कांग्रेस खोज्दा प्रहरी भड्किँदै

समाचार

काठमाडौं । प्रहरीका आईजीपी शैलेश थापा २०७९ वैशाख २८ गतेबाट अवकाशमा जाँदैछन् । २८ गतेसम्म बिदामा बस्न रुचाएका आईजीपी शैलेश थापालाई गृहले सहमति दिन चाहेको छैन । नेपाली कांग्रेसले नयाँ आईजीपीको लागि धिरजप्रताप सिंहलाई बोकेको खण्डमा अब फेरी जयबहादुर चन्द र सिलवाल काण्ड उल्टिनेहो कि भन्ने त्राहीमाम प्रहरीमा छ । नेपाल प्रहरीमा कांग्रेस, सशस्त्र प्रहरीमा कांग्रेस र नेपाली सेनामा कांग्रेस खोज्दै गर्दा चुनावमा यही मुद्दा बनेर कांग्रेस हार्ने निश्चित देखिएको छ ।
कांग्रेस पार्टीलाई एमाले सत्ता कालमा एआईजी भएका विश्व पोखरेल र सहकुल थापाप्रति विश्वास भएन भने प्रहरी ऐन नियमावली तरुण दल र नेविसंघको विधान अनुसार परिवर्तन नगरे हुन्छ । भष्मासुर नेता नेपाली कांग्रेसमा छन् । सीमा तस्करी गर्ने, एयरपोर्टबाट सुन भित्र्याउने, सीमाबाट छोकडा, मरिच, पिस्ता, सुपारी तेस्रो मुलुकबाट तस्रकी गर्न सयिक्रय छ । अहिले विश्व पोखरेल वरिष्ठताको आधारमा आईजीपी भए भने एक वर्ष कार्यकाल पुरा गर्नेछन् ।
तर विश्व पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह, रविन्द्र धानुकको बिचमा वरिष्ठता, जेष्ठता हेर्दा सरकारले लापरवाही गर्न हुँदैन । प्रहरीलाई प्रहरी बनउने कि कांग्रेसको भगिनी संगठन बनाउने दलहरु गम्भीर हुन जरुरी छ । अहिले बढुवा भएका तीन एआईजीको ठाउँमा वरिष्ठताको आधारमा डीआईजी बढुवा हुँदा सन्दीप भण्डारी, उमेश जोशी, हरिदत्त जोशी हुनुपर्छ भन्ने मत प्रहरीमा ठूलो रहेको छ । प्रहरीप्रति कांग्रेस कहिल्यै सहयोगी र स्वतन्त्र हुन सकेन् ।
एमालेले चलाएको ४१ महिनाको सरकारले १५ जना जनपथमा, ९ जना सशस्त्र प्रहरीमा एआईजी घटाएको थियो । तर प्रहरीकै आवश्यकताअनुसार महानगरीय आयुक्त, प्रतिष्ठान, कर्मचारी प्रशासन, कार्य विभाग र अस्पतालमा एआईजी थिए । तर अहिले प्रदेश प्रहरी समन्वय विभाग खडा गरी केन्द्रीय अनुसन्धान ब्यूरोमा समेत एआईजी नै राखेको छ । एक महिने एआईजी बनेका बसन्त पन्थ वैशाख २८ मा अवकाश हुँदैछन् । आईजीपी थापाको ब्याची डीआईजीहरु र एसएसपीहरुको जमात ठूलो छ । त्यो जमात बिदा हुँदा प्रहरीभित्र ठूलै हलचल हुनेछ । अहिले बसन्त लामा प्रबन्ध शाखामा भ्रष्टाचा गर्न थालेका छन् । लामा नेपाली कांग्रेसका ठेकेदार जिपछिरिङसँग जोडिएका छन् । यिनैले दिवेश लोहनीलाई ३८ किलो सुन तस्करी काण्डको सुमन शाक्य हत्या प्रकरणमा फसाएका थिए । तर लोहनीले सफाई पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *