कोरोना संक्रमणमा पनि विदेश पलायन कहिले रोकिएला ठगीधन्दा

समाचार

काठमाडौं । पाँचदलको गठबन्धन सरकार बनेसँगै श्रम मन्त्रालय सम्हालेका किसान श्रेष्ठले विदेश जाने युवा–युवतीलाई ठगी धन्दाबाट जोगाउने मनसायले सेवाग्राहीको रूपमा अनुगमन गर्न पुगेका थिए । विदेशमा श्रम गर्न जाने नेपाली युवा–युवतीहरूलाई आवश्यक प्रक्रिया सहज र सरल बनाउन कर्मचारीलाई उर्दी जारी गरे पनि कर्मचारीले टेरेका छैनन् । बिचौलियाको कब्जामा परेको वैदेशिक रोजगार विभाग र ताहाचाल शाखामा ठगीधन्दा मौलाएको छ । बिचौलियाले कालीमाटी चोकदेखि ताहाचाल शाखासम्म दायाँबायाँ कार्यालय खोलेर श्रम बनाइदिने भन्दै ठगी धन्दा सञ्चालन गरेका छन् । बिचौलियाको कब्जामा परेको श्रम शाखामा सर्वसाधारण सेवाग्राहीलाई त प्रवेश निषेधकै अवस्था छ । बिचौलियाले विभिन्न जिल्ला, प्रदेशबाट विदेश जानका लागि श्रम स्वीकृति लिन आएका युवा–युवतीलाई ललाईफकाई श्रम बनाइदिने भन्दै कार्यालय प्रवेश नै गर्न दिन्नन् भने यस कार्यमा कर्मचारीले पनि बिचौलियालार्य सहयोग गर्दै आएका छन् । यसवापत श्रम कार्यलयका कर्मचारीले भागशान्ति खाने गरेका छन् ।
सोल्टीमोडदेखिभित्र श्रम कार्यालयको गेटसम्म बिचौलियाको भीड लाग्ने गरेको छ । खासगरी श्रम स्वीकृति लिन आउने जाने सेवाग्राहीलाई बिचौलियाले भित्र छिर्न पनि दिँदैन । बीच बाटोबाटै चरम रकम असुल्ने गरेका छन् ।
यसैगरी ताहाचाल शाखामा पूर्वस्वीकृति शाखा, अन्तिम स्वीकृति शाखा, रिइन्ट्री शाखा रहेका छन् । यसमा पनि साउदी शाखा, मलेसिया शाखा, बहराइन शाखा, कतार शाखा रहेका छन् । सो शाखामा कार्यरत कर्मचारीले सेवाग्राहीले भेट्न र कार्यालयभित्र पस्न दिएका छैनन् । बाटोमै रोकेर इन्स्योरेन्स गर्ने, कल्याणकारी कोषको पैसा जम्मा गर्ने, पूर्वस्वीकृति लिने, अन्तिम स्वीकृति दिने, रिइन्ट्रीको स्वीकृति लिने काम बिचौलियाले नै गर्दै आएका छन् । सोल्टीमोडदेखि वैदेशिक शाखामा पुग्दासम्म सेवाग्राहीलाई यो र त्यो भन्दै तर्साउने र सास्ती दिने काम गरेका छन् । उता वैदेशिक रोजगार विभागमा उजुरी दिनेको भीड लाग्ने गरेको छ । सरकारले युवायुवतीलाई ठगिनु पर्दैन र विदेश जान नपर्ने भनिरहँदा पनि ठगिने काम रोकिएको छैन । विभिन्न देशको भिसाको लेटरप्याड र छाप बनाएर अनलाइनबाट भिसा आएको भनि देखाएर खुलेआम आम नेपाली युवा–युवतीहरूलाई ठगिँदै आएको छ । तलब सुविधा राम्रो भएको र आकर्षक कमाई हुने मुलुकमा पठाउने भन्दै नेपाली युवा–युवतीहरूलाई ठगिने क्रम जारी नै छ । यसबारे श्रमका कर्मचारीलाई सबै जानकारी भएता पनि भागशान्ति पाउने आसामा श्रम स्वीकृति निर्धक्क दिने काम भएको छ । राजनीतिक दलको सरकार फेरिएसँगै बनेका मन्त्रीले अब नेपालका युवा–युवतीहरू ठगिनु नपर्ने, नेपालमै उद्योगधन्दा फस्टाउने भन्दै आए पनि माखो मार्न सकेका छैनन् । अधिकांश युवतीहरू आकर्षक कमाईको लोभमा विदेश जान भीड लाग्ने गरेको र ठगिँदै आएका छन् ।
विदेश जाने युवा–युवतीलाई आकर्षक तलब हुने, सेवा सुविधा राम्रो हुने भन्दै मेनपावर कम्पनीहरूले प्रलोभन देखाए ठग्दै आएका छन् । नेपाली युवा–युवतीहरू वैदेशिक रोजगारको नाममा दिनहुँ ठगिंदै आए पनि सरकार मौन छ । सरकारले कडा सजायको व्यवस्था नगरेकै कारण मेनपावर कम्पनीहरूको ठगीधन्दा मौलाएको छ । अनलाइनबाट भिसाको डिमाण्ड देखाउने, मेनपावर कार्यालय नदेखाउने, फोनको भरमा बैंकमा पैसा जम्मा गर्न लगाउने गर्दै विभिन्न बहाना बनाएर वैदेशिक रोजगारीका नाममा नेपालीहरू ठगिँदै आएका छन् । विदेश जानका लागि भारतको नाका प्रयोग गर्ने र भारत पु¥याएर बिचल्ली बनाउने काम हुँदै आएको छ । नेपाल सरकारले फ्रि भिसा फ्रि टिकट भने पनि कागजमै सीमित भएको छ । यो लागू गरेपछि मेनपावर कम्पनीको आयस्रोत कम भएको छ । ठूला नाम चलेका मेनपावरका सञ्चालकदेखि विभिन्न देशका एजेन्सी मिलेर नेपालीहरू ठग्ने गरेका छन् । यसरी वैदेशिक रोजगारमा ठगिनेमा धेरैजसो नेपालीहरू पर्ने गरेका छन् । मेनपावर कम्पनीका सञ्चालकहरू विदेशमा हामी अलपत्र प¥यौँ भनेर वैदेशिक रोजगारीमा गएका युवा–युवतीहरूले फोन गर्द मोबाइल नै स्वीच अफ गरी बस्ने गरेका छन् । त्यतिमात्र नभई समय समयमा मोबाइल नम्बर परिवर्तन गर्ने र आम नेपालीलाई विदेशमा अलपत्र पार्ने काम पहिलेदेखि नै चल्दै आएको हो । सरकारले यस्ता मेनपावर कम्पनीका सञ्चालकलाई कारबाही गर्न सकेको अवस्था छैन । कारबाहीको दायरामा ल्याए पनि सीमित कारबाही गर्ने र पैसा खर्च गरे छुट्ने प्रवृत्ति रहेको छ । कतिपय युवा–युवतीहरू विदशमा अलपत्र पर्दा सरकारले ध्यान दिन सकेको छैन । अहिले अधिकांश युवायुवती विदेश जान ताँती लाग्ने गरेको छ । यस्तो समस्याको समाधान गर्न राज्यले बेलैमा सोच्नुपर्ने हुन्छ । खासगरी मेनपावर कम्पनीले लाखौँ युवा–युवतीलाई विदेश पठाउने गरेता पनि राज्यलाई तिर्नुपर्ने कर समेत तिरेको छैन । राज्यलाई कर नतिर्ने, विदेश पठाउने नाममा युवा–युवतीलाई बिचल्लीमा पार्ने तथा ठगीधन्दा चलाउने मेनपावर कम्पनीलाई सरकारले कारबाही गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *