्चालन गर्न नदिने खेल परापूर्व कालबाट गुज्रिराखेको छ । यसरी राजनीतिक खिचातानीले गर्दा समग्र नेपालको विकास अलपत्र बन्ने गरेको छ । यसरी नेपालको विकासमा असर पर्ने काम राजनीतिक दलभित्र झांगिएको अवस्था छ । राजनीतिक दलभित्र पनि बिचौलिया हाबी भएका छन् । बिचौलियाले गर्दा आमनेपाली युवा–युवती विदेशिनु पर्ने अवस्था आएको छ । समग्र रूपमा हेर्दा नेपालको विकास गर्नेतर्फ राजनीतिक दल लागेको अवस्था छैन । राजनीतिक दलले एउटा स्पष्ट भिजन बनाउन नसक्दा यो अवस्था आएको हो कि भन्ने आम जनताको गुनासो रहेको छ । यो स्थिति नेपालमा रहिरहेमा भविष्यमा नराम्रो असर पर्न सक्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *