किन बस्छन् एमालेमा यस्ता व्यक्ति ?

राजनीति समाचार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले पार्टीको नेतृत्व सम्हालेको समयमा गैर माक्र्सवादी चिन्तन समाजले कम्युनिस्टको नाममा नपचाएका दुर्गा प्रसाईं, कमल ओली, मोती दुगडजस्तालाई स्थान दिँदा सर्वत्र आलोचना खेप्नु परेको छ । यस्ता व्यक्तिलाई पार्टीमा लिनु समयको बाध्यता भएको त्यो पार्टीका महासचिव शंकर पोखरेल बताउँछन् । दुर्गा प्रसाईं समाजका फटाहा हुन् भने मोती दुगड तस्करी र राजस्व छली गर्ने नामुद व्यक्ति हुन् । सार्वजनिक जीवनमा विवादित व्यक्तिहरू कम्युनिस्ट पार्टीमा किन भित्र्याइयो ? तिनले पहिला समाजको लागि कति योगदान गरेर त्यो अध्यक्ष केपी ओलीले अध्ययन गर्नुपर्ने हो ।
अध्यक्ष ओलीलाई मनपरे भ्रष्टाचारी, ज्यानमारा, बलात्कारीहरूलाई समेत संरक्षण दिने गरेको आरोप लाग्ने गरेको छ । राष्ट्रियताको नाममा चुच्चे नक्सासहितको छापेका पुस्तकहरू शिक्षा मन्त्रालयमा थन्को लागेको छ । राष्ट्रवादीको नारा लगाउँदा जनतालाई छल्न पाइन्छ भन्ने उनको विचार रहेको छ । जनतालाई छल्न पानी जहाज नचल्ने नदीमा पानी जहाज चल्छ भन्दै ओलीलाई फुक्र्याएर सचिव हुँदै लोकसेवा आयोगको अध्यक्ष भएका माधव बेल्बासेसँग एमाले कार्यकर्ताले प्रश्न गर्न थालेका छन् । बिचौलिया र भ्रष्टाचारीको साइनो लगाएर एमाले बन्नुपर्दैन । जनतामा भिजेको कार्यकर्ताले लगानी गरेको पार्टीमा न त छलफल र बहस हुन्छ न त पार्टीमा विषय प्रवेश नै हुन्छ ।
झण्डै दुईतिहाई नजिकको सरकार पार्टीको कारण नभएर अध्यक्ष ओली र अन्य नेताको कारण विभाजन गराइएको किन ? के ओली प्रधानमन्त्रीमा ४ वर्ष बिताउन अध्यक्ष प्रचण्डले गरेको सहयोगको स्मरण गरे ? ओलीलाई एकलौटी निर्णय गर्ने छुट थिएन । कम्युनिस्ट पार्टी सामूहिकतामा चल्नुपर्छ । तर, ओली नेतृत्वको नेकपा एमालेमा संस्थागत निर्णय जसरी गराउन थालेका छन् त्यसले एमालेलाई फाइदा गरेन ।
भएको बहुमत गुमाउने ६ प्रदेशमध्ये ४ प्रदेशका सरकार प्रमुख ओलीकै खेमाका थिए । कुनै नेताले अध्यक्ष ओलीसँग प्रश्न गरेका छैनन् । कतिपय नेता केन्द्रीय सदस्य पनि हुन पाएनन् । सुवास कर्माचार्य सिन्धुपाल्चोक, कृष्ण पोखरेल चितवन, नरेश खरेल झापा, केन्द्रमा नपर्ने मुस्ताङकी श्रीमाया थकालीभन्दा राजनीतिमा कान्छी थममाया थापा राष्ट्रपतिको कोटामा स्थायी कमिटीमा पर्ने यही हो ओलीको निष्पक्षता ? केपी ओलीको विरोध गर्नु अपराध होइन । दश भाइभित्रका नेताहरूले पार्टीमा बढेको एकल नीतिको भण्डाफोर गर्न किन सकेनन् भन्ने प्रश्न उनीहरूतिर सोझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *