आजबाट श्रम तथा रोजगार सम्मेलन सुरु

राेजगार समाचार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आजबाट सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले होटल याक एण्ड यतिमा सम्मेलन उदघाटन गरेका छन् ।

सम्मेलनमा रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी करिब पाँच सय जनाको सहभागिता छ । साथै स्थानीय तहका जनप्रतिनिधि, रोजगार सेवा केन्द्रका कर्मचारी तथा अन्य सरोकारवालालाई भर्चुअल माध्यमबाट सहभागी गराइने मन्त्रालयले जनाएको छ ।

श्रम मन्त्रालयले ‘उत्पादन र उत्पादकत्व विस्तार,आन्तरिक रोजगारीको दिगो आधार’ नारासहित सुरु सम्मेलन फागुन २६ र २७ गते दुई दिनसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *