आन्तरिक आय र राजस्व सङ्कलनको क्षेत्र निर्धारणका लागि बागमती सरकारद्वारा कार्यदलको निर्माण

वाग्मती प्रदेश समाचार

काठमाडौं । बागमती प्रदेश सरकारले आन्तरिक आय बढाउने र राजस्व सङ्कलनको क्षेत्र निर्धारणका लागि कार्यदल निर्माण गरी अध्ययन थाल्ने भएको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले राजस्व चुहावट, सङ्कलन व्यवस्थापन तथा दर र दायरालाई व्यावहारिक तथा वैज्ञानिक बनाउने गरी कार्यदल बनाएर काम गर्ने भएको हो । प्रदेशको आर्थिक विकास र समृद्धिका लागि आगामी आर्थिक वर्षको बजेटमा कार्यान्वयन गर्ने गरी कार्यदल बनाएर अध्ययन थाल्ने मन्त्रालयले जानकारी दिएका छन् ।

प्रदेश सरकारलाई स्रोतहरूको अनुकूल प्रयोग, कर नीति सुधार र आर्थिक प्रणालीलाई मजबुत बनाउन मद्दत पुग्ने गरी कार्यदलले अध्ययन प्रतिवेदन तयार गरी सो कार्यदलले अध्ययनमा सम्भावित कर संरचना सुधार, व्यापारिक गतिविधिहरूको प्रोत्साहन र आर्थिक स्रोतहरूको उत्तम व्यवस्थापनका उपाय समेटिने मन्त्रालयको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *