बद्नामहरुमाथि लगानी गर्दै मुक्तिनाथ र नेपाल लाइफ

समाचार

काठमाडौं । बैंक तथा वित्त कम्पनीहरुले बदनाम व्यक्ति तथा संस्थाहरुमाथि कसरी लगानी गर्दछन् ? कर्जा खोज्दा सम्पूर्ण कागजात पूरा गर्दा समेत ऋृण दिन आनाकानी गर्ने बैंक तथा वित्त कम्पनीहरुले विभिन्न बदनाम व्यक्ति र संस्थाको नाममा आँखा चिम्लेर लगानी गरिरहेको तथ्य भेटिएको छ ।
यसरी लगानी गर्ने अग्रपक्तिमा छन् मुक्तिनाथ विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी । यी दुई कम्पनीहरुले हालैमात्र एउटा बदनाम म्युजिक कम्पनीमाथि लाखौं रकम बालुवामा पानी खन्याएझैं खन्याएको भेटिएको हो । जसरी भिवोर विकास बैंकले एक दैनिक पत्रिकाको नाममा बार्षिक ३ करोड लगानी गरेको थियो । ठीक उही शैलीमा कमलपोखरीमा मुख्यालय रहेको मुक्तिनाथ विकास बैंक र कमलादीमा मुख्यालय रहेको नेपाल लाइफले एएटा सर्जकमारा कम्पनीमाथि लाखौं रकम खन्याएको भेटिएको छ । यी दुई कम्पनीले बिध्नबासिनी म्यूजिकका नाममा विगत केही बर्षदेखि लाखौं रकम वालुवामा पानी खन्याएझैं खन्याइरहेको भेटिएको छ ।
यी दुई वित्त कम्पनीले विगतका केही बर्षदेखि नियमित रुपमा सो कम्पनीमाथि बार्षिक लाखौं रकम खन्याउँदै आएको भेटिएको छ । सोही बैंकको प्रायोजनमा अस्ति तीन गते मात्र १२ औं बिध्नबासिनी म्यूजिक अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । जस्को प्रस्तुति मुक्तिनाथ विकास बैंकले गरेको थियो भने मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको थियो । मुक्तिनाथले विगत केही बर्षदेखि सो कम्पनीको म्यूजिक अवार्ड कार्याक्रमको प्रायोजन गर्दै आइरहेको छ । यस पटक यो इस्यु किन उठ्दैछ भने मुक्तिनाथ बैंक र नेपाल लाइफ जस्तो ख्याती प्राप्त कम्पनीहरुले जुन म्यूजिक अवार्डमा लगानी गरिरहेका छन् सो कम्पनीको मालिकका अत्याचारविरुद्ध ५७ भाई संगीतकर्मी प्रहरीमा पुगेका थिए ।
रोयल्टीको विवाद उत्कर्षमा पुगेसँगै ५७ स्रष्टाले महानगरीय प्रहरी परिसर, टेकुमा ध्यानाकर्षणसहितको एउटा अपील दर्ता गराएका थिए । गत बर्ष अर्थात ०७७ साल पुस २३ गतेको मितिमा दर्ता गरिएको उक्त अपीलमा ५७ जना श्रष्टाहरुले हस्ताक्षर गरेका छन् । प्रमोद खरेलको रोयल्टी विवादमा सुवास रे्ग्मी मुछिए पछि प्रमोदको पक्षमा संगीतकारहरु लक्ष्मण शेष, गायक राजेशपायल राई, गायक शिव परियार, गायक तथा संगीतकार सत्यराज आचार्य, गायिका ईन्दिरा जोशी, संगीतकार राजन ईशान, गायक तथा संगीतकार स्वरुपराज आचार्य, गायक तथा संगीतकार उदेश श्रेष्ठ, गायक तथा संगीतकार धीरज राई, संगीतकार अर्जुन पोखरेल, गायक कमल खत्री, गायक तुलसी पराजुली, गायक तथा संगीतकार प्रमोद खरेल, संगीतकार चेतन सापकोटा, संगीतकार कालीप्रसाद बासकोटाका साथैं गीतकार घनश्याम खतिवडा, अभिनेता रविन्द्र खड्का, संगीतकार वसन्त सापकोटा, गायक दीप श्रेष्ठ, गायक उदय सोताङ, गायक आनन्द कार्की, गायिका अञ्जु पन्त, गीतकार डिपी खनाल, गायक तथा संगीतकार शंकर थापा स्माइल, गायक रामकृष्ण ढकाल, गायक निशान भट्टराई, गायक भिमसेन लामा, गीतकार महेश आचार्य, गीतकार वसन्त वित्यासी थापा, संगीतकर्मी भरत बोमजन, संगीतकार सचिन सिंह, संगीतकर्मी शंकर दुलाल, संगीतकार हरी लम्साल, संगीतकर्मी अष्ट लामा, गायक राज सिग्देल, संगीतकार सुनिल मास्के, गायक गौरव दर्पण, गायक सिडी विजय अधिकारीले उनको विपक्षमा उभिएका थिए । यस्तै श्रीकृष्ण बम मल्ल, गायक दीपक बज्राचार्य, गायक सन्तोष लामा, संगीतकर्मी शिव मुखिया, संगीतकार तथा गायक जेम्स प्रधान, संगीतकार पारस मुकारुङ, संगीतकार ताराप्रकाश लिम्बु, संगीतकर्मी दीपक सापकोटा, संगीतकर्मी सुनिल बिसी, गायक ईन्द्र आरपी, गायक मिथुन सिवा, गायिका सृष्टि हिङ्माङ, गायक शान्तिम कोइराला, संगीतकर्मी रोशन सिंह, गायिका अस्मिता अधिकारी, संगीतकर्मी सम्रात चौलागाईं, गायिका एलिना चौहान तथा गायिका रचना रिमालले समेत विध्नबासिनी म्यूजिकको अत्याचारविरुद्ध प्रहरीमा पुगेका थिए । तिनै संगीतकर्मीको खुन,पसिना चुस्ने गरेको आरोप लागेका विध्नबासिनीमाथि आँखा चिम्लेर मुक्तिनाथ विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्सले लाखौं लगानी गर्दै आइरहेको को भेटिएको छ । यसरी संगीतकर्मीहरुको खुन पसिना चुस्दै आएको सो कम्पनीले दिएको लाईफ टाइम एचिभमेन्ट वरिष्ठ गीतकार यादव खरेलले अस्विकार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *