काठमाडौं । राजनीतिक दलमा ‘सर्पको खुट्टा सर्पले नै देख्छ’ भनेझैं भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टिममा स्वार्थको खेतीमा जुटेका कृष्ण सिटौला, विमलेन्द्र निधि र प्रकाशमान सिंहको प्रवेश पनि बाहिरिएको छ । उनीहरू तिनैजना देउवासँग मिल्दोजुल्दो हुन पुगे । किनकि देउवालाई कांग्रेसमा न त भिजन दिए, न त विभागहरू दिए । भगिनी संगठनहरू लथालिंग बनाएर ११ वर्षदेखिको भद्रगोल १४औँ महाधिवेशनबाट झन् गुमनाम भएको छ । जबकी केन्द्रीय सदस्य मनोनयनमै सभापतिले कालो दाग लगाएका छन् ।
सभापति देउवाले महेश आचार्य, डा.मिनेन्द्र रिजाललाई मनोनित नगर्दा कांग्रेसमा राजनीतिक उथलपुथल हुन्न । तर, आफ्नो निकटतम प्रतिद्वन्द्वी डा.शेखर कोइरालाबाट चुनिएका पदाधिकारीले विधान समातेर कुरा समाए भने देउवालाई साथ दिने डा.आरजु राणा बालकृष्ण खाँड, मञ्जु खाँड, नैनसिंह महरले प्रतिवाद गर्ने ठाउँ रहँदैन । कांग्रेसमा नेतालाई जानकारी नै छैन । नैनसिंह महर र मञ्जु खाँड भनेका डा.आरजुको पैसा संकलक क्यासियर हुन् ।
डडेल्धुराका कर्ण मल्ल डा.आरजुकै कारण देउवासँग विद्रोह गरेका छन् । उनलाई देउवाकै सहयोगमा प्रदेश ७ को सांसद बन्ने अवसर मिल्यो । अब उनको निम्ति स्थान छैन । क्रियाशील सदस्यता वितरणमै ढाँटछल भयो । त्यसको विरोध गर्दा पार्टी कार्यालयमा रामचन्द्र पौडेलजस्ता नेताहरू उपस्थित भएर सत्यताको खोजी गरेनन् । अर्जुन नरसिंह केसी आए पनि तिनको सुनवाइ कहीँ भएन ।
डा.आरजु राणा, भानु देउवा, प्रकाश देउवा भनेका वर्तमान पार्टी र सरकारको लागि अभिसाप बन्दैछन् । उनीहरूको काम प्रहरीदेखि प्रशासनका हाकिमहरूसँग मिलेर ठूला–ठूला प्रोजेक्टको ठेक्का हजम गर्ने हो । नीतिगत भ्रष्टाचार मेलम्चीबाट सुरु भएको छ । जहाँ ३० करोडको काम १ अर्ब १२ करोडको ‘स्फेसिफिकेसन भेरिएसन’ भएर ठेक्का लगाउन सरकारले स्वीकृत गरेको छ ।