स्पेस एक्स स्याटलाइटको विषयमा चल्यो विवाद

विविध समाचार

काठमाडौं । अमेरिकी विदेश मन्त्री मार्क रुबियो, अर्बपति एलन मस्क र पोल्यान्डका विदेश मन्त्री राडास्लोस सिरोस्कीकोबीच विवाद भएको छ।

युक्रेनमा रहेको मस्कको स्टारलिंक स्याटलाइटको विषयमा विवाद भएको हो। मस्कको पोस्टलाई जवाफ दिँदै पोल्यान्डका सिरोस्कीले युक्रेनमा स्टार लिंकको स्याटलाइट बन्द भए अर्को विकल्प तयार हुनसक्ने बताएका थिए। यसको जवाफ दिँदै रुबियोले मस्कले स्याटलाइट बन्द गरेको त्यसको मूल कारण नै सिरिस्की हुने जवाफ दिएका थिए।

मस्कले सामाजिक सञ्जालमै पोल्यान्डका प्रधानमन्त्रीलाई सानो मान्छेको संज्ञा दिए। स्पेस एक्स मिसनको स्टार लिंकले ग्रामीण र विकट क्षेत्रमा हाइस्पिड इन्टरनेट प्रवाह गर्छ। सिरिस्कीले स्टार लिंककै लागि पोल्यान्डको डिजिटाइजेसन मन्त्रालयले वर्षको ५ करोड अमेरिकी डलर तिरेको सञ्जालमा लेखेका थिए।

रुबियोले कसैले पनि युक्रेनमा स्याटलाइट बन्द गर्ने विषयमा कुरा नगरेको उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *