केपी ओलीलाई जिताउन कांग्रेसको टिम

समाचार

काठमाडौं । भारतीय पिठ्ठहरुले एमालेका नेता केपी ओलीलाई जिताउन नेपाली कांग्रेसका नेता डा.शशांक कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङको टोली खटाएको आरोप लागेको छ । बोल्नको लागि कांग्रेसले गठबन्धन कसैसँग नगर्ने भनेपनि कांग्रेसका नेता सत्तामा पुगेपछि घमण्ड गर्न थालेका छन् । यो अभियानमा धेरै लाग्नेमा डा.शेखर कोइराला र धनराज गुरुङ अगाडि छन् । रातो पासपोर्ट काण्डका तालुकदार धनराज गुरुङ संविधानसभा सदस्य थिए । आफ्नै परिवारको सदस्य बिपी पुत्र डा.शशांक र गिरिजापुत्री सुजातालाई समेत मिलाउन नसकेका डा.शेखर सभापति पदमा पराजित नेता हुन् ।
डा.शेखरसँग सभापतिका उम्मेद्वार प्रकाशमान सिंह, विमलेन्द्र निधिसमेत सन्तुष्ट छैनन् । उनीहरु पार्टी संगठनमा वरिष्ठ हुन् । तर डा.शेखर कोइराला आफ्नै परिवारका कान्छा हुन् । राजनीतिमा कान्छो नै हुन् । गिरिजा प्रधानमन्त्री भएका बेला डा.शेखर कोइराला विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनेर खाएकै थिए । डा.शेखरकी आमा स्व.नोना कोइराला गियिरजाको शासनमा हर्ताकर्ता थिइन । डा.शेखर कोइराला परिवारभित्र जेठा भएपनि सुजाता र डा.शशांकले नपत्याउनुको कारण भने राजनीतिको कनिष्ठता नै हो । डा.शशांकलाई विपीको नाम जोडिँदा दाजु प्काश कोइराला दरबारभक्त भएका कारण कांग्रेस पार्टीमा अगाडि ल्याइएकै थियो ।
अहिले पाँच दलीय गठबन्धनमा कांग्रेसले बाग्लुङ, दाङ, प्यूठान, अर्घाखाँची, रोल्पा, सल्यान, रुकुम, सिन्धुली, गोरखा, रामेछाप, कपिलवस्तु, हुम्ला, जुम्ला, मुगु, कालिकोटाजस्ता दर्जनौं जिल्लामा माओवादी, समाजवादी, मसालसँग गठबन्धन गर्न पर्दैन । चितवनमै पनि कांग्रेसले गठबन्धन गर्नु हुँदैन भनेको छ । एमालेलाई झापामै माओवाद्यी र समाजवादीले ठूलो खबेडा खडा गर्न सक्छन् । माफिया र तस्करको पैसामा नाचेका नेताले घमण्ड नदेखाएपनि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *