मन्त्रीले सक्लान् त भिजिट भिसामा ठग्नेलाई कारबाही गर्न

समाचार

काठमाडौं । वैदेशिक रोजगार विभागमा भिजिट भिसामा विदेश जानका लागि युवा युवतीको लामो लर्काे लाग्ने गरको छ । तत्कालीन नेपाली कांग्रेसका मन्त्री टेकबहादुर गुरुङ बनेपछि भिजिट भिसामा विभिन्न देशमा चर्काे मूल्य लिएर र वर्किङ भिजामा विभिन्न म्यानपावर कम्पनी, एजेन्ट र व्यक्ति मिलेर विदेशी भूमिका नेपालका युवा–युवती पठाउँदै आएको अवस्था थियो । वैदेशिक रोजगार विभागका कर्मचारी, मेनपावर कम्पनीका सञ्चालक, अध्यागमन विभागका कर्मचारीको मिलेमतोमा काम गर्दै आएका थिए । खाडी मुलुकदेखि इराक, अफगानिस्तान, मालदिभ्सजस्ता ठाउँमा पठाउने गरेको समाचार तामाकोशी सन्देश साप्ताहिकले ७÷८ वर्ष अगाडिदेखि नै उठाउँदै आएको थियो । सो विषयमा समाचार प्रकाशित भएपछि तामाकोशी साप्ताहिक सन्देशका प्रतिनिधिमाथि हातपात पनि भएको थियो ।
वैदेशिक रोजगार विभागमा कार्यरत कर्मचारी, मेनपावरका सञ्चालक र प्रहरीले यस्ता भिजिट भिसामा धेरै नेपाली युवायुवतीलाई भारतको बाटो हुँदै अन्य देशमा लगेर अलपत्र पार्दै आएको अवस्था थियो । श्रम तथा रोजगार सुरक्षा मन्त्रालयका मन्त्री किसानकुमार श्रेष्ठले जति सुधारको खाका ल्याए पनि त्यो लागू होला जस्तो छैन । वैदेशिक रोजगार विभागअन्तर्गत रहेका शाखा र विभाग शाखामा रहेका कर्मचारी, विभागका महानिर्देशक श्रम तथा रोजगार सुरक्षा सचिव, मन्त्री, मेनपावरका सञ्चालक र प्रहरी, राज्यका विभिन्न निकायका कर्मचारीको संयोजकत्वमा एउटा कार्यदल बनाएर सुधारको एउटा खाका बनाएमा थोरबहुत सम्भव हुनसक्छ । नत्र भने वैदेशिक रोजगार विभाग सुध्रिने अवस्था छैन । तत्कालीन वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले सुधारको खाका ल्याए पनि सुधार गर्न सकेका थिएनन् । बरु महानिर्देशक दाहालको सरुवा गरिदिएका थिए । उनलाई लुम्बिनी प्रदेश पठाइएको छ । वैदेशिक रोजगार विभागमा भद्रगोल अवस्था रहेको छ । भिजिट भिसामा विदेश गएका करिब १५ सयदेखि २ हजार नेपाली अलपत्र परेको अवस्था छ । यसको छानबिन सरकारले गर्न सकेको छैन । अहिले कोरोना भाइरस ओमिक्रोनले गर्दा भिजिट भिसामा विदेश जानेको संख्या कम भएको छ । तर, बिचौलियाले विभिन्न बहाना पारी विभिन्न देशमा पु¥याएका छन् । विदेशिएका युवा बिना काम, बिना गल्ती जेल पर्ने गरेका छन् ।
जेलमा बस्नुपर्ने बाध्यता हुने गरेको छ । वैदेशिक रोजगार बोर्डले यस्ता युवालाई उद्दार गर्नुपर्नेमा बेखबरजस्तै अवस्थामा बस्ने गरेको छ । विदेश जाने युवायुवतीको उद्धारको लागि बोर्डले यसको महत्वपूर्ण भूमिका निर्वाह गर्न सकेको छैन ।
मानव तस्करीमा नेपालका बिचौलिया मात्रले सम्भव हुँदैन । विभिन्न देशका एजेन्टको मिलेमतोमा मानव तस्कर हुने गरेको छ । भिजिट भिसाको बहाना पारेर विदेशी एजेन्ट, कर्मचारी सुरक्षा निकायसमेत संलग्न हुने गरेको समाचार स्रोतले बताउँछ । खासगरी नेपाली बिचौलिया विदेशमा बस्ने र विदेशमा बसेर सेटिङ मिलाउने गरेका छन् । कतिपय एजेन्ट र बिचौलिया ठगीको उजुरी परेपछि नेपालमा नबस्ने विदेशमा बसेर सेटिङ मिलाउने गरेका छन् । यता अध्यागमन विभागले कडाइ गरेपछि नेपालको खुला सिमाना भएको र नेपालको खुला सिमानाको दुरुपयोग गर्दै भारतबाट कुवेत, बहराइन, साउदी, मलेसिया, कतार हुँदै इराकजस्ता देशसम्म पु¥याउने गरेका छन् ।
इराकमा नेपाली कामदार लुकिछिपी बस्ने र केही नेपाली कामदारसमेतले इराक अफगानिस्तानसम्म भिजिट र वर्किङ भिसामा विदेश पु¥याउने धन्दा धेरै पहिलादेखि चलाउँदै आएका थिए । यसको रोकथाम गर्न सरकार असफल हुँदै आएको आरोप पनि लाग्दै आएको छ । अहिले श्रम तथा सुरक्षा रोजगार मन्त्रालयले जतिसुकै सुधारको नाटक गरे पनि सुधार हुने अवस्था देखिँदैन भन्दै थिए एक पीडित । नाम चलेका मेनपावरले जे भने त्यही पत्याउने, ब्युरोक्रेसीले नीति निर्माणमा ध्यान नदिने, सरकारले भन्दा पनि बिचौलिया हाबी भएर सरकारको नीति निर्माण खासै लागू हुन नसकेको अवस्था वैदेशिक रोजगारभित्र हुने गरेको छ । सरकारले राम्रो गरे पनि बिचौलियाले सरकार भित्रै छिरेर ठगी धन्दा चलाउने गरेको आरोप लाग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *