तत्कालीन डीआईजी खरेल यता न उता !

समाचार

काठमाडौं । नेपाल प्रहरीमा आफु अब्बल हाकिम भएको देखाउने रमेश खरेल एसएसपी हुँदा गुण्डाहरुको खेदो खनेका थिए । अहिले त्यतिबेला जस्तो हाईहाई अहिले छैन भन्ने बुझ्न नसक्दा खस्रक्क भएका छन् । खरेल डीआईजी पदमा हुँदा मातेर पद त्यागेका घमण्डी हुन् । उनीभन्दा वरिष्ठ सर्वेन्द्र खनाल डीआईजीबाट आईजीपी बन्दा उनका समकालीन पुष्कर कार्की चेन अफ कमाण्डविरुद्ध गएनन् । तर खरेल जागिर छाडेर हिँडेका हुन् ।
मौका पर्दा श्रीमतीलाई तस्करको जासुसी भाग लगाउने काम खरेल नारायण अञ्चल प्रहरी प्रमुख हुँदा गरेकै हुन् । उनको क्रेज भनेको केवल प्रचार थियो । काम त उनले बाग्मती अञ्चल प्रहरी प्रमुख हुँदा पनि खासाबाट तस्करी हुने सुन पक्राउ नगर्नेअधिकृत हुन् । अपराध महाशाखाले कहिले काटेश्वरबाट, कहिले बौद्धबाट सुन पक्रने गर्दथ्यो । अहिले खरेल काठमाडौंको मेयर पदमा उम्मेद्वार बन्ने हल्ला थियो । तर उनी काभ्रेको मतदाताबाट काठमाडौंमा सरेका रहेछन् । घर त उनको फरक फरक ठाउँमा तीनवटा छन् । प्रहरी पोशाककै धाक लगाएर लुटेको धनले ती घर बनेका हुन् । प्रहरी भ्रष्टाचार गर्न पछाडि पर्दैन, लुट्न छाड्दैन ।
ठूला दलका नेता भ्रष्ट भए भनेर मच्चिने रमेश खरेलले पार्टी दर्ता त गरे, आफु भने काभ्रे खरेलथोकबाट बाहिर आउन सकेका रहेनछन् भन्ने देखिन्छ । उनीजस्तै फुर्ती लगाउने प्रहरी पोशाकबाट कुमार घैंटेको हत्या गर्ने सर्वेन्दू खनालको घमण्ड अहिले घट्दो छ । किनकि माओवादी कार्यकर्ता कुमार पौडेलको हत्या गर्ने योजनाकार तिनै थिए । त्यो बेला खनाल आईजीपी थिए । मानवअधिकार आयोगले पौडेल हत्यामा आदेश दिने र प्रहरी प्रधान कार्यालयबाट ज्यानमारालाई सजाय दिने आईजीपी माथि पनि दोष थोपरेको छ । मुलुकमा कानूनी राज थियो भनेर खनाल सांसद अपहरण काण्डमै जेल पर्थे । तर यो नेपाल हो, पूर्व प्रहरीले जस्तो धाक लगाए पनि भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *