–कृष्ण भुर्तेल
नेपालको अर्थव्यवस्था अहिले न्यून अवस्थामा पुगेको छ । यस्तै अवस्था कायम भइराखे आगामी निर्वाचनपश्चात श्रीलंकाकै अवस्था देखापर्ने आंकलन पनि गरिएको छ । नेपालको अर्थतन्त्र कमजोर हु“दै जानुका प्रमुख कारण अदूरदर्शी नेतृत्व, संघीयताले सिर्जित गरेको व्यापक भ्रष्टाचार र पछिल्लो समय विश्वलाई कमजोर बनाएको कोरोना संक्रमण हो । हरेक मुलुकको अर्थव्यवस्थाका आफ्नै स्रोत र साधनहरु रहेका हुन्छन् । हाम्रो मुलुकको अर्थतन्त्रको प्रमुख पिलर मानिएको कृषि उत्पादन र पर्यटनलाई नेतृत्वकर्ताहरुले प्रमुख स्रोत नबनाएर अर्थतन्त्र सञ्चालनका निम्ति रेमिट्यान्स र चर्काे भन्सार महसुल र आन्तरिक करहरुमा भर पर्दा अहिलेको अवस्था देखिएको हो । पु“जीगत तथा विकास खर्च नहुने जसले गर्दा कृषि उत्पादन र पर्यटनले बजार नपाउने, सार्वजनिक खर्च वृद्धि भई भन्सार र रेमिट्यान्समा भर पर्नुपर्ने र बाह्य ऋण लिएर विकासभन्दा चालु खर्चमा रकमान्तर गरी टार्ने प्रचलनले पछिल्लो समय अर्थतन्त्र कमजोर बन्दै गएको देखिन्छ । आर्थिक कुटनीतिको अर्थतन्त्रमा ठूलो भूमिका रहन्छ । पर्यटन, प्रविधि हस्तान्तरण, श्रम बजार, आयात निर्यात सम्झौता, वैदेशिक लगानीलगायत धेरै क्षेत्रहरुलाई आर्थिक कुटनीतिले समावेश गरेको हुन्छ ।
मुलुकको अर्थतन्त्रमा राजनीति र कुटनीतिको ठूलो भूमिका रहन्छ । हालै सरकारले २० वटा मुलुकका लागि राजदूत नियुक्त गरेको छ । असक्षम राजनीतिक नेतृत्वका कारण कम समयमै राजदूत तथा महावाणिज्यदूतहरु परिवर्तन हुने र स्वार्थका कारण राजदूत पद खाली राख्ने कारणले गर्दा विश्वमा नेपालको कुटनीतिक क्षमता कमजोर बन्दै गएको देखिन्छ । कुनै मुलुकबाट नियुक्त भएर जाने राजदूतले उक्त मुलुकको प्रतिनिधित्व गर्दछ । नेपालजस्तो सामरिक र आर्थिक रुपले कमजोर मुलुकबाट जाने राजदूतले आर्थिक कुटनीतिको सफल अभ्यास गरोस् भन्ने हो । तर लालचा र लिप्सामा लिप्त भएका राजनीतिक दलनिकट नियुक्तिले मुलुकको प्रतिनिधित्व र कुटनीतिक क्षमतालाई विश्वसामु निरीह बनाउ“छ भन्ने उदाहरण हामीले विगतका केही दशकलाई मूल्यांकन गर्दा पाउन सक्छौं । नेपाल जस्तो मुलुकबाट जाने प्रतिनिधिले सामरिकभन्दा पनि आर्थिक कुटनीतिलाई प्राथमिकतामा राख्नुपर्दछ । आफ्नो मुलुकमा हुने उत्पादनलाई उक्त मुलुकमा निर्यातयोग्य बनाउन सहजीकरणको भूमिका खेल्ने, प्रविधि हस्तान्तरणमा प्रमुख भूमिका खेल्नुपर्ने, पर्यटकीय प्रबद्र्धनमा भूमिका खेल्नुपर्नमा नेपालबाट जाने प्रतिनिधिहरुले उक्त मुलुकबाट नेपालमा आयात बढाउनका लागि उल्टो भूमिका खेलेको पाइन्छ । विश्वसामु नेपालको कुटनीतिक क्षमता निरीहजस्तै छ ।
युरोपेली मुलुकको अर्थतन्त्र पर्यटन र आन्तरिक उत्पादनले नै धानेको छ । युरोपेली मुलुकले आफ्नो आन्तरिक स्रोत र साधनलाई नै मुलुकको अर्थतन्त्रको प्रमुख आयस्रोत बनाएका छन् र त्यसैअनुरुप विकसित गर्दै लगेका छन् । अहिले पर्यटकहरुको प्रमुख गन्तव्यस्थलमध्ये पर्दछन् युरोपेली मुलुकहरु । जर्मनी, फ्रान्सलगायतका मुलुकहरुले पर्यटनका साथसाथै मेसिनरी उत्पादनमा आफ्नो मुलुकलाई स्थापित गर्दै आएका छन् । तर नेपालको सन्दर्भमा हेर्ने हो भने ८० प्रतिशतभन्दा बढी कृषिप्रधान रहेको मुलुकले अधिकाशं कृषि उत्पादनहरु नै आयात गर्ने गर्दछ । आयातलाई प्रोत्साहन गर्दै कर असुल्दा मुलुकको आय भएको सम्झिने नेपालको व्यूरोक्रेसी र राजनीतिक क्ष्ँेत्रले अप्रत्यक्ष र सूक्ष्म असरलाई देख्न नसक्दाको परिणाम अहिले नेपाली जनताले भोग्नु परेको छ ।
नेपालले १८औं र १९औ शताब्दीमा तिब्बत र ब्रिटिस इन्डियास“ग व्यापारिक सम्झौता गरेको थियो । नेपालबाट ऊन, गलैंचा, चियालगायतका उत्पादनहरु तिब्बत व्यापार गरिन्थ्यो भने कृषि उत्पादनलगायत विविधि उत्पादनहरु भारत व्यापार गरिन्थयो । नेपालको कृषि उत्पादनले नेपालीहरुलाई पुग्ने अवस्था थियो । तर पछिल्लो समय परनिर्भर बनाउ“दै लैजा“दाको परिणाम अहिले नेपालमो कृषि उत्पादन एकदमै न्यून छ भने दैनिक उपभोग्य कृषि उत्पादनहरु पनि भारतबाट आयात गर्नुपर्ने अवस्था छ । भन्सार महसुल र आयातित वस्तुको करलाई नै मुलुकको आयस्रोत बनाई मुलुकको उत्पादनलाई ध्यान नदि“दा यस्तो अवस्था सिर्जना हुन पुगेका छ । नेपाल जस्तो कृषिप्रधान मुलुकमा भारतमात्र नभई एसियाली तथा युरोपेली मुलुकबाट समेत कृषि उत्पादन आयात हुने गर्दछ । यसमा सरकारमात्र नभई मुलुकको प्रतिनिधित्व गरेर जाने व्यक्तित्व पनि छन् । यसरी प्रतिनिधित्व गरेर जाने प्रतिनिधिको भूमिका विदेशी उत्पादनलाई नेपाल ल्याउनका लागि सहजीकरण गर्ने मात्रै बनेको छ ।
नेपालको अर्थव्यवस्थामा प्रमुख भूमिका रहेको आर्थिक कुटनीतिको क्षमताको सही र प्रभावकारी कार्यान्वयनका निम्ति सरकार पनि सक्षम हुन जरुरी देखिन्छ । मुलुकमै उत्पादन गर्न सकिने वस्तुहरुको वैदेशिक आयातलाई दूरुत्साहन गर्दै मुलुकमा उत्पादन बढाउन सरकारले योजना र तत्परता देखाउनुपर्दछ । मुलुकमा उत्पादित वस्तुहरुलाई विदेशसम्म पु¥याउनका लागि राजदूतले कुटनीतिक क्षमता प्रदर्शन गर्नुपर्दछ । सरकारको पहिलो प्राथमिकता घरेलु उत्पादन र आन्तरिक रोजगार हुनुपर्दछ । घरेलु उत्पादनलाई जोड दि“दै विदेशी आयातलाई कम गर्ने हो भने आन्तरिक उत्पादनले बजार पाउने, आर्थिक क्रियाकलाप बढ्ने, विदेशी सिञ्चित मुद्रा बढ्न जाने र आर्थिक रुपमा मुलुक सबल बन्दै जान्छ ।
नेपालको पहिलो कमजोरी भनेको नेपालको आयको प्रमुख स्रोत के हुन सक्छ भन्ने कुरामा ध्यान नदिनु हो । नेपाल पर्यटकीय दृष्टिकोणले एकदमै सम्भावना बोकेको मुलुक पनि हो । पर्यटनलाई मुलुकको प्रमुख आयस्रोत बनाउनका निम्ति पूर्वाधार निर्माणमा सरकारले प्रमुख भूमिका खेल्नुपर्दछ भने मुलुकबाट प्रतिनिधित्व गरेर गएका राजदूत तथा महावाणिज्यदूतहरुले पर्यटन भित्र्याउन प्रमुख भूमिका खेल्नुपर्दछ । तर न त सरकारको प्राथमिकतामा परेको छ पर्यटन, न त नेपालको प्रतिनिधित्व गरेर जाने प्रतिनिधिमा । तर, नेपालको अर्थतन्त्रमा विकृति यतिसम्म फैलिसकेको छ कि अब यो आर्थिक दुष्चक्र तोड्न असम्भवजस्तै भइसकेको छ । राजनीतिक नेतृत्वले मुलुकको विकास र आयभन्दा पनि कसरी कमाई गर्न सकिन्छ भनेर तुष्ट सोच राख्नु अहिलेको आर्थिक अवस्थाको परिणाम हो । कुनै पनि मुलुकलाई सक्षम बन्न धेरै समय लाग्दैन भन्ने उदाहरण दक्षिण कोरियाको अर्थव्यवस्थाबाट देख्न सकिन्छ । करिब ४० वर्ष पहिले एकै आर्थिक अवस्था र बराबरीजस्तै भुगोल रहेको दक्षिण कोरियाले आजको दिनसम्म यति आर्थिक समृद्धि हासिल ग¥यो कि अहिले नेपालबाट त्यही कृषि पेशामा काम गर्न नेपालबाट श्रम लैजाने गरिन्छ । राजनीतिक उल्झन, विकृति र भ्रष्टाचारले थलिएको मुलुक नेपाल ४० वर्षको अन्तरालमा अझ कमजोर र खस्किएको छ । सक्षम र दृढ राजनीतिक नेतृत्व आउन सकेन भने भोलिका दिनमा पनि मुलुकको हालत यो भन्दा अझ खराब नहोला भन्न सकिंदैन ।