अमेरिकाको मेक्सिकोमा ट्रकभित्र शंस्कास्पद रुपमा शव फेला

देश/विदेश समाचार

एजेन्सी । अमेरिकामा एउटा ट्रकभित्र ४६ वटा मानव शव फेला पारिएको छ । अमेरिका र मेक्सिको सीमा नजिकै एक ट्रकभित्र यति धेरै शव फेला पारिएको हो ।

मृत अवस्थामा फेला परेका सबैजना आप्रवासी हुन सक्ने आशंका गरिएको समाचारहरुमा उल्लेख गरिएको छ । उक्त शवहरु सान आन्तनियो सहरको बाहिरी क्षेत्रमा बेवारिसे अवस्थामा रहेको लरीमा फेला पारिएको बताइएको छ ।

सो क्षेत्रमा अत्यधिक गर्मी रहेको र लरीभित्र उनीहरुको गर्मीकै कारण ज्यान गएको पनि हुन सक्ने अनुमान गरिएको छ । मृत्यु भएका आप्रवासी कुन देशका हुन भन्ने अझै पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार यसअघि पनि मेक्सिको हुँदै अमेरिका प्रवेश गरेका केही आप्रवासीको मृत्यु भएको थियो । एजेन्सी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *